~मोहन दुवाल~
कविता साहित्यको एउटा प्रमुख अङ्ग मानिन्छ । त्यसैले साहित्यमा कविताको विशेष चर्चा चल्नु अस्वाभाविक मानिँदैन । सामाजिक सम्बन्ध, सामाजिक सङ्घर्ष र सामाजिक अन्तक्र्रियाकै एउटा बिम्ब भएर कविता जन्मिन्छ । कविता यस अर्थमा सामाजिक सङ्घर्षकै उपज भई देखापर्ने हुन्छ । कविता अन्य विधाभन्दा फरक शैली र बिम्बमा देखापर्छ । शब्द, भाषा, शैली र भावना–दृष्टिकै सुन्दर अभिव्यक्ति हो कविता । कविता बनाउन गाह«ो छ, कवि भनाउन झन् कठिन हुन्छ । एकजना कविले जीवनमा भोगेका थुप्रै घात–प्रतिघातकै क्रममा प्रकृति र जीवनसँग सिकेर अनुभूति पोख्ने गर्छन् । अनुभूति पोख्दैमा कविता बन्दैन । कविता बन्न अनुभूतिका साथसाथै अभिव्यक्ति पनि आवश्यक हुन्छ ।
नेपालभाषा–साहित्यमा यस्तै अनुभूति र अभिव्यक्ति पोख्न सिपालु रहँदै आएका एकजना सफल कवि हुन् – पूर्णबहादुर वैद्य । आधुनिक कवितामा आफ्नो स्पष्ट मुहारचित्र बनाइसकेका कवि पूर्ण वैद्यका कविताहरूमा कविताका मर्महरू शैली र अभिव्यक्ति भएर छरपस्ट छन् । नयाँ संवेदनाले व्याप्त भावनाका उत्सर्गहरू पोख्न दक्ष कविका रूपमा परिचय देखाइसकेका यी कवि आफ्ना कवितामा नयाँ प्रयोग र रूप दिन सक्रिय छन् । नयाँ चेतनालाई रसमय बनाउन सक्नु नै पूर्ण वैद्यका विशेषताहरू हुन् । नयाँ बिम्ब, नयाँ विचार नभएको कविता प्रभावशाली हुँदैन । यसकै खोजीमा निरन्तर लागेर कविता कोर्दै गरेका कवि पूर्ण वैद्य आफ्नो कवि–अहम् देखाउन लागिपरेका छन् । पूर्ण वैद्यका कविताहरूले समाज र मान्छेलाई कस्तो दिशाबोध गर्छन् भन्ने कुरा यहाँ चर्चा गर्न खोजिरहेको छु ।
सानो छँदादेखि नै कविता लेख्न मन पराउने कवि पूर्ण वैद्य सर्वप्रथम कवितासङ्ग्रह सरासु लिएर देखापरेका हुन् । सरासुले कवितामा एउटा नयाँ आयाम थपिदिएको सन्दर्भ थुप्रै समालोचकहरूले औंल्याएका छन् । परम्पराभन्दा बाहिर गएर नयाँ शैली र बिम्ब देखाएर निस्केको सरासुको कविता–प्रवृत्ति निकै उच्चकोटिको रहेको सम्बन्धमा धेरै समीक्षकहरुले चर्चा चलाएका छन् । नयाँ दृष्टिकोणले व्याप्त भएको सरासु कवितासङ्ग्रहमा नयाँ कला, नयाँ शिल्प र नयाँ अभिव्यक्ति व्याप्त रहेको देखिन्छ । सरासु कवितामा देखापरेको एउटा नयाँ प्रयोग । सरासु आधुनिक कवितामा देखापरेको एउटा नमूना । सरासु नयाँ बौद्धिक जागरणको कवितामा देखापरेको एउटा घोषणापत्र । सरासु निस्तब्धताभित्र देखापर्न खोजेको एक किसिमको प्रकाश–बिम्ब । कविले आफ्नो स्वरमा सरासुमा भनेका छन् – यो ‘सरासु’ मेरो जीवनको निस्तब्धताप्रतिको विरोध र मेरो सधैंको मनभित्रको भाषा हो ।
सरासुले उत्कृष्ट कवितासङ्ग्रहका रुपमा १०८४ मा नै श्रेष्ठ सिरपाः (पुरस्कार) जितेको हो । आधुनिक कवितामा एउटा नयाँ प्रयोगका रूपमा देखापरेको यस कविता–कृतिमा २९ वटा कविताहरू नेपालभाषामा सङ्गृहीत छन् । सुथ जुयवं (बिहान हुनासाथ) कवितामा कवि लेख्छन् ः
याक चा (एक्लै
चछि च्यानाः रातभर जलेर
मैनमतः मैनबत्ती
गुलि नुगः मस्यासें कति पनि कन्जुस्याईं नगरेर
थःत फुकी । आफूलाई सिध्याउ“छ ।)
समर्पण के हो ? मैनबत्तीसँग सिक्नुपर्ने सुन्दर शब्द–शैलीमा व्यक्त भएको कविता बिहान हुनासाथ बाट सुरु भएको यो कवितासङ्ग्रह सरासुमा कवि पूर्ण वैद्यले त्याग–समर्पणको व्याख्या कविताका हरफहरूमा यसरी गरेका छन् ः
तर …. (तर ….
फुइ धुंकूगु मैनमत क्वसं सिद्धिसकेको मैनबत्ती तलतिर
शहीदया हिथें सहिदको रगतझैं
छफुति, निफुति मैन एक, दुई थोपा मैन
ल्यना च्वनि । बा“की रहन्छ ।)
पूर्ण वैद्य यस्तै कविताका हरफहरू कोरेर सशक्त कवि बनेका हुन् । प्रगतिमुखी चेतनाले आफूलाई व्याप्त तुल्याएर कविताकै भावप्रवाहमा मान्छेका भावनाहरू खोज्न सिपालु कवि पूर्ण वैद्यका कविताहरू मर्मस्पर्शी रहनुका साथसाथै समसामयिक र युगसन्दर्भी खालका छन् । यही वैचारिक धरातलमा रहेर पूर्ण वैद्य सबैजसो कवितामा प्राण भर्न सङ्कल्पवद्ध छन् र सङ्घर्षरत छन् । उनको अठोट छ – मान्छे भन्नु नै प्रगति हो । प्रगति गर्ने सङ्कल्प गर्नु नै मान्छेको जिजीविषा हो । त्यसैले उनको परिभाषामा प्रगति के हो, उनी लेख्छन् कवितामा –
मृत्युं क्वात्तु क्वानाः नं (मृत्युले ठुङ्दा ठुङ्दै
घा याय् मफुगु घाउ पार्न नसकेको
थ्व ल“ ! यो बाटो !)
कस्तो अनुभूति ? कस्तो बिम्ब र शैली ? यस्तै मनोकाङ्क्षा र भावना व्याप्त छन् कविमा । कविताका हरफ–हरफहरूमा यस खालका अनुभूति र अभिव्यक्ति छरपस्ट छन् । मां बौ नापं (आमाबाबुसँग) कवितामा उनी लेख्छन् ः प्रगतिपथमा लम्किन मान्छे डराउनु हुँदैन । उनको यात्रा गरिमामय बनाउनुपर्छ ।
जिमां ! जिबौ ! (मेरा मुमा ! मेरा बाबा !
जित छिमिसं बुयाः बुयाः मलाई तिमीहरूले बोकी–बोकी
जिगु तुति चिमि याय्मते मेरो खुट्टालाई कमजोर नबनाऊ
जित् दनेब्यु, जित वनेब्यु मलाई उठ्न देऊ, मलाई बढ्न देऊ
पिने ल“ वया पियाच्वन बाहिर बाटो आएर पर्खिरहेछ
मामाममताया परिमिति छे“य् कुनाः माया–ममताको परिमित घरमा थुनेर
जितः सुचुका तय्मते मलाई लुकाएर नराख
नगु पाल्चा च्याकाः इलं सःताच्वन । तारा दीयो बालेर समयले डाकिरहेछ ।)
अभिव्यक्तिलाई सुन्दर ढङ्गमा अनुभूति बनाएर पोख्न सक्षम कविले आफ्ना कविताहरूमार्फत् नेपालभाषा–साहित्यको कविता–क्षेत्रमा हलचल ल्याइदिएका छन् । नयाँ धारा, नयाँ गति, नयाँ सोचकै प्रतिबिम्ब बनिदिएका छन् पूर्ण वैद्य कविका कविताका–हरफहरू । पूर्ण वैद्यका सबैजसो कविताहरूमा रूप र वस्तु दुवैमा नयाँपन व्याप्त भएको कारणले कविता संप्रेषित हुन सफल छन् । सरासु कवितासङ्ग्रहको विशेषता उल्लेख गरेर समालोचक कृष्णचन्द्रसिंह प्रधानले भूमिकामा यसरी लेखेका छन् ः
– दुराग्रह अथवा समर्पणको भावले होइन अतृप्ति र अपर्याप्तताको दृष्टिले वस्तुलाई नया“ अर्थ र व्याख्यामा प्रयोग गरी सार्थकता दियो ।
– समकालीन जीवनको सङ्कट, सङ्क्रमण र अवमूल्यनको भावबोधलाई आस्थाहीन मनस्थितिको सन्दर्भलाई जोडेर जीवन र मनुष्यप्रतिको धारणामा एउटा प्रश्नचिह्न ल्याई पुनः विचार गर्ने दृष्टि दियो ।
– शैलीगत अभिव्यञ्जनासम्बन्धी उपकरणको आधुनिक हतियार लिएर कविताको विकासका लागि र प्रयोगका निम्ति आधुनिकतम सम्भावनाको ढोका खुलाइदियो ।
कवि पूर्ण वैद्यको कविता भनेको नयाँ शिल्प र नयाँ विचारको ध्वनि हो । सरासुमा सङ्गृहीत केही कविताका अंशहरू ः
जिगु थ्व किचः (मेरो यो छाया
आलोकया प्रसाद उपस्थितिको प्रसाद
आलोकया दसि उपस्थितिको प्रमाण
देहं पिहा“ वःगु शरीरबाट बाहिर आएको
देहया अनुरुप देहको अनुरूप
जि दुगुया हे थ्व छगू प्रमाण ! म भएको नै यो एउटा प्रमाण
जि मचाबलय म सानो छ“दा
द्यो खिउ“या वयवं अ“ध्यारो हुन थालेपछि
मत च्याका मामं जितः बत्ती बालेर आमाले मलाई
अन्धकार नापं ल्वायुगु स्यंगु खः । अन्धकारस“ग लड्न सिकाएको हो ।
थ्व ल“ खः यो बाटो हो
केवल वनेगु केवल हि“ड्ने
मेगु परिभाषा हे छु ? अर्को परिभाषा नै के ?
तुति खनेवं खुट्टा देख्नासाथ
मति लुई मनमा कुरा खेल्छ
जिगु गन्तव्य ल्यंदनि मेरो गन्तव्य बा“की छ
जितः वनेमागु ज्या यक्को दु । मलाई जानुपर्ने काम धेरै छ ।)
सरासुमार्फत् केही कवितात्मक शब्द–ध्वनिहरू अगाडि सारेर निकै चर्चामा आएका यिनै कविको अर्को चर्चित कवितासङ्ग्रह लः लः खः ने.सं. १११५ (वि.सं. २०५२) मा प्रकाशित भएको देखिन्छ । लः लः खः (पानी पानी हो) कवितासङ्ग्रहमा कविले लेखेका छन् – पानी कविता मेरो अनुभूतिभित्र समय–समयमा जन्मिएको अभिव्यक्तिको विनम्रता हो । एक किसिमले यो धेरै वर्षको कालक्रमभित्र समय–समयमा लेखिआएको भावबोधको लिपिबद्धता हो । यसमा २०२९÷२०३० साल अघिदेखिको कविता सङ्ग्रहीत हुन आएको छ । सुरुमा पानीस“ग सम्बन्धित कविताहरू मात्र सङ्ग्रह गरी प्रकाशन गर्ने कुनै पूर्वप्रायोजित योजना थिएन । पछि पानीलाई सङ्केत गरी लेखिएका धेरै कविताहरू जम्मा भएपछि यसरी ‘पानी पानी हो’ पुस्तकको रूपमा आएको हो । पानीलाई मनमा राखेर, पानीलाई आँखाले हेरेर, पानीलाई स्पर्शमा बुझेर, पानीकै सतहमा बौद्धिकता, तार्किकता, दार्शनिकता घुलमिल गराएर कवितामा यिनी अभिव्यक्ति पोख्न सफल भएका छन् । जीवनमा गतिशीलता खोज्दै एवं प्रगतिको मूल्य र मान्यतालाई आत्मसात गर्दै कवितामा विचार संप्रेषण गर्न सिपालु कवि पूर्ण वैद्यले लः लः खः (पानी पानी हो) मा पानीमाथिको तत्कालको संवेदनालाई अनुभूतिमा समायोजन गरी सृजनात्मक योगभित्र घोलेर कविता बनाएका छन् ।
कविले अनुभूत गरेका भावनाहरूमा जति–जति मार्मिकता र संवेदनशीलता थपिंदै जान्छ त्यति–त्यति बलियो ढङ्गले उसका रचनाहरू पनि उत्कृष्ट बन्दै जान्छन् । कविता भाव–सीपको सौन्दर्यबाट उत्कृष्ट देखिने हुन्छ । आफूले भोगेका, देखेका, अनुभूत गरेका र ज्ञान–संज्ञान प्राप्त गरेका अनुभव र अभ्यासबाट कविले आफूलाई परिस्कृत र परिमार्जित तुल्याउँदै जाने हो । सरासु (सुनसान रात) मा अनुभूतिहरू टिप्दाटिप्दै आफूलाई सबल बनाइसकेका कवि पूर्ण वैद्यले लः लः खः (पानी पानी हो) कवितासङ्ग्रहमा पानीको शक्ति, मति र रूपलाई लाक्षणिक भाषामा पानीको महानताको बखान गर्दैै आफूलाई सफल तुल्याउँदै एकजना नेपालका सबल कविका रूपमा आफूलाई उभ्याइदिएका छन् । यस काव्यकृतिका सम्बन्धमा डा. कमलप्रकाश मल्ल लेख्दछन् – कवि वैद्यलाई यो कवितासङ्ग्रहमार्फत् एकजना सशक्त, प्रौढ र जीवनप्रति प्रतिबद्ध चिन्तनशील कविका रूपमा चिनाइदिएको छ । यसमा वैचारिक पूर्वाग्रह केही भए त्यो मात्र कविको जीवनप्रति भित्रसम्म गहिरिएर हेर्ने कौतूलहता मात्र हो । पानीमा पनि आ“खाले ध्यान दिएर हेर्ने प्रयास हो यो । आफ्नो तेजिला आ“खामार्फत् उहा“ले पानीमा हुने विभिन्न किसिमका सत्य र यथार्थ हेर्दै कल्पनाको गहना लगाई यो महŒवपूर्ण ग्रन्थ अगाडि सार्नुभएको छ । नेपालभाषा काव्यक्षेत्रमा यो एउटा चर्चायोग्य उपलब्धि हो ।
कवि पानीकै सम्बन्धमा लेख्छन् ः
लः व खः (पानी त्यो हो
गुकिं जःयात पनी मखु … जसले प्रकाशलाई छेक्दैन …)
आफूले देखेको सत्य–तथ्यलाई आफ्नो अनुभूतिको माध्यमबाट अभिव्यक्तिलाई सुन्दर भाषा, शैली, बिम्बमा सजाएर कविहरूले कविता कोर्ने गर्छन् । कवि पूर्ण वैद्यले पानीमा आफ्नो दृष्टि राखेर मान्छेको जीवनसँग पानीलाई राखेर तुलना गर्न खोजे । पानीको स्वच्छता, गहनतामा उनी मुग्ध हुँदै पानीले वितरण गरिरहेको समानता, शालीनता र विशालतामा कविता बनाए । पानीलाई प्रतीक बनाएर मान्छेको जीवन नाप्न लालायित कविले यस लः लः खः कवितासङ्ग्रहमा ८४ वटा पानीका सम्बन्धमा लेखिएका कविताहरू प्रकाशित गराएका छन् । पानी त्यो हो देखि एउटा दर्शनसम्ममा विभाजित गर्दै लेखिएका यी कविताहरू धेरै उच्चकोटिका छन् । लः लः खः कवितासङ्ग्रहबाट केही कवितापङ्क्तिहरू यहाँ प्रस्तुत गरिएका छन् ।
छंगु रंग वं (तिम्रो रङ्ग त्यसले
छंगु थलय्सं त्वता थकी तिम्रै थालमा राखेर जान्छ
अन्तत; न्हयाथाय्या न्हयागु हे लः थजु अन्तत, जहा“कै जस्तो पानी होस्
लः – मात्र लः खः पानी–मात्र पानी हो
व गुगुं रंग मखु । त्यो कुनै रङ्ग होइन ।
लः थें – पानीझैं
थः नं. दक्व वसः त्वःसाः आफू सबै वस्त्र छोडेर
पचिनागां जुइ मफयेक सर्वत्र नाङ्गा हुन नसकेसम्म
जिं लःया म्हछिं ब्यायाक्क मैले पानीको सर्वस्व
स्पर्श काये मफु । स्पर्श लिन सकिन“ ।
खुसिं अथें हे हाःगुमदु नदीले त्यसै गाएको छैन
वया पलाः पतिं उसको कदमस“गै
दाःगु ल्वह“या कठोर लुफिंया हिगू दु कठोर ढुङ्गाको कठोर ठक्कर चोट
वहे वया मेया अन्तर तरङ्ग खः । त्यही नै उसका गीतको अन्तरतरङ्ग हो ।
लखय् – पानीमा –
जिगु किपा गुगु दु मेरो छाया जुन छ
जि दुगुया छगू सबूद खः व म भएको एउटा प्रमाण हो त्यो
जिगु परिचयया मौन अभिव्यक्ति ! मेरो परिचयको मौन अभिव्यक्ति !
लः थः हे फोहर वस्तु खु पानी आफै फोहोर वस्तु होइन
लः थः हे नवःगु वस्तु मखु पानी आफै गन्हाउने वस्तु होइन
फोहर ला जिगु तुति खः फोहोर त मेरो खुट्टा हो
वं थःत जक छिंगु जुसा उसले आफूलाई मात्र हुने भए
फोहरय् नं दुनाः वःगु दु फोहोरमा पनि डुबेर आएको हो ।
नायेगुया परिभाषा कोमलताको परिभाषा
लः ला खः पानी त हो
ल्यह“, पर्वत थें ढुङ्गा पर्वतलेझैं
इकिधकि मससे“ यताउता नसरेर
लखं गब्ले थ्व जिगु हे थाय् धकाः पानीले कहिल्यै यो मेरो ठाउ“ हो भनेर
वान्यानाच्वंगु मदु । टा“सेर बसेको छैन ।
लःखः पानी हो
वयात बाः वनेव्यु ! त्यसलाई बग्न देऊ
गन लः दु जहा“ पानी छ
व दुने – त्यसभित्र –
अन मि नं दु त्यहा“ आगो पनि छ
च्वापु नं दु हिउ“ पनि छ
धात्थेंला – सा“च्चीकै –
लः थः गुलि तःजा जुइ पानी आफूजति अग्लो हुन्छ –
गुलि तःब्या जुइ जति फराकिलो हुन्छ
व उलि हे गम्भीर व मौन जुई । त्यो त्यति नै गम्भीर र मौन हुन्छ ।
न्ह्याथाय् च्वंसां जहा“ बसे पनि
लखं थःम्हं खंक्व सत्य पानीले आफूले देखेको सत्य
नवाईः बोल्छ ।
यी माथि उल्लेख भएका कविताका हरफहरूले बताउँछन् – कवि पूर्ण वैद्य सत्य भन्न रुचाउने वास्तविक परिवेशभित्रका मर्मशील कवि हुन् । माणिकलाल श्रेष्ठले लेखेजस्तै भन्न सकिन्छ – … शैलीगत रूपमा आधुनिक कविताको आन्दोलन र विचारधारात्मक रूपमा प्रगतिवादी आन्दोलनको संयुक्त उपज पूर्ण वैद्य हो ।
मलाई भन्न मन लाग्छ; कविता लेख्नलाई मनको हरियाली सबभन्दा आवश्यक कुरा हो । कवि पूर्ण वैद्यका मनका कुराहरू हरियालीले व्याप्त भएका भावना र अभिव्यक्तिहरू हुन् । काव्यबाट नै कवि चिनिन्छ । भन्न सकिन्छ कवि पूर्ण वैद्यले कविताका माध्यमबाट उनी सबल कवि हुन् भनेर चिनाएका छन् ।
पूर्ण वैद्य कलात्मक रूपमा माझिएको भाषाले प्रभाव गर्न सक्ने रूपमा कविता लेख्छन् । कवि सधैं कविता मानव–कल्पनाका लागि हुनुपर्दछ भन्ने भावना राख्दछन् । कवितामा वाद घुसाउनु हुँदैन तर पनि मलाई वाद मनपर्छ भन्ने चेतनामा व्याप्त कवि पूर्ण वैद्यले कवितालाई मान्छेको जीवनजस्तो सृष्टिका रूपमा स्वीकार्ने गर्दछन् । कविताहरूबाट पाठकहरूको भित्री हृदयमा चस्का पसोस्, जसबाट हृदयमा केही न केही परिवर्तन आउन सकोस् भन्ने दृष्टि कविको छ । मलाई लाग्छ पूर्ण वैद्यका कविताहरूमा सत्यको उद्घाटन भएका छन् । अन्त्यमा कवि पूर्ण वैद्यका कविताहरू पुनः गाउन रुचाइरहेछु ः
अटूट धाःया छगू साहस खः – खुसि (अटुट बहावको एउटा साहस हो – नदी
आजुइ समर्पित छगू त्यागया नां खः– खुसि उद्देश्यमा समर्पित एउटा त्यागको नाउ“ हो – नदी
पंगयात नं वं – बाधालाई पनि त्यसले
थःगु धालं थिइ, आफ्नो बहावले छुन्छ
थःगु लक्ष्यया आतुर प्रेरणां प्याकी । आफ्नो लक्ष्यको आतुर प्रेरणाले भिजाउ“छ ।)
सुन्दर अर्थयुक्त पदावलीको काव्यमा प्रयोग गर्ने कवि पूर्ण वैद्यका कविताका हरफहरू भाषा–साहित्यका पृष्ठभूमिमा महत्वपूर्ण हरफहरू बनेका छन् । कवि पूर्ण वैद्यले आफूलाई नेपालभाषाको मात्र होइन, सम्पूर्ण राष्ट्रका कविका रूपमा चिनाएका छन् ।
(समाप्त)
(स्रोत : काभ्रे टाईम्स साप्ताहिक)