प्रेम लिम्बु नुगोका ५ हाइकुहरु

~प्रेम लिम्बु नुगो~

जनतालाई
हर्ष न बिस्मात छ
यो संबिधान ।
[1]

नेताहरु त
संबिधान नाटक
कुर्सीको मोह ।
[2]

संबिधान त
कागलाई बेल पो
जनता हिस्स ।
[3]

मति बिग्रेछ
भ्रष्टचारी नेताको
छैन कानुन ।
[4]

देश चलेको
सात बर्ष भएछ
संबिधान खै ?
[5]

प्रेम लिम्बु नुगो
ईटहरा- 4 मोरङ, कोशी, नेपाल।
हालः दुबई (यु. ए. ई.)

This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.