~गिरीप्रसाद बुढा~
विश्वास नगर आमा
विखन्डनवादीहरु र जातिवादीहरुको
किनकि संघीयतावादी बनेका छन् यिनीहरु
विखन्डनवादीहरु राष्ट्रिय एकताको धोती फुस्काउँदै
तिम्रो शरीरको फरिया च्यात्न खोज्दैछन्
जातिवादीहरु पुरानो संस्कृतिको नशामा लीदै
तिम्रो जीवनको चोलिय उतार्न खोज्दैछन्
एउटा देशभक्ति छोरा भएको नाताले
तिम्रो फरिया तानेको म कसरी हेरु ¤
तिम्रो चोलिया उतारेको म कसरी सहु ¤
त्यसैले आमा,
बरु म रगत बगाउन तयार छु
तर म तिम्रो फरिया च्यात्न दिने छैन
तर म तिम्रो चोलिय उतार्न दिने छैन
विश्वास नगर आमा
कांग्रेस, एमाले र माओवादीहरुको
किनकि संघीयवादी बनेका छन् यिनीहरु
संघीयवादीहरु तिम्रो मुटु कलेजो मागिरहेछन्
साम्राज्यवादीहरु तिम्रो आन्द्रा भुँडी तानिरहेछन्
एउटा असल छोरा भएको नाताले
तिम्रो मुटुमा घाउ लागेको म कसरी हेरु ¤
तिम्रो आन्द्रा भुंडी तानिएको म कसरी सहुँ ¤
त्यसैले आमा,
बरु म जिउँदै जल्न तयार छु
तर म राक्षसहरुलाई तिम्रो मुटु कलेजो भुटेर खान दिने छैन
तर म गिद्धहरुलाई तिम्रो आन्द्रा भुंडी लुछेर लान दिने छैन
विश्वास नगर आमा
क्षेत्रीयतावादीहरु र मधेसवादीहरुको
किनकि संघीयवादी बनेका छन् यिनीहरु
क्षेत्रीयतावादीहरु संघीयताको उन्मादमा मात्तिदै
तिम्रो अनुहारको खुशी लुट्दैछन्
मधेशवादीहरु विस्तारवादीका इशारामा उभिंदै
तिम्रो जीवनको अस्तित्व मेट्दैछन्
त्यसैले आमा,
म तिम्रो मायाको सहारा भएको नाताले
तिम्रो आँसु बगेको म कसरी हेरु ?
तिम्रो अस्तित्व मेटिएको म कसरी सहुँ ?
त्यसैले आमा, बरु म बली बेदीमा होमिन तयार छु
तर म तिम्रो आँसु बग्न दिने छैन
तर म तिम्रो अस्तित्व मेट्न दिने छैन
-रुकम
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक १५ – Feb. 20, 2013 – २०६९ फागुन ९ गते, बुधबार)