~अज्ञात~
(रातको साढे नौ बजेको छ । घरका सबैजना सुतिसके । रत्नकाजी सरलाई निद्रा परेन । मनमा केही गुन्थुन आउँदै छन् । कोल्टे फेर्दै छन् । तर निद्रा आउने छाट छैन ।)
आज गुरु पूृर्णिमा, खैँ यत्रो बीस पच्चीस वर्ष पढाइयो । जिन्दगी पढाएरै वित्यो । त्यो कमल मैले पढाएर डाक्टर भएको छ । त्यो सुनिता त ठूलै अधिकारकर्मी भएकी छ । मोहन पनि सांसद भयो । मैले पढाएको हो । रमा उपसचिव भएकी छ रे । खैँ त आज कसैले सम्झिएनन् । आ नसम्झिए के भो र ? सुत्छु ।
(कोल्टे फेर्छन, निदाउने प्रयास गर्छन तर निद्रा लाग्दैन ।)
खैँ त स्कुल पढ्दा त त्यो पवित्राले निकै राम्रो मान्थि, पोहोर साल त भेट हुँदा हँजुर मात्र मेरो एकजना गुरु भन्थी अहिले त उसले पनि सम्झिइन् । त्यो महेश जति पढाए पनि नबुझ्ने कति बल गरेर बल्ल बल्ल पास हुने बनाए । अहिले त इन्सपेक्टर भएको छ रे उसले पनि सम्झिएन त । हर्केले पनि विदेश गएर राम्रै पैसा कमाएको छ । सर्मिलाले पनि राम्रै व्यापार गर्छे । कसैले पनि सम्झिएनन् त ।
आ होस् । मलाई मात्र नसम्झिएका हुन र । स्कुलमा कसैले पनि सम्झिएको कुरा गरेनन त । अ साच्चि बरु रन्जिता मिसले पो प्रायश्चित गरिन त अचम्म लाग्यो । गुरुपूर्णिमाका दिन विद्यार्थीले सम्झिएनन भन्ने कुरामा किन त्यत्रो चिन्ता लागेको होला तिनलाई । हुन त हो पनि आजसम्म पाँच सात हजारै भए होलान पढाएका खैँ गुरुपूर्णिमाको दिन सम्झिने कोही एकजना छैनन् । के भाको हो । कलियुग भन्थे, यस्तै भएरै होला ।
कक्षामा घाटी सुकुञ्जेल चिच्चाएकै छ । लखतरान हुनेगरी कक्षाको अगाडि पछाडि गरेकै छ । पढाईँमा ध्यान नदिनेको कान निमोठिएकै त छ । राम्रोसँग पढ भनेर कति गाली गरियो । अझ राम्रोसँग पढ्ला भनेर कतिलाई त्रैमासिक परीक्षामा थोरै नम्बर दिइयो । जिल्लास्तरीय र एसएलसी (अब त एसइइ भयो) परीक्षामा चिट चोराउन पनि गइयो । गरी खालान कि भनेर कतिलाई चिट चोराएरै पास गराइयो । परीक्षाको रोल नम्बर कायम गर्दा जान्ने र नजान्नेलाई मिलाउन कति के के गरियो । त्यतिका लागि जिशिकामा मात्र के के पु¥याइयो । सकेजति गरेकै हो त, खै के भएको हो कुन्नि ? अँ बरु रविन सरको कुरा पनि हो जस्तो लाग्यो । फोन गरेर, म्यासेज लेखेर नसम्झिए पनि फेसबुकमै भए पनि त लेख्नु पर्ने हाम्रा विद्यार्थीले कसैले लेखेनन् । अझ त्यो सुमनलाई त कक्षामा जहिले प्रश्न मात्र गर्ने । सामाजिक पढाउँदा यसो होइन र त्यसो होइन भन्या छ ? गणितमा त्यस्तो सुत्र नभए पनि हिसाब मिल्छ भन्द अन्टसन्ट कुरा गथ्र्यो रे । नेपालीमा जीवनी लेख्न सिकाउँदा पहिले व्यक्तिको योगदानबाट शुरु गरे पनि हुन्छ भन्दै मिससँग कक्षामै झगडा गर्ने खोज्ने । अर्थशास्त्र पढ्दा घरको तरकारी बेचेका कुरा गरेर दिक्क लगाउने ? उसलाई शिक्षकसँग प्रश्न गर्नु हुँदैन् भनेर कति सम्झाइयो । भएन उसका बाउलाई भेटेर कुरा गरियो । पछि एघार कक्षा यही पढाउने भन्थे उसका बाउँ । यस्तै अन्टसन्ट प्रश्न गरेर हैरान गर्छ भन्ने सल्लाह भयो र बाहिरै पढाउने सल्लाह दिइयो । विभिन्न विषयको प्रयोगात्मक परीक्षाको अङ्क घटाउने सल्लाह भयो र त उसको एसएलसीको प्रतिशत कम आयो । अहिले त टीभिमा वहसका कार्यव्रmम चलाउँछ । उसले त हाम्रो योगदान सम्झनु पर्ने नि ।
हत्तेरी नसम्झिए के भो त म पनि के के सोच्दो रहेछु, सुत्छु । (फेरी कोल्टे फर्किन्छन् ।) गुरुपूर्णिमा सम्झिए के भो, नसम्झिए के भो । भर्खर ५२ वर्ष भइयो । अझै ८ वर्ष जागिरै छ । यसो स्कुल गयो । पढ् पढ् भन्यो बस चलिहाल्छ । अलि अलि पार्टीको काम भएकै छ । तीन चार महिना ट्युशन चल्छ । (अब त यो लेटर ग्रेडिङले गर्दा ट्युशन पढ्नै छोडे केटाकेटीहरू ।) पार्टीले अहिले पनि टिकट दिने भनेकै थियो । अर्को चुनावसम्म त जागिर खानै प¥यो । गुरुपूृर्णिमासँग के सम्बन्ध भयो र त्यतिखेर पनि टिकट त पाइन्छ नै विचार गरुला, हेँ ।
हत्तेरी कस्तो निद्रा नलागेको हो । पानी खानु प¥यो । रत्नकाजी उठ्छन् बत्ती बाल्छन र थर्मसबाट गिलासमा पानी खन्याउछन् । बत्ती बलेकाले उनकी श्रीमती पनि जाग्छीन् । बत्ती निभाएर विस्तारामा पल्टिन्छन् तर निद्रा अझै परेको छैन । आज गुरुपूर्णिमा, खै त कसैले पनि सम्झिएनन् । फेरी उनै रमा, कमल, उनको मस्तिष्कमा घुम्दै छन् ।