समालोचना : डायस्पोरा र नेपाली डायस्पोराको परिवेश

~डा. खगेन्द्रप्रसाद लुइटेल~

वर्तमान दशकमा नेपाली साहित्यका क्षेत्रमा अनेक ढङ्गबाट प्रशस्तै चर्चामा आएका शब्दमध्ये डायस्पोरा पनि एक हो । डायस्पोरा शब्दलाई चर्चामा ल्याइए पनि यसको सैद्धान्तिक स्वरूपबारे चाहिँ धेरै चर्चा गरिएको छैन । नेपालबाट अलि टाढा गएर केही समय बसेजति सबैले आपूmलाई डायस्पोरा ठान्ने र त्यसप्रकारका सिर्जनालाई डायस्पोरिक लेखन भनिदिने गरेको पाइन्छ । यसप्रकारको त्रुटिपूर्ण व्याख्याबाट डायस्पोरासम्बन्धी दृष्टिकोण नै अस्पष्ट हुने स्थितिसमेत सिर्जना हुन लागेको देखिन्छ । केही समय उता गएका व्यक्तिहरूद्वारा उतै बसेर वा यता फर्किएर लेखिएका जस्तासुकै रचना डायस्पोरिक हुन् भन्ने भ्रम रहेको देखिन्छ । उता जानेहरूद्वारा लेखिएका जस्तासुकै र जुनसुकै रचनाहरूलाई डायस्पोरिक रचना भन्न मिल्दैन ।

नेपालीमा यतिखेर केहीले अल्पज्ञान वा अनभिज्ञताका कारण डायस्पोरा शब्दको जथाभावी प्रयोग गरेकाले डायस्पोराबारे कतिपय अन्योल उत्पन्न भएको र यसबारेमा निकै गम्भीर प्रश्न उठाउनसमेत थालिएको हुँदा यसको ऐतिहासिक एवं वर्तमान दुवै सन्दर्भ केलाई वास्तविक अर्थ ठम्याउनु आवश्यक देखिन्छ । अनेक डायस्पोरामा देवकोटा शीर्षक प्रस्तुत कृतिमा डायस्पोराको सैद्धान्तिक चर्चा गरिएका लेख समाविष्ट नभएकाले यस कृतिबारे चर्चा गर्नुभन्दा पहिले डायस्पोराका बारेमा सङ्क्षेपमा चर्चा गरिन्छ ।

ईसापूर्व छैटौँ शताब्दीतिरदेखि प्रचलनमा रहेको ग्रिसेली शब्द diaspora विशेषतः उन्नाइसौँ शताब्दीतिरदेखि अङ्ग्रेजीमा र बीसौँशताब्दीको मध्यतिरदेखि अन्यत्र पनि विस्तारित भएको देखिन्छ । यसको प्रारम्भिक अर्थ यहुदी समुदायले प्यालेस्टाइनबाहिर निर्वासित जीवन बिताउनुवा कसैलाई दण्ड दिई एउटा मुलुकबाट निकालेर अर्काे मुलुकमा धपाउनु भन्ने भए पनि यतिखेर डायस्पोराको सम्बन्ध सोभैm यहुदी निर्वासन (exile) वा दण्डसँग गाँसिदैन र यसले बलपूर्वक ननिकालिई जुनसुकै कारणबाट स्वयं अन्य मुलुकमा जानु वा आफैँ संसारभर पैmलिनु वा कुनै पनि कारणबाट आफ्नो जन्मभूमि वा पुख्र्यौली थलो छोडेर अन्यत्र गई बस्नु भन्ने अर्थबोध गराउँछ । वर्तमान सन्दर्भमा डायस्पोरा शब्द प्रारम्भिक वा पुरानो अर्थ निर्वासनमा मात्र सङ्कुचित नरही यसको अर्थविस्तार र अर्थपरिवर्तन भएको छ । यतिखेर यसले पैmलावट÷विकीर्णन (dispersion), फिँजाइ (spreading), छराइ÷तितरबितर (scattering), बसाइँसराइ (migration) आदि अनेक अर्थ दिन थालेको छ ।

डायस्पोराका लागि कसैले देशपारीय शब्द पनि प्रयोग गरेको पाइन्छ । यस सन्दर्भबाट भन्ने हो भने मेची, काली, हिमाल वा तराईका केही भूभाग पार गर्नेबित्तिकै देशपारि हुन्छ तर ती सबैलाई डायस्पोरिक भन्न मिल्दैन । यसरी पारीय जोडी जबर्जस्ती गर्दै जाँदा अञ्चलपारीय, जिल्लापारीय, गाउँपारीय, टोलपारीय, घरपारीय, बाटोपारीय, खोलापारीय आदिमा छुट्ट्याउनुपर्ने हुनसक्छ । यसैगरी कसैले जन्मभूमिलाई घरदेश र गएको ठाउँलाई परदेश शब्दको प्रयोग गरेको पाइए पनि परदेशले डायस्पोराको अर्थ वहन गर्न सत्तैmन र यी दुवै भिन्नार्थी शब्द हुन् । यसरी मनगढन्ते पाराले जे पायो त्यही शब्द राखेर आफ्नोपन देखाउन खोज्ने वृत्तिले अन्यत्रभैmँ डायस्पोरालाई पनि क्षति नै पु¥याइरहेको छ । यस्ता निरर्थक शब्दबाट डायस्पोरा नअर्थिने हुँदा यस्ता शब्दको प्रयोग गर्नु उपयुक्त हुँदैन ।

डायस्पोरा÷डायस्पोरिक शब्दको ठ्याक्कै नेपाली समानार्थी शब्द खोज्न त्यति सजिलो नभए पनि यसलाई निर्वासन, विकीर्णन, विस्थापन, प्रवास, आप्रवासजस्ता विभिन्न शब्दबाट अथ्र्याउन सकिने स्थिति रहेको छ । यिनमा डायस्पोरा÷डायस्पोरिकका लागि विशेष पारिभाषिक शब्दका रूपमा आप्रवास÷आप्रवासी शब्द प्रयोग गर्नु बढी सान्दर्भिक र उपयुक्त देखिन्छ । वर्तमान सन्दर्भमा यसको अर्थबोध गराउन गैरआवासीय शब्दको प्रयोग गर्न सकिने स्थिति पनि देखापर्न थालिसकेको छ । सिङ्गो साहित्यका सन्दर्भमा आप्रवासी वा गैरआवासीय साहित्य भन्न सकिन्छ भने नेपाली साहित्यका सन्दर्भमा आप्रवासी नेपाली साहित्य वा गैरआवासीय नेपाली साहित्य भन्न सकिन्छ ।

डायस्पोरा शब्दको सट्टा दक्षिण एसियाको साहित्यलाई प्रवासी र त्यसभन्दा परको साहित्यलाई आप्रवासी साहित्यको रूपमा परिभाषित गरिनुपर्ने तर्क पनि देखापरेको छ । नाम वा शब्द महŒवपूर्ण नभएर काम वा अर्थ महŒवपूर्ण हुने हुँदा बौद्धिक–प्राज्ञिक ढङ्गबाट छलफल गरी यिनलाई पारिभाषिक शब्दका रूपमा अथ्र्याएर यसो भन्दा केही पनि फरक पर्दैन । डायस्पोराका लागि नेपाली शब्द के राख्ने भनी शब्दकै विवादमा अल्झेर समय बिताउनु भने हुन्न ।

डायस्पोरा÷डायस्पोरिकका लागि विशेष पारिभाषिक शब्दका रूपमा आप्रवास÷आप्रवासी शब्द प्रयोग गर्नु राम्रो हुन्छ तर कसैलाई यो शब्द प्रयोग गर्न मन नलागे नेपालीमा कतिपय आगन्तुक शब्द पनि रामै्र गरी पचिसकेका हुँदा पुरानै शब्द डायस्पोरा÷डायस्पोरिकलाई लिई त्यसलाई नयाँ सन्दर्भअनुरूप परिभाषित गरेर अथ्र्याई प्रयोग गर्दा फरक पर्दैन । भाषामा अर्थसङ्कोच, अर्थविस्तार, अर्थपरिवर्तन आदि सामान्य प्रक्रिया नै भएकाले कुनै शब्दलाई पहिले जुन अर्थमा प्रयोग गरिन्थ्यो त्यही अर्थमा प्रयोग गरिनुपर्छ भन्ने छैन ।

डायस्पोराको सम्बन्ध प्रवासिनु वा विदेसिनुसँग रहेको र विदेसिने चलन नयाँ नभएकाले यसैसँग सन्दर्भित शब्द डायस्पोरा पनि नयाँ हुने कुरै भएन । डायस्पोरा शब्द पुरानो भए पनि अहिले यसको अर्थविस्तार र अर्थपरिवर्तन भएको छ । पहिले विशेषतः यहुदी समुदायको निर्वासनसँग सम्बद्ध डायस्पोराले अहिले विशेषतः आप्रवासनलाई सङ्केत गर्छ । विभिन्न सन्दर्भबाट हेर्दा डायस्पोरा भनेको कुनै खास राष्ट्रवा संस्कृतिका मानिसहरू अन्य राष्ट्र वा संस्कृतिमा निर्वासित भएर, पैmलिएर, विकीर्ण भएर, फिँजिएर, छरिएर, तितरबितर भएर, बसाइँसरेर एवं प्रवासिएर बस्नुभन्ने हुन्छ ।

प्रत्येक राष्ट्रकोआफ्नो डायस्पोरा हुन्छ र त्यो आफ्नो मातृभूमिभन्दा टाढाटाढाको मुलुकमा छरिएर रहेको हुन्छ । यसर्थ आफ्नो मातृभूमिबाट छरिएर टाढाटाढा बस्न पुगेका जुनसुकै समुदाय पनि डायस्पोरा हुने हुँदा यहुदीहरूको मात्र नभएर जुनसुकै राष्ट्रियताको पनि डायस्पोरा हुन्छ । एउटा मुलुकबाट अर्को मुलुकमा प्रवासिँदा, बसाइँ सर्दा वा छरिएर बस्दा सम्बद्ध मुलुकको सामाजिक–सांस्कृतिक परिवेशजन्य भिन्नताले जीवनभोगाइमा सङ्कट उत्पन्न हुँदाहुँदै पनि त्यही सङ्कटका बीच बाँचिरहेका वा बाँच्न बाध्य भइरहेका मानिसहरू नै डायस्पोरा हुन् । यस्तो स्थिति जुनसुकै मुलुक वा जातिमा हुनसक्छ । यसप्रकार विभिन्न राष्ट्र र जातिका अनेक डायस्पोरा बन्ने क्रम वर्तमान विश्वको विशेषता नै बन्नपुगेको छ ।

नेपालबाट अन्यत्र मुलुकमा गई लामो समयदेखि छरिएर बसोबास गरेकाहरू सम्बद्ध देशका नेपाली डायस्पोरा हुन्।

यी सबै सन्दर्भबाट हेर्दा आफ्नो मातृभूमि छाडेर अर्काे कुनै पराइ मुलुकमा गई आफ्नो मुलुक र आफन्तजनका वियोगको पीडा खपेर पनि त्यहीँ जीवन धान्न बाध्य व्यक्ति डायस्पोरा हुन्छ र त्यस्ता व्यक्तिबाट त्यसै प्रकारको अनुभूति अर्थात् त्यताको पीडा र यताको स्मृतिजन्य अनुभूति प्रस्तुत गरी लेखिएको साहित्य डायस्पोरिक हुन्छ । साहित्यिक सन्दर्भमा सामान्यतया तन उता र मन यता हुने खालको अभिव्यक्तिलाई डायस्पोरिक साहित्य भन्नसकिन्छ । यसरी डायस्पोरा शब्द र यसको प्रयोग सन्दर्भ सुरुतिर अर्कै भए पनि अहिले यसले नवीन सन्दर्भार्थका साथ साहित्यिक स्वरूप ग्रहण गर्न थालिसकेकोदेखिन्छ ।

डायस्पोरालाई नेपाली सन्दर्भबाट मात्र अथ्र्याउन नसकिने अवस्था सिर्जना भइसकेकाले यसलाई न्यूनतम रूपमा सैद्धान्तिकीकरण गर्न आवश्यक छ । यसका लागि यस विषयका ज्ञाता तथा अध्येताहरूको गहन छलफलबाट निष्कर्ष निकाली त्यसलाई सर्वत्र प्रचारप्रसार गरिनुपर्छ । डायस्पोरालाई स्पष्ट रूपमा अथ्र्याएर सैद्धान्तिकीकरण गरिसकेपछि कुन व्यक्ति डायस्पोराभित्र पर्छ र कुन पर्दैन भन्ने कुरा स्वतः निर्धारित हुन्छ । यसर्थ अहिले को डायस्पोरिक हो र को होइन भन्दा पनि डायस्पोरा वा डायस्पोरिक के हो भन्ने समस्या भएकाले सर्वप्रथम यसको निराकरण गरिनु आवश्यक छ । डायस्पोरालाई अथ्र्याएर स्पष्ट पारिसकेपछि स्वतः वर्गीकरण गर्न सकिने अवस्था आउँछ र यसलाई विभिन्न ढङ्गले वर्गीकरण गर्न पनि सकिन्छ । सम्बद्ध व्यक्ति कुन मुलुकमा गएर बसेको छ त्यसै आधारमा पनि वर्गीकरण गर्न सकिने हुँदा यसका नेपाली अमेरिकी डायस्पोरा, नेपाली बेलायती डायस्पोरा, नेपाली क्यानडेली डायस्पोरा आदि अनेक प्रकार हुनसक्छन् । यसैगरी प्रस्तुतिगत÷प्रवृत्तिगत आधारमा पनि डायस्पोरिक साहित्यको वर्गीकरण गर्न सकिन्छ ।

वर्तमान विश्वका प्रायः अविकसित मुलुकहरूबाट विकसित मुलुकहरूमा प्रवेश गर्ने क्रम तीव्र रूपमा बढ्दो छ । जुन ठाउँबाट जहाँ गएका हुन्त्यहीँको भाषा, संस्कृतिमा ती सब विलयन हुने क्रम पनि जारी छ । नेपालबाट पनि प्रशस्तै नेपालीहरू संसारका विभिन्न ठाउँमा विकीर्णन, विस्थापन वा निर्वासन भएका छन् वा प्रवासिएका छन् । डायस्पोरामा ‘जहाँ छौ त्यहीँका हौ’ भनिए पनि जाति र संस्कृतिका नाममा ‘आफ्नै राष्ट्रको’ भन्ने मानसिकता रहिरहन्छ तापनि तिनले रीतिथितिलगायतका सबै पक्ष त्यहीँको आत्मसात् गर्नुपर्ने हुन्छ । यस्तो स्थिति आउन निकै लामो समय लाग्छ, छोटो समयमा हुँदैन । यसर्थ मातृभूमि त्यागेर अन्यत्र गई छोटो समय वा अस्थायी बसोबास गर्नेलाई नभएर लामो समय वा स्थायी बसोबास गर्नेलाई मात्र डायस्पोरा मान्नुपर्ने हुन्छ ।

अर्काको देशमा जतिसुकै सम्पन्न भएर अनेकौँ सुखसुविधाका साथ बसे पनि आफ्नो मातृभूमि र आफन्तहरूप्रतिको सम्झना र सद्भाव स्मरणमा रहिरहन्छ । यताबाट तिनको नागरिकता वा नागरिकका हैसियतले प्राप्त गर्ने सम्पूर्ण अधिकार गुमिसकेको वा गुम्न लागेको हुन्छ भने उतापटि केही मात्रामा त्यस्तो अधिकार प्राप्त भएको वा नभएको स्थिति रहन्छ तर पनि आत्मपहिचान वा परिचयको सङ्कट (crisis of identity)भने सदैव जीवित रहन्छ । यसरी प्रवासिएकाहरूले मातृभूमि सम्झे पनि परिस्थितिवश उतैको भाषा, संस्कृति, अपरिचय आदिसँग सङ्घर्षरत रही बसोबास गर्दागर्दै त्यतै विलयन भएकालाई पनि डायस्पोरा नै भनिन्छ । यताबाट उता गए पनि फर्केर आउनचाहिँ चाहने तर सहजै फर्केर आउन नसकी उतै स्थायी रूपमा बसोबास गर्ने बाध्यता भएका मानिसहरू पनि डायस्पोरा हुन्। यिनको तन उता र मन यता वा आधा मन उता अनि आधा मन यता हुने गर्छ र तिनमा जहिले पनि असुरक्षा, भय, सन्त्रास, मानसिक पीडा, अपरिचय, बिरानोपन वा पराइपन आदिका साथै मातृभूमि र आफन्तजनको सम्झना, कर्मलाई धिक्कार्ने वृत्तिलगायत अनेक प्रकारको पीडाबोध भइरहन्छ । यिनीहरू भौतिक रूपमा पुगेको ठाउँसँग र मानसिक रूपमा पैतृक थलो वा मातृभूमिसँग गाँसिएकोद्वैध मनस्थिति वा दुईतिरको पन वा दोहोरो पीडामा बाँच्न बाध्य हुन्छन्।

उहिलेदेखि अहिलेसम्म अनेक कारणबाट थुपै्र मानिसहरू आफ्नो जन्मभूमि छाडेर विदेसिने क्रम निरन्तरप्रायः छ । कतिपय बाध्यात्मक रूपमा विदेसिएका हुन्छन् भने कतिपय स्वेच्छाले राजीखुसी विदेसिएका हुन्छन् । व्यापारव्यवसाय, सैन्यकर्म, अध्ययन, वैवाहिक सम्बन्ध, राजनैतिक अस्तव्यस्तता, धार्मिक हिंसा, प्राकृतिक प्रकोप आदिका साथै शरणार्थी र युद्धपीडित भएर अनि सुखसुविधाको खोजीका लागि पनि मानिसहरूमा विदेसिने प्रवृत्ति पाइन्छ । यतिखेर तेस्रो विश्वका शरणार्थीहरूसमेत अमेरिकाली तथा युरोपेली मुलुकतिर जान लालायित देखिन्छन् भने कतिपय गइसकेका पनि छन् र कतिपयलाई योजनाबद्ध रूपमा लगिएको पनि छ । कतिपय स्वदेशबाट विरक्तिएर नफर्किने हिसाबले विदेसिए पनि त्यहाँ आफ्नो अस्मिता नदेखी फेरि मातृभूमिमै फर्केर आउँछन्। आफ्नोशिक्षा आर्जन, कमाइधमाइ आदि सकेर स्वदेश फर्किने इरादा बोकी विदेसिएकाहरूका मनमा फर्किने चाहना हुँदाहुँदै पनि बाध्यात्मक परिस्थितिका कारण तिनीहरू फर्किन सक्दैनन्र त्यतै बस्छन्। वास्तवमा क्षणिक आवेशमा बाहेक अब म कहिल्यै स्वदेश फर्किन्न भनेर कमै मात्र विदेसिन्छन् । तिनमा स्वदेश फर्कने सोचाइ र चाहना भए पनि परिस्थितिजन्य कारणबाट फर्कन नमिल्ने स्थिति पनि आउनसक्छ । यसरी आफ्नो मातृभूमिबाट अलगिएर गएकाहरू मिलेर त्यहीँ एउटा भावनात्मक समाजको निर्माण गर्छन्, त्यसैलाई डायस्पोरा भनिन्छ । यस्तो प्रायः तेस्रो विश्वका गरिब, अविकसित र अशान्त मुलुकबाट पहिलो विश्वका धनी, विकसित र सम्पन्न मुलुकमा हुने गर्छ । कतिपय धनी मुलुकले गरिब मुलुकका नागरिकहरूलाई वैधानिक प्रक्रिया पूरा गरेरै आफ्नो मुलुकमा भिœयाउने गरेको पनि पाइन्छ ।

यस्तैयस्ता अनेक ढङ्गबाट निर्मित समाजलाई डायस्पोरा र तिनबाट सिर्जित साहित्यलाई डायस्पोरिक साहित्य भन्ने गरिन्छ । डायस्पोरिक साहित्यमा यस्तैयस्ता भावना वा विचारहरू अभिव्यक्त भएका हुन्छन् । यसरी हेर्दा यताको भावना बोकेर उता गई त्यतैको जीवन भोगाइका सकस आदिबाट विकसित वा परिवर्तित भावनालाई उतारेर वा यताको स्मरण गरेर लेखिएको साहित्यलाई डायस्पोरिक साहित्य भन्नु उपयुक्त हुन्छ । मूलभूमि वा मातृभूमिबाट विदेशी वा पराइभूमिमा पुगेका व्यक्ति वा समुदायका समस्याहरू तथा मूलभूमिका सन्दर्भ वा संस्मरणहरू चित्रित साहित्य नै डायस्पोरिक साहित्य हुन्छ । यसरी द्वैध संस्कृतिको घुलमिल गरी लेखिएको साहित्य डायस्पोरिक साहित्य हो ।

कतिपय डायस्पोरिक साहित्यलाई औपनिवेशिक सन्दर्भले पनि प्रत्यक्ष–परोक्ष प्रभाव पार्छ । यताबाट छुटेका र उतापटि नजोडिएका वा राम्ररी जोडिन नसकेका वा तन उता र मन यता भएकाहरूबाट त्यस्तैत्यस्ता सन्दर्भहरूलाई लिएर आत्मपहिचानको सङ्कट, गृहस्मृति÷ गृहविरह (लयकतबनिष्ब), भय, पीडा, त्रास, असुरक्षा, अनिश्चितता, अपरिचय, बिरानोपन, आ वास्तविक डायस्पोरिक साहित्यचाहिँ लामो समय बसोबास गरी त्यहीँको भाषा, संस्कृति, रहनसहन आदि अङ्गीकार गरिसकेका लेखकहरूबाट सिर्जित साहित्यलाई मानिन्छ । विदेशी नेपाली साहित्य भनिएमा नेपालबाहिरका जोसुकैले लेखेका सबै साहित्यलाई लिन सकिन्छ तर ती सबैलाई डायस्पोरिक साहित्यचाहिँ भन्न मिल्दैन । यताबाट जो जहाँगयो त्यहीँको भाषा, संस्कृति, रीतिथिति, चालचलन आत्मसात्गरी बसेका तर आफ्नो जातीय धर्मचाहिँ जोगाएका वा त्यस्तो भावना भएका व्यक्तिहरूबाट त्यसैअनुरूप सिर्जित रचनालाई चाहिँ डायस्पोरिक साहित्य भन्न मिल्छ । विदेसिएका अनेक नेपालीहरूबाट अनेक विषयवस्तुमा आधारित थुप्रै कृतिहरू लेखिएको पाइए पनि ती सबैलाई डायस्पोरिक साहित्यभित्र समेट्न सकिन्न ।

डायस्पोरिक साहित्य हुनलाई कुनै न कुनै ढङ्गबाट माथि चर्चा गरिएका कुराको अभिव्यक्ति भएकै हुनुपर्छ र डायस्पोरिक साहित्यको विश्लेषण गर्दा यी सबै कुरामा ध्यान पु¥याउनुपर्छ ।

  

केही समय यतादेखि नेपाली साहित्यका क्षेत्रमा डायस्पोरा शब्दको प्रयोग निकै हुन थालेको देखिए पनि यो कुनै नौलो र नवनिर्मित शब्द नभई उहिलेदेखि विभिन्न सन्दर्भार्थमा प्रयोग हुँदै आएको शब्द हो । ईसापूर्व छैटौँ शताब्दीतिरदेखि प्रचलित डायस्पोरा शब्द कुनै नयाँ शब्द नभएर प्राचीन शब्द भएकाले नेपालीमा यसको पहिलो पटक प्रयोग कहिले, कसले र कहाँबाट ग¥यो भन्ने कुरा महŒवपूर्ण हुँदैन । कुनै नयाँ शब्द निर्माण गरी प्रयोग गर्दा मात्र त्यसको प्रयोग कहिले, कसले र कहाँबाट ग¥यो भन्ने कुरा महŒवपूर्ण हुन्छ । यस्ता अनावश्यक कुरा चर्चा गरेर समय खेर फाल्नु निरर्थक कार्य हो ।

यस पङ्क्तिकारले गैरआवासीय नेपाली सङ्घ तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाद्वारा २०६४ असोज २७ गते काठमाडौँमा आयोजित गोष्ठीमा ‘नेपाली साहित्यमा डायस्पोराको योगदान’ तथा नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाद्वारा २०१२ जुन ३० मा अमेरिकाको टेक्सासमा आयोजित गोष्ठीमा ‘आप्रवासी नेपाली साहित्यको सैद्धान्तिक र व्यावहारिक पक्ष’ शीर्षक कार्यपत्रलगायत विभिन्न ठाउँमा अनेक कार्यपत्र प्रस्तुत गरेको कुरा सबैलाई अवगतै छ । यिनमा पहिलो कार्यपत्रलाई डायस्पोराको सैद्धान्तिक सन्दर्भसहितको प्रथम कार्यपत्र मानिएकोकुरा सर्वविदितैछ । डायस्पोराका बारेमा अनेकौँसैद्धान्तिक र प्रायोगिक समस्या र समाधानका उपायसमेत सुझाइएको त्यस कार्यपत्रलाई त्यस वर्षकै सर्वाेत्कृष्ट रचना ठहराई विशेष ढङ्गबाट पुरस्कृतसमेत गरिएको कुरा ज्ञातव्य नै छ । अन्य कार्यपत्रहरू पनि अत्यन्तै चर्चित रहेका र संसारका विभिन्न अनलाइन पत्रिकामा अनेक पटक राखिएको कुरा पनि सबैलाई थाहै छ । यस्तैगरी अक्षर, जनमत, हाम्रो ध्वनि, भृकुटी, प्रहरी, शब्दाञ्जली, गरिमा, समकालीन साहित्य डट् कमलगायतका विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका पत्रपत्रिकामा प्रकाशित यसै पङ्क्तिकारका थुपै्र लेखरचना तथा विभिन्न लेखकका कृतिमा लेखिएका भूमिका एवं खसखस डट्कमलगायत विभिन्न विद्युतीय एवं छापा पत्रिकामा दिइएका अन्तर्वार्तामा समेत डायस्पोराको सैद्धान्तिक स्वरूप, नेपाली सन्दर्भ आदि विविध पक्षमाथि प्रकाश पारिएको सन्दर्भ पनि ज्ञातव्य नै छ ।

नेपाली डायस्पोरिक साहित्यको चर्चा गर्दा अमेरिकाली नेपाली डायस्पोराबाट निकालिएको उत्तरअमेरिकाका नेपाली कवि र कविता (२०६६) शीर्षक कृतिलाई छुटाउन मिल्दैन । डा. तारानाथ शर्मा, गोविन्दसिंह रावत, वसन्त श्रेष्ठ, वासु श्रेष्ठ र हेमन्त श्रेष्ठद्वारा सम्पादित तथा उत्तरअमेरिकाका नेपाली कवि र कविता सङ्ग्रह प्रकाशन समिति, अमेरिका–क्यानडाद्वारा प्रकाशित यस कृतिमा अमेरिकाका विभिन्न ठाउँमा बसोबास गर्ने पचासभन्दा बढी कविका सयभन्दा बढी कविता सङ्कलित छन्। अमेरिकाली नेपाली डायस्पोराबाट प्रकाशित पहिलो बृहत्सङ्कलनका रूपमा रहेकोयस कृतिमा यसै पङ्क्तिकारद्वारा लेखिएको ‘उत्तरअमेरिकाली डायस्पोरामा नेपाली कविता’ शीर्षक भूमिकामा प्रस्तुत डायस्पोराबारेको सैद्धान्तिक परिचय र त्यसमा उठाइएका कतिपय समस्या र तिनको समाधानका लागि सुझाइएका उपाय निकै चर्चित रहेको कुरा सर्वविदितै छ । यस्तैगरी यस पङ्क्तिकारबाट नेपालबाहिरका थुप्रै लेखकका भूमिका लेख्ने क्रममा कतिपय डायस्पोरिक लेखकका भूमिका लेख्दा तिनमा डायस्पोराको सैद्धान्तिक र प्रायोगिक सन्दर्भमाथि पनि प्रकाश पारिएको छ । यस्तैगरी हरिराज भट्टराईको सम्पादनमा सेतु प्रकाशन, वासिङ्टन डिसीबाट प्रकाशित सेतु (२०६२) तथा पुरण राईको सम्पादनमा डायस्पोरा अध्ययन प्रतिष्ठान, काठमाडौँबाट प्रकाशित डायस्पोरा ः लाहुरे स्रष्टा र कविता (२०६९) शीर्षक कृति पनि उल्लेख्य छन्।

पछिल्लो समयमा डायस्पोरिक लेखनबारेको अध्ययनमा त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागको भूमिका पनि उल्लेख्य रहेको छ । स्नातकोत्तर तहका शोधार्थीहरूका लागि पूmलकुमारी महतो स्मृति ट्रस्टबाट छात्रवृत्तिका रूपमा केही रकम प्रदान गर्ने गरिएको र त्यसको वितरण गर्ने छात्रवृत्ति समितिमा सुरुदेखि नै यो पङ्क्तिकार पनि संलग्न रहेको छ । यो छात्रवृत्ति डायस्पोराका लेखक, कृति वा प्रवृत्तिका बारेमा अध्ययन गर्ने शोधार्थीहरूलाई प्रदान गरी शोधकार्य गराइन्छ । यसमा नेपाली साहित्यका हङकङको योगदान, नेपाली साहित्यमा ब्रिटिस गोरखा सैनिक साहित्यकारहरूको योगदान, दयाकृष्ण राईको जीवनी, व्यक्तित्व र कृतित्व, ईश्वर मानन्धरको जीवनी, व्यक्तित्व र कृतित्वजस्ता शोधकार्य यसै पङ्क्तिकारका निर्देशनमा सम्पन्न भइसकेका छन्। यस्तै अन्य कतिपय शोधकार्यहरू पनि भइरहेका छन्।

यसै क्रममा डायस्पोराको सैद्धान्तिक र प्रायोगिक पक्षबारे यस पङ्क्तिकारका लेखहरू धमाधम निस्कन थालेपछि यताका कतिपयले तिनैलाई सामान्य भाषान्तर गरेर वा नगरेरै पनि विना सन्दर्भ सारसुर गरी डायस्पोराबारेको पहिलो लेखक आपैmँ भएको भन्दै एकाध लेख अखबारमा छापेको देखिन्छ । यसै बीचमा डायस्पोराबारे प्रायोजित रूपमा लेखिटोपल्ने कतिपयले यस पङ्क्तिकारका कार्यपत्र, लेख, भूमिका आदिको चर्चा गर्दा खै के हुने डरले होतिनकोउल्लेखैनगरी आपूm नै डायस्पोराको प्रथम प्रयोक्ता भएको भन्ने गरेको पनि पाइन्छ । डायस्पोराका कुनै पनि पक्षमाथि सामान्य विश्लेषण त के चर्चासम्म नगरिएका अखबारी लेखलाई विशेष महŒव दिएर चर्चा गर्दै आपूmलाई डायस्पोराको स्वघोषित आधिकारिक व्याख्याता ठान्ने वृत्ति पनि फस्टाउँदो छ । यस्ता कार्यबाट क्षणिक तुष्टि त प्राप्त होला तर आजका पाठक त्यति कमजोर छैनन्भन्नेतर्पm पनि सम्बद्ध सबै सचेत हुनु आवश्यक छ । यसरी अर्कालेगरेको कामलाई आफ्नो बनाउने प्रयत्न कतिपय तथाकथित समालोचक भनाउँदा टिप्पणीकारहरूको पेसाजस्तै भएको छ । अर्काको लेखनलाई सामान्य भाषान्तर गरी सारसुर गर्दै त्यसलाई आफ्नो मौलिक प्रतिपादन भन्नतिर लाग्नुभन्दा तिनलाई सकारेर त्यसभन्दा अगि बढ्नु कल्याणकारी हुन्छ ।

यतिखेर अरूका खोजपूर्ण लेखनलाई चर्चासम्म नगरी आना सामान्य अखबारी लेखनलाई पहिलो कार्यपत्र एवं आधिकारिक लेखसमेत भन्न बाँकी नराखी आत्मश्लाघामा रमाउने प्रवृत्ति पनि बढ्दो छ । कतिपयले ‘मैले पहिलोपल्ट डायस्पोरा शब्दको प्रयोग नेपाली भाषामा गरेँ’ भन्दै आपूmलाई ‘डायस्पोराको प्रथम प्रयोक्ता र परिचायक व्यक्ति’ भन्नसमेत लाज मानेका छैनन् । उति प्राचीन कालदेखि प्रचलित शब्दलाई नेपाली रूपान्तरणसम्म नगरी जस्ताको तस्तै प्रयोग गरी मपाइँत्व प्रदर्शन गर्नु कुन पुरुषार्थ हो र ? आफ्नोबाहेक अरूको अध्ययन नगर्ने आत्मश्लाघीले भन्ने कुरा यहाँभन्दा बढी के नै हुन्छ र ? यसरी नै आत्मप्रशंसा गर्दै जाने हो भने त त्यसको कुनै औषधी छैन तर यथार्थवादी हुने हो भनेचाहिँ यस्ता कुराको कुनै अर्थ पनि छैन । त्यति प्राचीन शब्द डायस्पोरालाई आपूmले सर्वप्रथम प्रयोग गरेको, निर्माण गरेको आदि भन्दै यसको निजीकरण गर्ने प्रयत्न र शब्दप्रयोगमा बखेडा गरी सामान्य पाठकलाई दिग्भ्रमित तुल्याउने प्रयत्न गर्नु उपयुक्त हुन्न । सक्ने भए निःस्वार्थ ढङ्गले यसको विकास गर्न क्रियाशील रहनु नसक्ने भए चुप लागेर बस्नु नै श्रेयस्कर हुन्छ ।

कुन विषयमा कसले पहिले लेख्यो, कहिले लेख्यो, के लेख्यो, कस्तो लेख्यो आदिबारेमा इतिहासले मूल्याङ्कन गर्ने हुँदा त्यसमा चिन्ता लिनु आवश्यक नभए पनि यी सब कुरा कोट्ट्याउनाको तात्पर्य आत्मप्रशंसा नभएर कतिपयले डायस्पोराको प्रवर्तक र आधिकारिक व्याख्याता आपूm नै भएको भनी सामान्य पाठकमा भ्रम पार्ने खालका अभिव्यक्ति दिन थालेकाले अरूको नपढ्ने र आत्मरतिमै मक्ख पर्नेहरूलाई जानकारी दिने उद्देश्य मात्र हो। जे पायो र जुन पायो त्यसैलाई डायस्पोरिक नभनी सैद्धान्तिक स्पष्टताका साथ जिम्मेवारीपूर्वक भन्नु राम्रो हुन्छ, निरर्थक मनगढन्ते कुरा कथुरेर पाठकलाई दिग्भ्रमित पार्ने र इतिहासको अपव्याख्या गर्ने प्रयत्न गर्नु हुँदैन । कतिपयले यस्तैयस्ता अपव्याख्या गरेर धेरैलाई भुलाउने प्रयत्न गरेकाले नजान्नेले नलेख्दा हुन्छ, सबैलाई सबै विषयमा ज्ञान हुनैपर्छ भन्ने छैन तर मान्छे भुलाउने ढाँचाले निरर्थक गन्थन लेख्नुचाहिँ उपयुक्त हुँदैन भन्ने कुरा बोध गराउनै पर्ने भइसकेकाले यी सबै कुरा उल्लेख गरिएको हो ।

कतिपयले यस पङ्क्तिकारका उपर्युक्त कार्यपत्र, लेख, भूमिका, शोधनिर्देशन तथा आपूmले भूमिका नलेखेका अन्य कृतिहरूको चर्चै नगरी आफ्नोसामान्य अखबारी लेखलाई नै आधिकारिक भनी उल्लेख गर्ने गरेको तथा अरूका कृतिको भूमिकालाई माध्यम बनाएर आत्मप्रशंसा गर्दै कतिपय व्यक्ति वा संस्थालाई गालीगलौज गर्ने र एकअर्कामा फुट पैदा गराएर वैयक्तिक स्वार्थ पूर्ति गर्ने प्रयत्न गरेको पनि देखिन्छ । यसको उदाहरणका रूपमा अनेसासको सक्रियतामा प्रकाशित अन्तर्राष्ट्रिय नेपाली डायस्पोरा प्राज्ञिक अध्ययन र अनेक डायस्पोराका कविता नामक कृतिलाई लिन सकिन्छ । यिनमा लेखिएका भूमिकारूपी आत्मालापले यी कृतिको गरिमा घटाए पनि यी दुवै कृति सम्बद्ध क्षेत्रमा उल्लेखनीय भने अवश्य छन् । यसर्थ कसैले पनि अरूका कृतिको भूमिकालाई आत्मप्रशंसा र वैयक्तिक स्वार्थ पूर्तिको साधन नबनाई तिनमा यथार्थमूलक अभिव्यक्ति मात्र प्रस्तुत गर्नु उपयुक्त हुन्छ ।

डायस्पोराबारे मैले अहिलेसम्म अनेक कार्यपत्र, लेख, भूमिका आदि लेखे पनि, अनेक शोधार्थीको शोधनिर्देशन गरे पनि म आपूmलाई यसको आधिकारिक व्याख्याता नभएर सिकारु विद्यार्थी मात्र ठान्दछु । यतिखेर यताबाट उतातिर गएका धेरजसो लेखकहरू आपूmलाई डायस्पोरिक भनाउन लालायित देखिन्छन्भने यतातिरकाहरू उताबाट प्रायोजित ढङ्गबाट हानिएका सानातिना गुलिया मट्याङ्ग्राको प्राप्ति वा उडान मोहले जे पायो त्यही भनिदिने मात्र होइन लेखिदिने पनि गर्छन्। यी दुवै डायस्पोराका लागि मात्र नभएर सिङ्गो नेपाली साहित्यका लागि अत्यन्त हानिकारक कुरा हुन्। यसतर्पm यताका लेखिदिने र उताका लेखाउने दुवै सचेत हुनु आवश्यक छ । त्यताबाट डायस्पोराका नाममा हानिने सानातिना गुलिया मट्याङ्ग्राका कारण अरूको लेखनलाई सन्दर्भ नदिई सारसुर गर्ने र आपूmले मात्र डायस्पोराको अध्ययन गरेको र आपूm नै यसको आधिकारिक व्याख्याता भएको भनी दुष्प्रचार गर्न पनि केही व्यक्ति लागेका देखिन्छन् भने डायस्पोराबारे कुनै चर्चै नगरिएका किताबको नाममा समेत डायस्पोरा जोडेर गुलिया मट्याङ्ग्रा ग्रहण गर्ने कार्यमा केही व्यक्ति तल्लीन रहेका देखिन्छन्। त्यताबाट हानिनेगुलिया मट्याङ्ग्राको हनाइ तटस्थ, निष्पक्ष र पारदर्शी भएमा यस्तो वृत्तिमा स्वतः ह्रास आउँछ ।

उताका लेखकहरूले डायस्पोरा नै उत्कृष्टताको कसी हो भन्ने भ्रमबाट पनि मुक्त हुनुपर्छ भने यताकाले सीमित वैयक्तिक स्वार्थपूर्तिका लागि गैरजिम्मेवारपूर्ण ढङ्गले जे पायो त्यही लेखिदिने गर्नुहुन्न । डायस्पोरिक लेखनबारे अध्ययन गर्न–गराउन र गर्ने–गराउने कार्यमा तीव्रता आउनु नकारात्मक कुरा नभए पनि प्रायोजित ढङ्गबाट यो प्रवृत्ति हुर्किएमा त्यसले ने पनि आफू मात्र डायस्पोराको आधिकारिक व्याख्याता भएको नी यसमा एकाधिकार कायम गर्ने प्रयत्न गरिएमा यसको झनै विकास हुँदैन । यसतर्पm सम्बद्ध सबै सचेत हुनु जरुरी छ ।

यी विभिन्न सन्दर्भ कोट्ट्याएर यहाँ कसैको आलोचना गरिएको नभई यथार्थको जानकारी गराउने प्रयत्न गरिएको मात्र हो । यस्तैयस्ता अनावश्यक चर्चा गर्दै–सुन्दै जाने अनि डायस्पोरा र डायस्पोरिक साहित्यबारे सैद्धान्तिक, व्यावहारिक र प्रायोगिक निष्कर्ष ननिकाल्ने हो भने भोलि भद्रगोलको स्थिति आउनसक्छ भन्नेतर्पm सचेत र क्रियाशील हुनु अपरिहार्य भइसकेकाले यहाँ यस्ता केही सन्दर्भ कोट्ट्याइएको हो । यी सबै भनाइको तात्पर्य के हो भने अब डायस्पोराबारे विद्यमान भ्रान्तिहरूको निराकरण गर्नुपर्ने बेला भइसकेकाले यसतर्पm ढिलो नगरी जिम्मेवारीपूर्वक लाग्नुपर्छ भन्ने हो । डायस्पोराबारेको अध्ययन प्रारम्भिक अवस्थामै रहेकाले यसको अध्ययनतर्पm रुचि राख्नेहरू सबैले वैयक्तिक स्वार्थलाई त्यागी हातेमालो गरेर सँगसँगै अगि बढी यसको स्पष्ट व्याख्या गर्नु आवश्यक छ । विभिन्नतिरबाट डायस्पोरा लेखनतर्पm चासो राख्नु डायस्पोराको विकासका लागि सराहनीय कार्य हो तर सर्वत्र आनो मात्र बखान गर्ने अरूको चर्चै नगर्ने कार्य भने गर्नु हुन्न । यस्ता कार्यबाट नेपाली डायस्पोरा पिल्सिएको हँुदा यसबाट सम्बद्ध सबै मुक्त हुनुपर्छ ।

  

भौगोलिक सीमा, अवधि, निरन्तरता, प्रवृत्ति आदिका आधारमा डायस्पोरिक साहित्यको निरूपण गर्नुपर्ने देखिए पनि यसमा कतिपय जटिलतासमेत छन् । डायस्पोरिक नेपाली साहित्यलाई भौगोलिक अनेक थोक भन्ने गरिएको पनि पाइन्छ । त्यसमा पनि कतिपयले विशेषतः अमेरिका र बेलायतलाई केन्द्रबिन्दु बनाएर चर्चा गरेका छन् । यसो गरिनुमा व्यक्तिगत प्रयोजन नै मुख्य रहेको देखिन्छ ।डायस्पोराको सम्बन्ध भौगोलिक सीमासँग अवश्य भए पनि त्यसबारेमा मतभिन्नता रहेको छ । कसैले यसलाई भिसासँग जोड्छन् भने कसैले यसलाई समुद्रपारसँग जोड्छन् अनि कसैले देशपारसँग जोड्छन् । यस्तै यसको अवधि, निरन्तरता र प्रवृत्तिका बारेमा मनगढन्ते व्याख्यान पाइन्छन्।

विदेशको वर्णन गर्नु नै डायस्पोराको परिचायक अभिलक्षण पनि होइन । यताबाट त्यता वा नेपालबाट विभिन्नतिर प्रवासिई लेखिएका साहित्यले नेपाली साहित्यको श्रीवृद्धिमा महŒवपूर्ण योगदान पु¥याएकै भए पनि ती सबै डायस्पोरिक साहित्य होइनन्। नेपाली परिप्रेक्ष्यबाट हेर्दा विदेशमा गएका बेला वा नगएका बेला पनि स्वदेश वा विदेशका बारेमा लेखिएका साहित्यलाई डायस्पोरा भन्ने गरेको पाइन्छ । वास्तवमा डायस्पोरिक साहित्य भनेको त्यस्तो होइन । यताबाट उता गएका र उतै बसेका वा फर्केकाहरूबाट सिर्जित सबै खाले साहित्यलाई डायस्पोरिक साहित्य भन्न सकिन्न । समग्रतः नेपालीका सन्दर्भमा सामान्यतया सार्क मुलुकबाहिर एक दशकजति निरन्तर रूपमा (बौद्धिक–प्राज्ञिक छलफलबाट परिवर्तन गर्न सकिने) बसोबास गरेका व्यक्तिबाट सिर्जित साहित्यलाई डायस्पोरिक नेपाली साहित्य भन्न सकिन्छ तर यस्ता साहित्यमा डायस्पोरिक प्रवृत्ति भने अवश्य हुनुपर्छ ।

गैरआवासीय नेपाली ९ल्च्ल्० भन्ने सन्दर्भ कानुनी रूपमै व्याख्यायित छ । यसले नेपाली मूलको विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकसमेतलाई जनाउँछ । आफ्नो देश छोडेर आधा वर्षजति अन्यत्र गई बसोबास गरेका नेपालीलाई गैरआवासीय नेपाली मानिन्छ तर नेपाली डायस्पोराबारे कानुनी त के स्पष्टतः सैद्धान्तिक व्याख्यासमेत भएको छैन । हालसाल आएर यताका र उताका केही व्यक्तिद्वारा डायस्पोरा वा डायस्पोरिक साहित्यबारे गरिएका सामान्य चर्चापरिचर्चा त्यसको प्रारम्भिक जानकारीका लागि उपयोगी भए पनि त्यतिलाई नैपर्याप्त मानेर ढुक्क हुने अवस्थाचाहिँ छैन । यसर्थ यसको स्पष्ट सैद्धान्तिक व्याख्या गर्नेतर्पm ध्यान दिनु आवश्यक छ ।

आफ्नो मातृभूमि छोडेर कतै बाहिरिँदैमा न त त्यो व्यक्ति डायस्पोरा हुन्छ नत त्यसले लेखेको साहित्य नै डायस्पोरिक हुन्छ । डायस्पोरिक हुनु नै लेखकका योग्यताको कसी पनि होइन । सिर्जनाभित्रको गुणवत्ताले नै लेखकको योग्यता, क्षमता र योगदानको निरूपण गर्छ । यताकाहरू उता गएर लेखिएका जति जम्मै साहित्यलाई डायस्पोरिक साहित्य भन्न थालिएमा यसबाट कतिपय गम्भीर प्रश्नहरू जन्मिन्छन् भन्दै
यस पङ्क्तिकारले यसपूर्व नै पटकपटक केही समस्याहरू प्रस्तुत गरेको थियो । ती प्रश्नहरूलाई यहाँ पुनः दोहो¥याइन्छ ः

  •  सम्बद्ध व्यक्ति उता गएको कति समय हुनुपर्ने ?
  •  त्यहाँस्थायी बसोबास गरेको हुनु पर्ने कि नपर्ने ?
  •  यताको नागरिकता छोडेको र उताको लिएको हुनु पर्ने कि नपर्ने ?
  •  व्यापार, भ्रमण, अध्ययन, विवाह वा अन्य कुनै पेसा आदि उद्देश्यबाट उता गई उहीँ लेखिएका साहित्य मात्र डायस्पोरामा पर्ने कि ? उताबाट फर्केर आई यहीँ बसेर उताका र यताका बारेमा लेखिएका साहित्य पनि पर्ने ?
  •  केही दिनका लागि यसो उता गई उतै बसेर वा यता फर्केर लेखिएका साहित्यलाई के भन्ने ?
  •  धेरै समय विदेश बसी पुनः मातृभूमि फर्किएर यहीँ बसोबास गर्न थालेपछि तिनलाई डायस्पोरा भन्ने कि नभन्ने ? अनि तिनका सिर्जनालाई डायस्पोरिक मान्ने कि नमान्ने ?
  •  उताको कुनै प्रतिष्ठित संस्थाको नाम दिएर यता आफ्नै लगानीमा प्रकाशन गरी उताबाट विमोचन गरिएको भनिएका कृतिलाई के नाम दिने ?
  •  आफ्नै मातृभाषामा लेखिनु पर्ने वा आपूm बसोबास गरेकै देशको वा अन्य मान्यताप्राप्त अन्तर्राष्ट्रिय भाषामा लेखिएको भए पनि हुने? आदि ।

निकै अगाडि छलफलका लागि विभिन्न कार्यपत्र, लेख, भूमिका, अन्तर्वार्ता आदिमार्पmत उठाइएका यी विभिन्न प्रश्नबारे गम्भीर रूपमा चिन्तनमनन गरी व्यक्ति डायस्पोरा र साहित्य डायस्पोराको अवधारणा स्पष्ट पार्नु आवश्यक छ भन्ने कुरा पनि उल्लेख गरिएको थियो । यसबारेमा पर्याप्तै चर्चा परिचर्चा पनि भएकै होर अनेक क्रियाप्रतिक्रिया पनि प्राप्त भएकै हुन्। यी प्रश्नको उत्तर यस्तो हुनसक्छ ः

  • यताबाट उता गई कम्तीमा यति समय बसोबास गरेको हुनुपर्छ भन्नुभन्दा पनि सम्बद्ध व्यक्ति कम्तीमा नोस्टाल्जियाको अनुभूति हुनेगरी त्यतातिर बसोबास गरेको र त्यस्ता अनुभूतिलाई साहित्यमा अभिव्यक्त गरेको हुनुपर्छ । यसर्थ डायस्पोरिक लेखनलाई समयले भन्दा पनि बढी अनुभूतिजन्य प्रवृत्तिले छुट्ट्याउनु राम्रो हुन्छ । यति हुँदाहुँदै पनि नेपालबाट उतातिर गएको कुनै व्यक्तिले मोटामोटी एक दशकजति अवधि निरन्तर रूपमा बिताएको हुनुपर्छ । (बौद्धिक– प्राज्ञिक छलफलबाट परिवर्तन गर्न सकिन्छ)
  •  उता गई त्यहाँस्थायी वा अस्थायी रूपमा निरन्तर बसोबास गरेको हुनुपर्छ ।
  •  यताको नागरिकता छोड्नु वा उताको लिनु आवश्यक छैन वा छोडे–लिए पनि कुनै फरक पर्दैन । जुनसुकै उद्देश्यबाट भए पनि उता गएकाले उतै बस्दा लेखिएका साहित्य मात्र डायस्पोरामा पर्छन् तर यता फर्किएर आई यहीँ बसेर उताका र यताका बारेमा लेखिएका साहित्य डायस्पोरामा पर्दैनन्।
  •  केही दिनका लागि यसो उता गई उतै बसेर वा यता फर्केर लेखिएका साहित्यलाई डायस्पोरिक मान्न सकिन्न ।
  •  धेरै समय विदेश बसी पुनः मातृभूमि फर्किएर यहीँ बसोबास गर्न थालेपछि तिनलाई डायस्पोरा भन्न र तिनका सिर्जनालाई डायस्पोरिक मान्न सकिन्न ।
  •  उताका संस्थाको नाम दिएर यता प्रकाशन गरी उताबाट विमोचन गरिएको भनिएका कृतिलाई डायस्पोरिक भन्न मिल्दैन ।
  •  डायस्पोरिक साहित्यको सम्बन्ध भाषासँग नभएर कथ्य वा अनुभूतिसँग हुने अर्थात् आनै मातृभाषा वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त अङ्ग्रेजी आदि भाषामा लेखिएका कृतिमा पनि यताको वा उताको मार्मिक भावना मुखरित भएमा वा त्यसको विषयवस्तुचाहिँ आफ्नैमूल भूमि वा बसोबास गरेको भूमिसँग सम्बद्ध भएमा पनि तिनलाई डायस्पोरिक कृति मान्नुपर्छ । यसर्थ भाषाका दृष्टिबाट हेर्दा प्रचलित जुनसुकै भाषामा पनि उताका वा यताका वा दुवैतिरका विषयवस्तुमा केन्द्रित रही आफ्नो देश, जाति, धर्म, संस्कृति, अवस्था आदिबारे लेखिएका रचनालाई पनि डायस्पोरिक साहित्य मान्नुपर्छ ।

उपर्युक्त सन्दर्भबाट डायस्पोरा र डायस्पोरिक साहित्यको निरूपण गर्ने हो भने धेरै हदमा यससम्बन्धी समस्याको समाधान हुन्छ । डायस्पोराबारेमा उताबाट पनि कतिपय प्रश्नहरू उठाइएको हुँदा तिनको पनि सङ्क्षिप्त चर्चा आवश्यक छ ।

  •  साहित्यिक वृत्तबाट हेर्दा डायस्पोरा के हो ?
  •  डायस्पोरिक साहित्य भनेको के हो ?
  •  डायस्पोरिक साहित्यकार हुने मापदण्ड के हो र कस्ता लेखक यसभित्र पर्छन्?
  •  कति समयसम्म देशबाहिर रहनुपर्ने ?
  •  स्थायी वा अस्थायी बसोबास के हुनुपर्ने ?
  •  कस्तो विषयमा केकति रचना सिर्जना गर्नुपर्ने ?
  •  विदेशमा रहेर डायस्पोरिक साहित्यकार भनिएकाहरू पुनः केही वर्षपछि स्वदेश फर्किएपछि उनीहरूलाई के भन्ने ?
  •  भ्रमणको बेलामा वा छोटो परदेश बसाइको बेलामा लेखिएका रचनालाई डायस्पोरिक साहित्य भन्ने कि नभन्ने ?
  •  स्वदेशी लेखकले विदेशी विषयमा लेख्दैमा त्यस्ता कृतिलाई पनि डायस्पोरिक भन्ने कि नभन्ने ? उताबाट पछिल्लो समयमा उठाइएका विभिन्न प्रश्नहरू लगभग माथिकै प्रश्नसँग मेल खाने खालका छन्र तीमध्ये धेरजसोकोजबाफ माथि नै आइसकेको छ ।

कतिपय थप कुरा यसप्रकार छन्ः

  • डायस्पोरिक प्रवृत्ति झल्किने जेजति रचना सिर्जना गरिएको भए पनि हुने भन्नु उपयुक्त हुन्छ । कतिपय सिङ्गो कृति नै डायस्पोरिक हुन्छ भने कतिपय त्यसमा सङ्कलित थोरै रचना मात्र डायस्पोरिक हुन्छन्।
  • विदेशबाट स्वदेश फर्केर यहीँ बसोबास गर्न थालेकाहरूबाट सिर्जित साहित्यलाई डायस्पोरिक साहित्य भन्न मिल्दैन यसर्थ उता बसुन्जेलको अवधिमा डायस्पोरिक र यता आएपछि सम्बद्ध देश र भाषाको साहित्यकार भनिदिए पुग्छ ।
  • भ्रमणको बेलामा वा छोटो परदेश बसाइको बेलामा लेखिएका रचनालाई डायस्पोरिक साहित्य भन्न मिल्दैन ।
  • स्वदेशी लेखकले विदेशी विषयमा लेख्दैमा त्यस्ता कृतिलाई पनि डायस्पोरिक साहित्य भन्न मिल्दैन ।

  

यताका हाम्रा कतिपय लेखक–साहित्यकारहरू आपूmलाई उत्तरआधुनिक भनाउन लालायित देखिने र त्यसो भनिदिँदा त्यो भनाइ प्रशंसा वा निन्दाको समेत भेउ नपाई मक्ख परेझैँ उताका आपूmलाई डायस्पोरिक साहित्यकार भन्न–भनाउन बढी लालायित देखिनेर त्यसो भनिदिँदा मक्ख पर्ने गरेको देखिन्छ । यसरी अहिले आपूmलाई डायस्पोराको साहित्यकार भनाउन रुचाउनेहरूको सङ्ख्या पनि अधिक भएकाले यता
छापेर उता अनि उता छापेर यता विमोचन गराउने प्रचारमुखी प्रवृत्ति पनि बढ्दो छ । यतिखेर उताबाट केही दिनको छुट्टीमा यहाँ आई निकै हतारिएर रातारात किताब छपाउने, विमोचन गर्ने र फर्किने प्रचलन पनि व्याप्त छ । कामका सिलसिलामा गएकाहरूले फर्कन हतारिनु स्वाभाविक हो तर यही छोटो समयलाई पुस्तक निकाल्नुजस्तो गम्भीर काममा उपयोग गर्दा त्यस कृतिले अपेक्षित स्तरीयता प्राप्त नगर्न सक्छ ।

यति मात्र होइन केही दिन विदेश जाँदा लेखिएका यात्रा संस्मरण त के तीर्थयात्राबारे लेखिएका गन्थनलाई समेत डायस्पोरा भन्ने र भनिदिनेहरूसमेत भेटिन थालेका छन् । यस्तो प्रक्रियालाई बढावा दिइएमा त्यसबाट सक्कली डायस्पोरा ओझेलिने र नक्कलीहरू उज्यालिने सम्भावना पनि रहन्छ तर यस्तो अवस्था सैद्धान्तिक स्पष्टता नहुन्जेलका लागि मात्रै हुने भएकाले क्षणिक हुन्छ ।

यतिखेर आपूmलेपढेका वा भूमिका लेखेका वा अध्ययनको केन्द्रक बनाएका वा मन परेका जतिलाई पहिलो, अद्वितीय, शतक वा दशककै उत्कृष्ट आदि विशेषण जडान गर्ने तर अरू कतिपय महŒवपूर्णलाई समेत बेवास्ता गर्ने दुष्वृत्ति पनि देखिन थालेको छ । यस्तै ठूलै डायस्पोरिक समालोचक भन्न रुचाउने कतिपयले यतैतिर हुँदा प्रकाशित कतिपय लेखकका कृतिलाई समेत डायस्पोरिक साहित्य भनी बढाइचढाइका साथ उल्लेख गर्ने गरेको पनि पाइन्छ तर यो एकदमै अनुपयुक्त र गैरजिम्मेवारपूर्ण कार्य हो।

यता वा उताबाट लेखिएका कतिपय कृति नेपाली साहित्यमा विशेष उल्लेखनीय रहे तापनि ती सबैलाई डायस्पोरिक कृति भन्न मिल्दैन । यसर्थ डायस्पोराको अध्ययनमा निम्नलिखित कुराहरू विशेष उल्लेखनीय देखिन्छन्ः

अहिलेका लेखकहरूले आपूmलाई जबर्जस्ती डायस्पोरिक लेखक भन्न–भनाउन लगाउने र समालोचकहरूले पनि विना हिचकिचाहट भनिदिने परिपाटीलाई त्यागेर डायस्पोरिक नेपाली साहित्य, प्रवासी नेपाली साहित्य, नेपालबाहिरको नेपाली साहित्य र नेपालभित्रकै नेपाली साहित्यका बीचमा स्पष्टतः विभेदक रेखा कोर्नुपर्छ । यीमध्ये कुनै नामले मात्र साहित्यकार उत्कृष्ट हुने होइन, त्यसको उत्कृष्टताको कसी उसको साहित्यिक कृति नै हुन्छ ।

  • कुनै सर्जकद्वारा विदेशी भूमिमा बसेर लेखिएका सबै खाले कृतिलाई डायस्पोरिक साहित्य भनिदिने अनि त्यतातिरका एकाध कृतिको टिप्पणी गरेकै भरमा आपूmलाई ठूलै डायस्पोरिक समालोचक ठान्ने वृत्ति त्याग्नुपर्छ । विदेशी भूमिमा बसेर लेखिएका सबै कृति डायस्पोरिक हुँदैनन्भने सामान्य टिप्पणीकार ठूलो समालोचक हुने कुरै आउँदैन ।
  •  कसैको निकै पहिले प्रकाशित भई सर्वत्र चर्चित एवं प्रशंसित हुनाका साथै वर्षभरिको उत्कृष्ट रचनाका रूपमा मूल्याङ्कित र विभिन्न पुरस्कारद्वारा पुरस्कृत रचनालाई समेत सामान्य शब्दान्तर गरेर सन्दर्भ नै नदिई आफ्नो बनाउने, आनो सामान्य अखबारी लेखनलाई अनावश्यक बढाइचढाइ गरी र आपूm पहिलो ठूलै डायस्पोरिक समालोचक हुन खोज्नेवृत्ति पनि त्याग्नुपर्छ ।
  •  यतिखेर कम्प्युटर र अफसेट छापाखाना प्रविधिको अत्यधिक विकासले गर्दा दिनानुदिन अनेक विधाका अनेक कृतिहरू छापिने र विमोचन गरिने क्रम निरन्तर भएकाले उताका त के यतैका पनि सबै कृति खोज्न सहज छैन । यसमा पनि सक्कली लेखकहरू नै पछि पर्छन् । केही टाठाबाठा, सम्पन्न र पहुँचवालाहरूले विमोचन आदिका नामबाट व्यापक विज्ञापन गरी कुनाकुनासम्म प्रचार गर्छन् र समालोचकको आँखा पनि त्यस्तै कृतिमा पर्न जान्छ अनि त्यसैलाई त्यस विधाको पहिलो कृति भनिदिन्छन्।
  •  डायस्पोरा भएरै बसेकाहरूबाट यता वा उताका सन्दर्भमा लेखिएका कृतिलाई मात्र डायस्पोरिक कृति मानी तीमध्येबाट विभिन्न विधाको पहिलो डायस्पोरिक कृति पत्ता लगाउन निकै शोधखोज गर्नु आवश्यक छ । विश्वभर छरिएर रहेका नेपाली डायस्पोराहरूद्वारा सिर्जित साहित्यलाई विधागत रूपमा छुट्ट्याएर सूचीबद्ध गरिएमा कुनचाहिँ विदेशमा नेपाली साहित्य र कुनचाहिँ डायस्पोरिक नेपाली साहित्य हो भनी छुट्ट्याउन सकिन्छ । आजको युग इलेक्ट्रोनिक युग भएकाले विदेशी भूमिमा बसेर साहित्यका विभिन्न विधामा लेखिएका साहित्यिक कृतिहरूको व्यापक खोजतलास गरी विधागत रूपमा वेबसाइटमा राखेर अनि पुस्तकाकार रूपमा त्यसको इतिहास तयार पार्नुपर्छ र तिनको वस्तुवादी मूल्याङ्कन गरिनुपर्छ ।
  •  डायस्पोरालाई मात्राका रूपमा हेर्नुपर्ने अवस्था पनि रहेको देखिन्छ । मात्रा निर्धारण गर्न त्यति सजिलो नभए पनि कतिपय रचनामा डायस्पोराले सामान्य स्पर्श गरेको अनि कतिपयमा व्यापक प्रस्तुति रहेको हुने हुँदा कुन कृतिमा डायस्पोराको केकस्तो अवस्था छ भन्नेबारे वस्तुगत जानकारीका लागि मात्रा केलाउनु पनि आवश्यक छ ।
  •  पहिले सामग्री सङ्कलन र वर्गीकरण गरी तिनको विश्लेषण गरिसकेपछि मात्र कुन कृति वास्तविक डायस्पोरिक हो र कुन होइन भनी निक्र्याैल गर्न सकिन्छ । यो काम तत्काल नगरिएमा पछि छुट्ट्याउनै नसक्ने गन्जागोलको स्थिति आउन सक्ने पक्का भएकाले यसतर्पm सम्बद्ध सबै सचेत रहनु अपरिहार्य छ ।
  •  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नामक संस्थाका अनेकतिर पैmलिएका शाखाप्रशाखाहरूलाई क्रियाशील तुल्याएर त्यसका माध्यमबाट सबैतिरका कृतिहरूको विधागत सूची तयार गर्न सकिन्छ ।

सम्बद्ध लेखकले विश्वको जुनसुकै कुनाबाट प्रकाशित आफ्नो सिर्जनाहरूको स्पष्ट विवरण (कृति र कृतिकारको नाम, प्रकाशन वर्ष, विधा आदि) खुलाएर विद्युतीय सञ्चार माध्यमबाटै भए पनि स्वदेशतर्पm जानकारी गराएमा कृति सूची तयार गर्न सजिलो पर्छ । यसका लागि लेखक र समालोचक दुवैले एकअर्कालाई दोष नलगाई आपसी समन्वय स्थापित गरेर सचेतताका साथ जिम्मेवारीपूर्वक कार्य गर्नुपर्छ । डायस्पोराको सैद्धान्तिक र व्यावहारिक दुवै पक्षबारे माथि उल्लेख गरिएका कतिपय समस्याहरू हुँदाहुँदै पनि ती निराकरणै गर्न नसकिने खालका छैनन्। यसतर्पm ढिलो नगरी लागिएमा नेपाली साहित्यको श्रीवृद्धिमा डायस्पोराको भूमिका उल्लेख्य रहने कुरामा कुनै सन्देह छैन ।

त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग,
कीर्तिपुर, काठमाडौं, नेपाल
फोन ः ०१४३३२१७८
email : drkhalu@yahoo.com

This entry was posted in समालोचना and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.