~उमेश सामिप्य कान्छा~
बढ्दो छ अन्धकार, धुमलिएको छ घाम !
जब बाँच्ने इच्छा छैन, तब स्वप्न के काम !!
टुक्रिएका मेरा भावना, मोल कतै पाइन !
निराकार यस्ता भावनाले, कस्तो पाउला दाम !!
निरर्थक बनी बाँचेको, यो जीवन मेरो !
मरुभुमी को भुमरीलाई, कसले दिन्छ नाम !!
जीवन मेरो चिठ्ठी जस्तो, कोरेर सकिएको !
कतै त जान्छ यो, बन्द हुँदै छ खाम !!
एकान्तमा रमाउन सिक्दै, अन्धकारमा हराएछु !
जीवनमा कहिले देखिएला, उज्यालो दिने घाम !!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)