~पवन भन्डारी “किरण”~
बेपत्ता र मृत्युका होइन
मलाई जीवन्त कविता लेख्न देऊ ।
सुन्दर सूर्र्योदयको मुस्कान
हरियो आँगनसरी
सिंगारिएको शान्त धर्ती
प्रकृतिले विस्कुन सुकाएझैं लाग्ने
रंगीविरंगी फूलको उद्यान
नानीहरूको क्रिडास्थलमा
संग्राम र एम्बुसका होइन
मलाई खुशीका
कविता लेख्न देऊ ।
विनासको घडीमा
ओत लाग्ने सयपत्री
हिमालको छातीमा
कहिल्यै नझुक्ने स्वाभिमान
सप्तरंगी इन्द्रेणी ओडेको आकाश
गर्भिलो इतिहासमा
मृत्युको विस्कुन होइन
पूmलको सुन्दरता फैलाउन देऊ
बेपत्ता र मृत्युको होइन
मलाई शान्तिपूर्ण जीवनको कविता लेख्न देऊ ।
(कविता संग्रह “हिउँमा रूझेका गीतहरू” बाट)
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ३८ – Aug. 8, 2012 – २०६९ श्रावण २४ गते, बुधबार)