~इश्वर देवकोटा~
तीन बर्ष भो ६०१, कति बस्नु तिम्रो भरमा
पाकेन नि खिचडी खै बानेस्वरको सेतो घरमा !
धुलो पनि मिठो हुन्थ्यो पिठो भनि चटाउदनी
कस्तो चामल पर्यो कुन्नि केलायेरै पठाउदा नि
झुक्याएर साटे छन् कि पुर्याएर अन्धकारमा !
पाकेन नि खिचडी खै बानेस्वरको सेतो घरमा !!
पुरानै हुन् भान्छे हरु लुगा मात्रै फेरेका रे
सिपालु नि धेरैन थे केहि चाही नया परे
लुछाचुडी भयो कि त डाडु पन्यो समाउदामा
पाकेन नि खिचडी खै बानेस्वरको सेतो घरमा !!
दाल चामल मसला र घिउ पनि छाने कै हो
जानेका छम भनेकाले उनकै कुरा मानेकै हो
अरुले त संका गर्थे विश्वास गरेम बेकारमा !
पाकेन नि खिचडी खै बानेस्वरको सेतो घरमा !!
हाम्रो इच्छा खरानी भो दाउरा सकियो अनाहकमा
कसौडी नै डढ्यो आज कालो लग्यो अनुहारमा
तीन बर्ष भो ६०१, कति बस्नु तिम्रो भरमा
पाकेन नि खिचडी खै बानेस्वरको सेतो घरमा !!
-2011-05-10
– इश्वर देवकोटा ,
पङ्द्रुङ्-०१, गोर्खा जराङ
(स्रोत : रचनाकारको ब्लगबाट सभार)