~अज्ञात~
सत्ययुगको कुरो हो एउटा किसान राति आफ्नो मच तिर सुत्न गएछ.
सधैँ झैँ मचलाई जगाउनलाई गेदाही (मचको खम्भाहरु बिच राखेको काठको लौरो )लाई आफ्नो लट्ठीले हल्का ठक ठक पारेछ. त्यसपछि मच माथि चढेर निदाएछ.
राति एउटा बाघ आएर त्यो मान्छेलाई खान खोजेछ. मचको आठ भाइ (स्तम्भह)हरूलाई बाघ देखेर हाम्रो मालिकलाई खाने भयो भनेर चिन्ता लागेछ.
बाघ आघि आउँदा ती स्तम्भहरू पनि अघि पछि गर्न थाले र अन्ततः बाघलाई आफ्नो पासोमा च्यापेर मार्न सफल भए.
बिहान भए पछि त्यो किसानले मरेको बाघ देख्यो र कसरी मर्यो भनेर बिचार गर्दा, त्यही मचले उसको ज्यान बचाएको पाएछ.
किसानले सोचेछ “मैले मचलाई नजगाएको भए बाघले मलाई मार्ने थियो”.
त्यस समय देखि मचमा चढ्न अगाडी, थारुहरूले लौरोले ठक ठक परेर जगाउने गर्छन्. यसो गर्दा मचले जंगली जनावरबाट रक्षा गर्ने विश्वास रहेको छ।
(थारु भाषामा ‘मच’ को बारेमा लोककथा – A Tharu folk story about the Watch-Tower (Mach))