~इश्वर देवकोटा~
मंसिरमा जम्मा गर्र्या दुइ चार मुरी धान
प्वाल पारेछ भाकरिनै हे भगवान
हाम्लाई होइन पापी दशैँ अझै उसैको
रजाँइ त फेरी पनि ढाडे मुसैको !!
ओछ्यानको आडमा थियो मान्द्रे भकारी
कति चोटी लखेटेको रातमा हकारी
रासै रास छ चारै तिर धानको भुसै को
रजाँइ त फेरी पनि ढाडे मुसैको !!
पासो थापे बिष हाले किन मोर्थ्यो र
लौरो बोकी बसे पनि किन छोडथ्यो र
अहिले मात्र कहाँ हो र पोहोर उस्तै भो
रजाँइ त फेरी पनि ढाडे मुसैको !!
गणेश देउता रिसाए कि भन्दै पुजा गरें
त्यहिँ नाउमा बाहुन बा ले आफ्नो झोला भरे
बिरालोको केहि लागेन फुर्ति उसैको
रजाँइ त फेरी पनि ढाडे मुसैको !!
अर्ति दिए कान्छो बाले भकारी नि सारें
ऐशेलुको काड़ाले नि सबै तिर ’bout
सन्तान ले ढाक्न थाल्यो घरै उसैको
रजाँइ त फेरी पनि ढाडे मुसैको !!
रात भारी बत्ति बल्दा अलिकम भाथ्यो
सत्यानाश पैसैको मिटर चडीराथ्यो
धुप बालें, प्वाल टालें सेवा उसैको
रजाँइ त फेरी पनि ढाडे मुसैको !!
– इश्वर देवकोटा ,
पङ्द्रुङ्-०१, गोर्खा झाराङ
(स्रोत : रचनाकारको ब्लगबाट सभार)