~अम्बर गुरुङ~
फज्लु भैया भन्ने व्यक्तिलाई मैले उनले लगाएको गुनको एउटा ऋण तिर्न बाँकी छ, जो यो जीवनमा अब सम्भव छैन । किनभने, फज्लु भैया अहिले यो संसारमा छैनन् तर पनि बेलाबेलामा विशेष गरी जबजब म सम्मानित हुन्छु, उनको खुबै सम्झना आउँछ र सोच्न थाल्छु कि साधारणभन्दा साधारण मान्छेले कसैको जीवनमा कत्रो प्रभाव पारेको हुँदो रहेछ ।
दार्जीलिङको एमपी रोडमा फज्लुको सानो रेस्टुराँ थियो, जो स्वादिष्ट र सस्तो भोजनका लागि दार्जीलिङभरि नै प्रसिद्ध थियो । त्यो सानो रेस्टुराँ परकिारहरूमध्ये साह्रै माग भएको परकिारचाहिँ कोप्ता (टिकिया) थियो, जसलाई आजको मेनुमा मिटबल भनिन्छ । त्यही कोप्ता खान पल्केर मेरो परचिय फज्लु भैया (खास नाम फजल अहमद)सित भयो । त्यहाँ भएको अर्को एक विशिष्टताले मलाई झनै आकषिर्त गर्यो, त्यो के भने त्यहाँ प्रत्येक रात संगीतको बैठक हुँदो रहेछ र भइपर आउने आकस्िमकताले मलाई त्यहाँ पुर्याएको थियो ।
मैले त्यहाँ प्रवेश पनि पाएँ । त्यही दिनदेखि मेरो अनौपचारकि संगीत शिक्षा पनि सुरु भयो । त्यहाँ त्यस्ता प्रसिद्ध संगीतका हस्तीहरू आएको त थाहा छैन तर बेलाबेला त्यहाँ केही राम्रा गायकहरू आउने गर्थे र म बडो तन्मयतासाथ उनीहरूको गायनको रसास्वादन गर्थें ।
त्यहाँ बेलाबखत गजलगायन, नज्म पाठ र सानोतिनो मुसायरा नै हुने गथ्र्यो र त्यो महफिल रातभर नै चल्थ्यो । त्यस्ता कार्यक्रमको आयोजक पनि फज्लु भैया स्वयं हुने गर्थे ।
मलाई आज पनि के अचम्म लाग्छ भने संगीतजीवीहरूबाहेक फज्लु भैयाजत्तिको संगीतप्रेमी व्यक्ति मैले अझसम्म भेटेको छैन । गाउन त परै जाओस्, उनले गुन्गुनाएकोसम्म मैले कहिल्यै सुनिनँ । तर, शब्दरचनाको मर्म, संगीतको क्लिस्ट र मिहीन कामहरू उनी यति मार्मिक ढंगले गर्थे कि स्वयं गायकहरू अचम्मित हुन्थे ।
उदार हृदयका फज्लु भैया यति विनम्र थिए कि उनको ओठमा फुलेको मुस्कुराहट कहिल्यै पनि अलप हुँदैनथ्यो । प्रत्येक शुक्रबार उनको दौड मस्िजदमा हुन्थ्यो र फर्कंदा उनी मस्िजदमा बसेका मगन्तेहरूलाई पैसा बाँड्ने गर्थे । उनको व्यवहारकुशलता सबैमा एकनास थियो । यहाँ अर्को एउटा अचम्म के भने फज्लु भैयाका अन्तरंग मित्रहरू प्रायः हिन्दु थिए । त्यहाँ आउने आगन्तुकहरू फाटफुट मुसलमानहरू भए पनि शतप्रतिशतजस्ता हिन्दुहरू नै हुने गर्थे । त्यसताका मेरो ओठमा भर्खर जुँगाको रेखी बस्न थालेको थियो र म राती घरबाट कसैले थाहा नपाउने गरी त्यहाँ पुग्थेँ । र, रेकर्डमा सुनेका गीतहरू गाउने पनि गर्थें । विस्तारै म त्यो समूहमा प्रशंसाको पात्र पनि बन्न पुगिसकेको थिएँ ।
भर्खरै किशोर अवस्थाको म त्यसबेला गजल तथा नज्महरू त के बुझ् थेँ होला, आफ्नै नेपाली साहित्यको पनि मलाई त्यस्तो कुनै ज्ञान थिएन । संयोगवश भनौँ, एकदिन मैले भर्खरै सिकेको एउटा गीत गाएको थिएँ, जोडदार तालीले त्यसको स्वागत भयो, मासय् अल्ला …! -फज्लु भैयाको यो थेगो नै जस्तो थियो ।) अँगालो मारेर उनले भनेको अझै सम्झना छ, ‘एबी साहब ! यकिन मानिए एकदिन आप बहुत बडे फन्कार होंगे ।’ मेरा पिताजीको उमेरको मान्छे भए पनि उनी यति सभ्य र शिष्ट थिए कि मलाई जहिले पनि एबी साहब भनेर सम्बोधन गर्थे अथवा उर्दू भाषिक संस्कृतिमा भन्ने हो भने ‘हौसला अफजाइ’ गर्थे ।
संगीतबाहेक फज्लु भैयाको अर्को मोह थियो, खेलकुद र त्यसमा पनि भलिबल । उनले आफ्नो टिमको नाम जहाँगिर राखेका थिए । नामजस्तै जहाँगिरले धेरै म्याचहरू जितेको थियो, जसको प्रतिविम्ब भएर थुप्रै कम र सिल्डहरूले उनको रेस्टुराँ सजिएको थियो । खेलाडीहरूलाई खानपिन, लुगा, जुत्ता र तालिममा हुने खर्च उनको निजी हुन्थ्यो । अझै पनि दार्जीलिङमा त्यो जहाँगिर टिममा खेल्ने दुई-चार जना पुराना खेलाडीहरूलाई भेट्न सकिन्छ, जो फज्लु भैयाको सरलता, उदारता र मित्रवत् सम्बन्धमा नतमस्तक छन् । आज हेर्छु, पुलमुनिबाट धेरै पानी बगिसकेछ, धेरै हावा चलेछ, धेरै रूखहरू ढलेछन्, फूलहरू झरेछन्, फेर िफुलेछन्, फेर िझरेछन् र मलाई पनि यो जीवनको के-केले कताकता, कहाँकहाँ पुर्याएछ । काठमाडौँमा कार्यरत हुँदै बीचमा दार्जीलिङ पुग्दा थाहा भयो, एमपी रोडमा भएको एउटा डरलाग्दो आगलागीले फज्लु भैयाको त्यो रेस्टुराँको पनि नामोनिसान मेटिदिएछ । र, उनको सपनालाई भष्म पारेर खरानी बनाइदिएछ, जहाँबाट मैले आफ्नो संगीतयात्रा सुरु गरेको थिएँ ।
फज्लु भैया मेरो संगीतका गुरु थिएनन् तर गुरुवत् केन्द्रीय व्यक्तित्व भने थिए । मैले फज्लु भैयालाईर् ऋण तिर्नुछ भनेको पैसाको ऋण होइन, त्यो बरु तिर्न सकिएला तर उनले लगाएको गुनको ऋणलाई कसरी तिर्न सकिन्छ र ? उनलाई भेटेर भन्न मन लागेको थियो, फज्लु भैया ! तपाईंले गर्नुभएको अनुमान त शतप्रतिशत पूरा भएको छैन तर त्यो गलत सावित पनि भएको छैन ।
खास कुरा त के भने फज्लु भैया त बितिसके, उनी यो संसारमा आज छैनन् तर उनी कहाँका निवासी हुन्, कहिले दार्जीलिङ आएका हुन् र उनका सम्बन्धितहरू कोको हुन्, कहाँकहाँ छन् भन्ने र जान्ने मलाई मेरो यौवनकालको अज्ञानले मौका नै दिएन । मलाई दुःख लागेको अर्को कुरा के छ भने आज धर्मका नाममा जुन धर्मयुद्ध चलिरहेको छ, नरसंहार र आतंक फैलिरहेको छ, त्यसको जवाफमा कुनै त्यस्तो संघसंस्था अथवा रेस्टुराँ नै खोलेर भए पनि मानवताको व्यावहारकि पाठ पढाउने अर्को फज्लु भैया आज यो संसारमा कतै पनि छैन त ? उफ् ! हामी कति असहाय, कति गरबि र कति हरिप?
(स्रोत : संगीतज्ञ गुरुङ ‘कहाँ गए ती दिनहरू’ पुस्तकबाट)