~अच्युतरमण अधिकारी~
धेरै छन् कुरा ! छट्पटी छ, वेदना छ तर मुस्कान छैन । मुस्काउन मुस्किल पर्छ नि त ! कसैले भनेर भएन, कसैले जानेर भएन ! आफ्नु मुस्कान त आफैँसँग छ, यहीँ हुन्छ- त्यो कसलाई पो थाहा हुन्छ र ! कति छन् तिर्सना, कैयौँ छन् चाहना- अझ साह्रै पोल्दो गरी आउँछ वेदना ! वेदनाले पोल्छ, आफन्तले होच्याएको र घिच्याएको यथार्थभन्दा अझै कति बढी पोल्छ वेदनाले । त्यस्ता कति छट्पटी आउँछन्, पौडिन्छन् र हामीलाई सताउँछन् । यस्तै त छ सही यथार्थ ! अनि मुस्कान कसरी आओस् त गाँठे ! ल्वाँठेलाई स्वाँठे बनाउन सके पनि त हुन्थ्यो नि ! त्यसैभए अर्कै मुस्कान आउँथ्यो । आज पनि मुस्काउन खोज्छु, मुस्कान आउँदैन । नेपाली उखान बखानमा केके सुन्छु मसँग छैन । नभएपछि हुँदोरहेनछ त !
निर्दोष र निरपराधलाई हर्ेदा कताकता डाढ पो लाग्नथाल्यो गाँठे ! कतिलाई स्वाँठे बनाएँ, कतिलाई गाँठे बनाएँ तर आफूले त त्यही पाएँ । आज म खप्नुसम्म खपिरहेकै छु । अब त्यो मिल्दैन, आउँदैन र पाइँदैन । छ नि ! भएर के गर्नु र खोइ ! अब त मुस्कानका दिन गए । मुस्कान केवल नक्कली भए । ठाउँमा र ठेगानमा बस्न पाइने ती दिन अब सधैँका लागि गए गए ! त्यसरी ! त्यस्तै गरी मुस्काउने दिन फेरि आइदिए हुन्थ्यो जस्तो लाग्छ तर अब कसरी आउँछन् र खोइ ! आउने त आशै छैन । सम्भावना पनि त छैन नि ! अहिले बालमुस्कानको डाहा लाग्छ । फेरि त्यस्तै मुस्कान पाए कस्तो हुन्थ्यो जस्तो लाग्छ । अब त सम्भावना नै छैन गाँठे ! त्यसबेला मेरो मोहनी अर्कै मुस्कानमा थियो । मलाई हेरेर मान्छे ज्यादै मोहित हुन्थे ।
अब के गर्नु र खोइ ! ती दिन पनि आउन्नन्, ती मान्छे पनि रहेनन् । आजको मोहनी र यो मुस्कान प्रायोगिक स्वार्थमा छ । स्वार्थको अर्थ छ, त्यो निकै गम्भीरतामा छ । अब त यस अपराध र यस्ता कर्मले मलाई धेरै गलाइसकेकाले म स्वयं गलित छु पतित छु, त्यसैले गलित छु र त आज पछुतो लाग्छ । मुस्कान फेरि पाए हुन्थ्यो तर कसरी पाउनु र खोइ ! ज्यादा पतित, ज्यादा गलितलाई मुस्कान मिल्दैन, मुस्कान छैन ! फेरि त फेरि के फेरि ! म त ब्रि्रेँ फेरि-फेरि ! आज पछुतो लाग्छ ! के गर्नु, मुस्कान छैन ! कसैले टर्ेर्दैन ।
(स्रोत : मधुपर्क, चैत्र २०६३)