लोक कथा : हरितालिका तीजको कथा

~सङ्कलन : निशा खनाल अर्याल~

जसको कपालमा मन्दार फूलको मालाले शोभा दिएको छ, जुन भगवान शंकरको शिरमा चन्द्र र घांटीमा मुण्डोंको मालाले सुसुजित भएको छ, जो माता पार्वती दिब्य बस्त्रहरूले शोभायित छन तथा भगवान शंकर दिगम्बर भेष धारण गरेका छन उनी दुई भवानी-शंकरलाई नमस्कार गर्दछु ।

कैलाश पर्वतको शुन्दर शिखरमा पिपलको बोट मुनि दम्पती दुई मिठा मिठा कुरा गर्दै काखमा पल्टिरहेकी माता पार्वतीले श्री महादेवजीलाई सोध्नु भयो – हे महेश्वर मलाई गोप्यभन्दा गोप्य कुरा भन्नुहोस जुन हजुरलाई मात्र थाहा छ र ! सबैको लागि सबै धर्मको सरल तथा महान फल दिन सक्षम छ । हे नाथ यदि हजुर साच्चै मदेखि भित्रि हृदय बाटै खुशी हुनुहुन्छ भने मलाई त्यो जान्नको अति नै मन भएकोले आज मेरो नै सामुन्य बताउनुहोस कि म हजुरको नै मुखाग्र बिन्दुबाट सुन्न चाहन्छु मैले हजुरलाई पतिको रुपमा कसरी प्राप्त गरे । हे जगत नाथ हजुर नै आदी, मध्य र अन्त्य हुनुहुन्छ, हजुरको मायाको कुनै सीमा छैन । त्यस्तो कुन ब्रत, तप या दानको पुण्य फलले हजुर मेरो बर रूपमा प्राप्त हुन सक्नु भयो । यस्ता पार्वतीको कुरा सुनेर प्रफुल्ल मुन्द्रामा रहनु भएको श्रीमहदेवले मुसुक्क हास्दै भन्नु भयो ल म तिमीलाई यो कुरा विस्तार गरेर बताउछु तर तिमीले सबै ध्यान दिएर सुन, पार्वती माताले हवस् भन्दै …..!

श्री महादेवले भन्न लाग्नु भयो हे देवी लौ सुन, …मैले तिम्रो सम्मुख त्यो ब्रत भन्छु जुन परम गोप्य छ । जसरी तारागणहरूमा चन्द्रमाको महत्व छ, ग्रहहरूमा सूर्यको महत्व छ, बर्णमा ब्राह्मणको, देवताहरूमा गंगाको, पुराणहरूमा महाभारतको, बेदमा सामबेदको र इन्द्रियहरूमा मन श्रेष्ठ छ । यसरी नै बेद र पुराणमा यसको बर्णन अति नै महत्व पूर्ण छ । जसको प्रभावले तिमीलाई मेरो आधा आसन प्राप्त भएको छ । हे प्रिय म उसैको बर्णन गरेर तिमीलाई सुनाउछु !-

भाद्र महिनाको शुल्कपक्षको हस्त नक्षत्र संयुक्त तृतीया (तीज) को दिन जसले यो ब्रतको अनुष्ठान गर्छ त्यसको सबै पाप नाश भएर जान्छ । जुन तिमीले पहिले हिमालय पर्वतमा यो कठिन महान ब्रत गरेकी थियौं । माता पार्वतीले भन्नु भयो – हे प्रभु यो ब्रत मैले कसको लागि गरेकी थिए त ? यो कुरा मलाई कृपा गरेर बताउनुहोस !

भगवान शङ्कर भन्न लग्नु भयो – आर्यपर्वतमा हिमालय नाम गरेको एक पहाड छ, जहा हरेक प्रकारका भूमि, अनेक प्रकारका बोट बिरूवा र फूलहरूले सुशोभित छ र सधै हिउले ढाकिएको तथा गंगाको कल कल ध्वनिले गुन्जायमान छ । हे पार्वती तिमीले वाल्यकाल देखी नै त्यही ठाउँमा कठिन तप, ध्यान गरेकी थियौं र बाह्र बर्षसम्म तिमीले केही महिना पानीमा रहेर त केही महिना अग्निमा रहेर तप गरयौ । श्रावणको महिनामा बाहिर खुला ठाउमा अन्न त्याग गरिरह्यौ । तिम्रो त्यो कष्ट देखेर तिम्रो पितालाई बढो चिन्तित हुन् गए । चिन्ता आतुर भएर सोच्नमा ब्याकुल तिमीलाई को सग विवाह गरी दिने भनेर मनमा अति नै सोचमा डुबेका बेला दैव संयोगबाट ब्रह्मा पुत्र देवर्षी नारदजी त्यहा पुगे । देवर्षीले तिमीलाई पनि देखे । तिम्रो पिताले नारदलाई अर्ध्व पद्म आसन गराउदै सम्मान सहित स्वागत गरे भन्न लागे – हे मुनिश्वर हजुरको अकस्मात आगमनको कष्ट कसरी भयो, र के आज्ञा होला ? यसरी चिन्तामा डुवेका पिताको कुरा सुनेर नारदजी भने हे गिरीराज मलाई विष्णु भगवानले यहा पठाउनु भएको हो । लौ सुन्नुहोस् मेरो कुरा …तपाईंको छोरीको लागि अति नै उत्तम वरको कुरा ; लिएर आएको हु, कि ब्रह्मा, इन्द्र, शिव आदि देवतामा बैकुण्ठ नाथ बिष्णु समान अरू कोही छैनन । यस कारण मलाई लाग्छ कि तपाई कि छोरीको हात बैकुण्ठ नाथ बिष्णुलाई दिनुहोस । यस्तो कुरा सुनेर पिताले भने यदि मेरो छोरीलाई भगवान बासुदेव स्वयमले ग्रहण गर्न चाहनुहुन्छ भन्ने सन्देशले यहाको आगमन मेरो कुटीमा भएकामा म अति नै गौरव महसुश गर्दछु । म अवश्य मेरी छोरी बैकुण्ठ नाथ विष्णुको हातमा दिने छु ।

हिमालयको यो आश्वासन पाउने बित्तिकै नारद नारायण नारायण भन्दै त्यहाबाट अन्तरधान भए । यस्तो प्रकारको कुरा सुनेर बढो चिन्तित तिमी आफ्ना सहेलीको घरमा गयौ र भूइमा गिरी दुखी हुदै बिलाप गर्दै रोयौ । त्यो किसिमको तिम्रो बिलाप र पीडा आँखाको आशु देखेर तिम्रा सखीले सोधे हे पार्वती तिमी कुन कारणले यस्तो दुःखी छौं । अनि तिमीले सखीलाई नारद र आफ्ना पितासँग वार्तालाप भएको सबै बतायौ र भनौ कि म महादेवलाइभन्दा अरु कुनै व्यक्तिलाई आफ्नो जीवनमा ग्रहण गर्न चाहन्न । यदि मैले श्रीमहदेवलाई आफ्नो पतिको रुपमा पाउन सकिने भने म मेरो शरिरको त्याग गर्ने छु । यस्तो तिम्रो हट र कुरा सुनेर सखीले डराई तिमीलाई लिएर लुकाउन वनमा कसैले नदेख्ने ठाउमा लुकाई फर्के । अनि तिम्रा पिताले घरमा तिमीलाई नदेखी कसैले हरण गरी लगे अब म के गरू आफ्नो बचन पनि मिथ्या हुने भयो बैकुण्ठ नाथ बिष्णुका सामुन्ने गएर के बोलुँ भनी भूइमा मुर्छा भई लडे । फेरिहोस आएर सब सहयोगीका साथ तिमीलाई खोज्न बन खोला गुफा चारैतिर घुमे । तर पाउन सकेनन् त्यो बेला तिमी नदीको किनारको गुफामा बसेर अन्न पानी केही पनि नखाई बालुवाको लिंग बनाएर ध्यानमा लिन हुदै मेरो आराधाना गरिरहेकी थियौँ । त्यो दिन भाद्र मासको हस्त नक्षत्र तृतीयाको दिन थियो ।

बिधी बिधानले पूजा गरी रात्रीको समयमा गीत गाइ जाग्रम गरेकी थियौँ । तिम्रो त्यस्तो कठिन महाब्रर्तको प्रभावले मेरो बसेको आसन डगमगाउन थाल्यो र म तिमीले पूजा आरधना गरेर बसेको ठाउमा गए त्यो बेला तिम्रो साथीहरू पनि तिमीसँगै साथ थिए पूजा आराधाना गरी नाचगान गर्दै मेरै भजन कृतन गरिरहेका थियौं । मैले त्यहा एउटा जोगीको रुपमा मलाई पति बनाउ भनेरभन्दा, तिमीले क्रोधले मलाई सराप दिन लाग्दा मैले डराई आफ्नो स्वरुपको दर्शन दिएर खुशीले वर मागभन्दा तिमीले मलाई आफ्नो वरको रूपमा ग्रहण गर्न पाऊ भनी मागेकी थियौ र मैले खुशीले तिमीलाई आफ्नो पत्नी स्वीकार गर्न भनी कैलास पर्वत गएको थिए । त्यो बालुवाको प्रतिमालाई तिमीले नदिमा विसर्जित गरी मलाई साथ् लिएर आफ्नो घरमा जादै गर्दा । त्यसै बखत तिम्रा बाबा हिमालय पर्वत पनि घुम्दै खोज्दै तिमी भएको ठाउ आई पुगे । त्यो बेला तिम्रो आफ्नो ब्रत र पूजा सम्पन्न गरी आफ्नो बाबालाई भन्यौ कि मैले मेरो शरीर मेरो जीवन निरन्जन निराकार श्रीशंकर जीमा समर्पण गरेकी थिए तर हजुरले मलाई बैकुण्ठ नाथ बिष्णुलाई विवाह गरी दिने निर्णय गर्नुभयो जुन कुरा मलाई स्वीकार थिएँन र घरबाट भागी यस ठाउमा आइ बसे । यस्तो कुरा सुनेर तिम्रो बाबाले अब देखि म तिम्रो इच्छा बिपरित जाने छैन भनेर प्रण गरे त्यस पछि तिम्रो बाबाले मेरो हातमा तिमीलाई कन्यदान दिदै तिमीलाई सुम्पिनु भयो र मैले तिमीलाई आफ्नो साथमा लिएर कैलाश कुट पर्वतमा गए, तिम्रो त्यो त्याग र कठिन ब्रतको प्रभावले नै गर्दा तिमी मेरो अर्द्धासन, अर्थात् अर्धांगिनी भयौ । आज मैले तिम्रो सामू यो ब्रतको रहस्य भने जो मैले अरू कसैको सामु भनेको थिइन ।

हे देवी हे पार्वती यसरी तिमीलाई भगाएर लगेको हुदा यो ब्रतका नाम हरितालिका भनेर प्रख्यात भयो । पार्वतीले फेरि अनुरोध गरिन हे प्रभु यो ब्रतको बिधी र फल बताउनुहोस भनी शिवशंकरलाई अनुरोध गरिन । शंकरले भन्नु भयो- स्त्री जातीको लागि अति उत्तम ब्रतको बिधी म भन्छु सुन । सौभाग्यको इच्छा राख्ने स्त्रीहरूले ब्रत बिधी पूर्वक गरून । केराको खम्बाबाट मण्डल बनाउने, बिभिन्न रङ्गका फूलहरू, समी, बेलपत्र आदीले वरिपरि गरी शोभायमान बनाउने, बिभिन्न रङ्गका उत्तम रेशमको कपडा चाँदनीको माथि टाग्ने । चन्दन आदि सुगन्धित द्रव्यले लेपन गरी स्त्रीहरू एकत्र रहुन । शंख, भेरी, मृढंग आदि बाजा बजाउन, बिधी पूर्वक मंगलचरण गरी श्री गौरी शंकरको बालुवाको प्रतिमा स्थापना गरून । फेरि भगवान शिव पार्वतीजालाई गन्घ धुप, पुष्पले बिधी पूर्वक पूजा गरून आराधना गरुन । अनेक नैवेद्यहरू लिइ रात्री जाग्राम बसुन । नरिवल, सुपारी, जंवारी, कागती, अनार, सुन्तला आदि ऋतु अनुसारको फलफूल एकत्रित गरी धुप दिपबाट पूजा गरी भनून- हे कल्याण स्वरूप शिव, हे मंगल रूप महेश्वरी, हे शिव सबै कामना पुरा गरिदिने कल्याणरूपकी देवी तिम्रो नमस्कार छ । कल्याण स्वरूप माता पार्वती हामी तिम्रो अगाडि हात जोड्दै नतमस्तक छौ, भगवान गौरी शंकरलाई कोटी नमस्कार छ, हे ब्रह्मारूपणी, जगतको पालन गरने वाला-माता, हामी यहालाई नमस्कार गर्छौ । हे सिंहबाहिनी हामी सांसारिक भंयबाट व्याकुल छौं हाम्रो रक्षा गर । हे महेश्वरी हामी यो अभिलाषा राखेर यहाको पूजा गरेका छौं कि हे पार्वती माता हामी उपर प्रसन्न हुनु होस र हामीलाई सौभाग्य प्रदान गर्नुहोस । यस प्रकारको पुजाबाट उमा सहित शंकरको पुजन होस । बिधीपूर्वक कथा सुनी गाई, वस्त्र, आभूषण, आदि ब्राम्हणलाई दान गरून । यस प्रकारबाट व्रत गर्नेहरूको सब पाप नष्ट हुन्छ हे पार्वती जसले यसरी नित्य ध्यान र तप गर्दछ उसका सबै दुख र कष्ट हटेर जानेछन भन्दै निरन्जन निराकार श्रीशंकर भगवानले माता पार्वतीलाई बताउनु भयो, “ॐ नम: शिवाय !”

यसरी नित्य मन चित्तबाट हामीले पनि आफ्नो विचार र शक्तिलाई कायम राख्न उही गौरी शंकरको आरधना गरौं । आफ्नो धर्म संस्कारलाई सधै जीवित राखौ । ॐ नम: शिवाय ।

This entry was posted in लोककथा / दन्त्यकथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.