~जीवनाथ धमला~
प्रहर पलाहरू रङ लाउँदै उर्ध्वगामी थिए आकाशमा
पलाहरू यात्रारत, बोक्दै थिए भारहीन सपनाहरूलाई,
निराकार अघिल्ला प्रहरहरूमा डुबेका गीतहरू
क्रमशः डोलिँदै भाखाहरूमा क्षितिजतिर उज्यालो डाक्दै थिए
ब्यूँझिएका आँखाहरू विश्रामहरूमा आकाश चढ्न खोज्दै थिए
नानीहरू, गौँथलीसँग खेल्दै गरेको सपना देखेर
निर्विघ्नपर्ूवक सपनामै दौडन थालेका थिए
उनीहरू सपनामै गौँथलीसँग उडेको आनन्द भोग्दै थिए
नानीहरूका सपनालाई कसले छिनायो –
पलापला र्सर्दै पुगेको समय
नानीहरूका सपनाभित्र तर्सर्ााे छायाँ बनेर हिँडिरहृयो ।
पलाहरू र्सर्दै पुगेर फैलिएर डाँडामाथिको सुन्दर क्यानभासमा
गीतहरू गाइन थाले, सङ्गीत बज्न थाल्यो
मारुनी र बालुनका गुञ्जनले क्यानभास छटामय देखियो
हूलका हूल प्वाँखहरू टल्किन थाले माथिल्तिर
सुगन्धित फूलहरू हाँस्न थाले इन्द्रेणीमय क्यानभासमार्
र्सवत्र गीतहरू पग्लिए र फूलहरूमाथि पोखिए
उदात्त चेत-धाराहरू छङ्छङाउँदै क्यानभासभरि
बग्न र सिँचन गर्न थाले
क्यानभास दिव्य आभाको दहझैं चौदिशा टल्किँदै गयो
क्यानभासको सौर्न्दर्यमाथि कसले छायाँ खसाल्यो –
पलापला र्सर्दै पुगेको समय
क्यानभासमा कालो छायाँ बनेर लत्पतिइरहृयो ।
पलाहरू र्सर्दै आँगन, दलान र मूलदैलाभित्र पसेर फैलिए मझेरीमा,
आगो जोर्दै थिइन् आमा अँगेनामा,
भान्सा तयार गर्नुपर्ने ।
तुलसीमा चोखो जल र्छकनुपर्ने ।
मट्क्यौलाबाट माटो ल्याएर भर्खरै
मझेरी, दलान पोत्न थालेकी थिइन् आमा
बत्ती कात्न अझै भ्याएकी थिइनन्
दियाघरमा उज्यालो दीप बल्न बाँकी नै थियो
आमाको निर्बोध मनमाथि कसले प्रहार गर्यो –
पलापला र्सर्दै आएको समय
दियाघरमा हुण्डरी बनेर मडारिइरहृयो ।
पलाहरू र्सर्दै, भीर-पहरा छाम्दै पुगे खर्कहरूमा
बाछाबाछीहरूसँग बात मार्दै थिए गोठालाहरू
सडेस् लाएको ओछ्यानको सिरानीमा पटुका छ
पारि डाँडामा घाँस सकिएको छ,
खाँवा-बला काट्नुपर्ने पातालतिर गएर
भारी लिएर आइपुग्न आज ढिलो हुन्छ कि !
गाई फोएर चह्राउन आज अबेला हुन्छ कि !
नजिकैको चरन पनि सकिएको छ
थैलामा खाजा के बाँकी छ कुन्नि !
डेलीमा पोका-पन्तरा न्रि्रन आँटे कि !
किर्किटी अस्ताए क्यार, लौ उठ्ने बेला भएछ !
मनका धुनहरूसँग गोठालाहरू एक्लाएक्लै कुरा गर्दै थिए
विचारमग्न गोठहरूमा बिहानको आगो बलेकै थिएन
गोठका ती थकित र अलिखित आत्मकथाहरूलाई कसले चिथोर्यो –
पलापला र्सर्दै पुगेको समय
गोठहरूमा हिउँको पहाड बनेर थुप्रिरहृयो ।
(स्रोत : मधुपर्क, चैत्र २०६३)