~जीतु खड्का गाउँले~
लय : अमरावती कान्तिपुरी नगरी
कोही छन् परी कोही सुन्दरी
देखिन्छन आँखामा घरीघरी
हिँड्छन अङ्गमा धागो धरी
अमरावती कान्तिपुरी नगरी ।
चाल चलन बिगार्ने ती युवती
हिँडन्या पथमा झुक्याइ पति !
झुल्दछन् नसामा रातै भरी
अमरावती कान्तिपुरी नगरी !!
टम्म शरीर उचाइ छ फिटको
बेर्छन् टालो दुई इन्च रुमालको
छल्किए मोती आँखामा यसरी
अमरावती कान्तिपुरी नगरी ।
(बिर्खे टोपी लाएर छड्के पछयौरा भिरेर भानुभक्त आजभोलि राजधानी छिर्थे भने यस्तो कविता लेख्थे होला है !!)
उर्लाबारी, मोरङ
(स्रोत : फित्कौली डट कम)