~प्रभुराम राई~
वेलायतमा लाहुरे दाईले थोत्रे धर किने
उसको भने घुरेनबारी बनमाराले छिने
घरमा आमा रुंदैहोली तिमीलाई छैन
वच्पनमा आमासंगै तिमी बस्थेउ होइन
मनोरन्जन गरिसकेउ अव देश र्फक
वेलायत र नेपालको किन गर्र्छौ तर्क
अर्कादेशको आमालाई किन राम्रो मान्नु
मात्रीभूमी दुःखपाए भनीकन जान्नु
आप\mनी आमा दुःख पाई नया लुगा लाइदेउ
उकालीमा भारी विर्साई हाक्पारे गाईदेउ
देशमा बस्ने मन्त्री हुंदा आफू छक्क पर्ने
स्वालम्बी स्वाभिमानी कैले आफू बन्नेर्
कर्तव्यको बोझ बोक्दा खुट्टाभने लुलो
बाहिर बसी मोजगर्ने पछिकुरा ठूलो
समयले पर्खंदैन पछिलाई विचार गर
अर्काकोघर राम्रो मानी नपरहै भर ।
प्रभुराम राई
खोटाङ बुइपा- २