नेपाली प्यारोडी गीत : न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई

~सुजन श्रेष्ठ~

न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई…
ए व्हिस्की दिलमा सजाएँ तिमीलाई …

त्यो यात्रा सुनौलो, अनी साथ तिम्रो…
त्यो रस्की रसिलो, अनी छव्याला सुकुटीको साथ मिठो…
सम्झेर भेट्न भट्टी गये तिमीलाई…
न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई…
ए व्हिस्की दिलमा सजाएँ तिमीलाई …

आयो समिपै जब तिमी मेरो ओठ्मा…
यो दिल को धड्कन अनी हलचल सुनाये तिमीलाई…
न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई…
ए व्हिस्की दिलमा सजाएँ तिमीलाई …

रमाये एकैछिन, ठाडो घांटी लगाएँ तिमीलाई…
बील तिर्दा आसु झर्यो, अनी आसु पुछ्दै फेरी पिएँ तिमीलाई…
न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई…

(स्रोत : फित्कौली डट कम)

This entry was posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य and tagged , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.