लोक कथा : भ्रष्टाचार

एकादेशमा एउटा राजा रहेनछन । राजालाई कथा सुनाउने, मनोरञ्जन गराउने एउटा मण्डलीरहेछ । त्यस मण्डलीले राजालाई गाँजाको लत बसालिदिएछ ।

जुनसुकै बेला पनि गाँजाले लठ्ठिएकोदेखेपछि रानीले वैद्य बोलाएर गाँजा छुटाउने उपाय गर्न भनिछन् । 

वैद्यले– ‘विहान, दिउँसो र बेलुकाएक एक माना गाइको धारोष्ण दूध खुलाउनु’ भनेछन् । ©साहित्य सङ्ग्रहालय डट कम

रानीले तुरुन्तै एकजनालाई खटाइछन् रत्यसले समयमा दूध खुवाए– नखुवाएको निगरानी गर्न अर्को एकजनालाई लगाइछन् । सुरुकादुईचार दिन त भनेबमोजिम दूध खुवाएछ ।

 तर पछि दुईजना मिलेर एक एक माना आफूहरूलेखाने र राजालाई एक माना मात्रै खुवाउन थालेछन् । त्यो चाल पाएर रानीले ती दुईमाथि निगरानीराख्न अर्को एकजना खटाइछन् ।

 दुई चार दिनपछि तिनैजना मिलेर एक एक माना दूध आफूहरूलेखाने र गाँजाले लठ्ठिएका राजालाई ओठ र जुँघामा दूधको गाज मात्र दलिदिने गरेछन् । रानीले हेर्दामुखभरि गाज हुन्छ । नखाएको कसरी भन्ने ?

This entry was posted in लोककथा / दन्त्यकथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.