~बिबेक पाण्डे~
(रातको १ बज्न करिब ३ घण्टा बाँकी छ । म मेरो ओछ्यान भन्दा अलि पर को कुर्सी मा बसेर फेसबूक च्याट गर्न खोज्दै छु । प्रगती हुने छाँटकाँट आएन । ल्याप्टप ढ्याप्प पारेर भित्तो तिर फर्किन्छु ।)
(मुख बिगार्दै)
छ्या, लुरे पनि कती भैयो के! तर मैले भनेको हैन, अरु सबले भनेका । आफुलाई त आफु हिरो जस्तै लाग्छ नि । एसो ऐना हेर्यो, बोसो नै छैन(खासमा हड्डी मात्रै छ, अलि राम्रो सुनिने गरी भनेको), अनि दारी जुँगा नि छन्, ४-५ वटा, तेती भएसी त हिरै हो नि । (मक्ख पर्छु)
दुब्लो हुनु न त मेरो रहर हो, न त बाध्यता । जिबन त बस चलिरहन्छ, एक नास्, आफ्नो गतीमा । तौलको कुरा खासै नगरम् होला । जिन्दगीमा अब ५० कटेसी रमाइन्छ (किलो ) । ४० कटेसी त गीत मा मात्र रमाउँदा रैछन् ।
आफ्नो लागी के ठिक भन्दा पनि, साला समाजको लागी के ठिक भन्ने कुरो हुँदो रैछ । र तेही बाहानामा जिम नगको पनि हैन । ३ महिना पुरै डल्लाहरु उठाएँ । भुत्रो केहि हुनु, physics मा जस्तै, weight dx ले मात्र बढ्यो । अनि मजै आएन । अपशब्द बोल्न त नहुने, तर बाल हो, मनमनै त बोल्न पाइयो नि ।(लामो सास्) । अनि मजा नाआएपछी मैले पौडी खेल्न थालेँ । हरेक दिन बिहान जान्छु, अनि फ्रेश हुन्छु स्विइमिङ पूल मा । बडी को मतलब भएन अब, रमाउन ५० कट्न पर्दैन, पूल मा राम्रा केटी आए पुग्छ ।
हैन ठिक छ, मोटो नहूम्ला । T-Shirt लगाउँदा hanger मा झुन्ड्याकै जस्तो देखिएला । तर, “घरमा खान नै दिन्नन क्याहो”, “भाइले खाइदिन्छ क्याहो” त नभन्नु नि । बिचरा मेरो भाइ, ठ्याक्कै २ ले भाग गरेर बाँड्छम् हाम्ले । तेती ठ्याक्कै त computer ले नि भाग गर्न सक्दैन होला । अझ्, कोही बुद्धिजिबिहरु त के सम्म नि भन्न भ्याउँछन्, “लौन एसलाई त पढाई ले खायो” । बाघ हो पढाई, मुन्छे खानलाई ? कि लाम्खुट्टे हो ?? तोरिलाउरेहरु!(हल्का आक्रोशित)
(कुखुरे छाती फुलाउँदै)
तर जोस्ले जती दुब्लो देखे नि मेरो बडी सेक्सी नै छ केरे ! सबै कुरा मज्जाले चलिराछ केरे ।
(छाती पुरै फुल्न नपाँउदै, सास फालिहाल्छु)
कती ठुलो चिज के यो ‘दुब्लो हुनु’ भनेको । फेरी जो मोटो छ, जोस्ले केहि खान भन्दा अगाडी दश चोटी सोच्छ कि यो खायो भने मेरो बोसो कतिले बड्छ, अनि जो दिन रात कसरी दुब्लो हुने भन्ने बारे मात्र सोच्च, तेही मान्छे सहानुभुती दिँदै भन्छ, “ओहो, कती दुब्लो के तिमी, अलि धेरै खाने गर न ।”(अनुहारमा असन्तुस्टी छाउँछ)
मलाई जाडो महिना निकै मन पर्छ । गर्मी नहुने र पसिना न आउने भएर मात्र हैन, ज्याकेट लगाउन पाइने भएर नि हो । अनि त्यो ज्याकेटले चिसो मात्र छेक्दैन, गर्मी महिना भरी सुनिने नचाहिने आवाज हरु पनि छेक्छ । कसैको “कती दुब्लो!!”, “अली धेरै खाउ के!”, “सुकेछौ त”, “gym जोइन गर न”, “पढाइ सकियो त, अब के ले खायो ? ?” जस्ता कुरा हरु सुन्नै पर्दैन । के गर्नु, गर्मी मा ज्याकेट लगाएर बस्न नसकिने! घरी घरी त हिमालतिर गएर बसम् झैँ हुन्छ ।
अझ पारा त तेतिबेला तात्छ जब अर्काथरी आएर भन्छन् “ब्या गर्ने बेला भैसक्यो, अब त मोटाउन पर्यो नि!” पारा ताते पनि एकछिन त झस्किन्छु पनि, कतै छोरी माग्न जाँदा भिटामिन र घिउ पो दिएर पठाउँछन कि भनेर ।
(लामो सुस्केरा फाल्दै) गाह्रो छ ।
(मुस्कुराउँदै)
यहाँँ सजिलो कसलाई छ र ?
काग कराउँदै गर्छ, पीना सुक्दै गर्छ । अरु किचकिच गर्दै गर्छन्, म मेरो सेक्सी जिरो फिगर भको बडी फ्ल्न्ट गर्दै हिन्छु ।
(तेइ पनि रिप्लाई आयो कि भनेर फेरी ल्यापटप खोल्छु :प )
फुस्सा!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)