कविता : फुलहरुको कथा

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

वैसले घर्लक्क भएकी पूmल चूंडेर
आफु सुन्दर देखिन चुल्ठोमा सिउरी दिन्छ
कसैको सुन्दरता वढाउन
आज एउटा पूmल जवानीमा नै मर्नु पर्छ
भोली अर्कोले आहुती दिन पर्छ ।
फुल भएर वाँच्न पाउँदैनन् यहाँ फुलहरु
अर्काको जवानी भर्दाभर्दै मर्नुपर्छ
फुलको तर्फवाट आग्रह छ
फुलले फुल जस्तै भएर वाँच्न पाओस् ।
अनेकन फुलहरु
आफुलाई फक्राउन होडवाजी गरिरहेका छन्
फुलले अर्को फुललाई चिथोरिरहेछन्
एक अर्काको अस्तित्व मेटाउन खोजिरहेका छन्
फुलहरु आफै आफैमा शोषण गरिरहेछन् ।
दमनकारी फुलहरु
शाहकालिन फुलहरु
निमुखा फुलहरुको सम्मान गर्न सक्तैनन्
एउटाको जवानी चुंडेर
आफुमा कृतिम सुन्दरता थप्न खोज्छन्
तर कृतिम कुनै स्थायी हुंदैन ।
दमन शोषण सहन नसकि
फुलले सुगन्ध र सौन्दर्य होइन
विष पस्कने छन्
मृत्यु पोखाउने छन्
अवरोध ल्याउने छन्
वैश चुडेर लानेहरुको अन्त्य गरिदिने छन्
तिनीहरुलाई धारासायी वनाउने छन् ।
फुलहरुलाई वर्णहरुमा वाँडियो
खण्डखण्ड पारेर रङ्ग भरियो
विभाजनका लागि षडयन्त्र गरियो
आवाज बोकेर संघर्षमा उर्लिएकाहरुलाई
शाक्ति प्रदान गर्नको सट्टा उल्टो रोकियो ।
धेरै अधिदेखिको कथा हो
फुलहरुले काँडाको काम गर्न थालेका छन्
फुलहरु फुलहरुवाटै वलात्कृत हुने खतरा बढेको छ
फुलहरु विदेशी शैलीले फुल्न थालेका छन् ।
फुलहरु फुल्न र फक्रिन
कूनै वात्साहहरुले अह्राउनु पर्दैन
कुनै दलालहरुले वेच्न पर्दैन
कुनै सामान्तको रखैल वनाउन पर्दैन
फुलहरु आफै पनि क्रोधी बनिन जरुरत पर्दैन
कसैको पेवा पूmलवारी पनि चाहिंदैन ।
भीर, पाखा, पहाड, हिमाल, तराई
जहाँ पनि फुल्न पाउनुपर्छ ।
हिउँद, गर्मी, वर्षात जतिबेला पनि फुलि दिनसक्नु पर्छ ।
कसैको पुख्र्यौली दाइंजो होइन फुलहरु ।
फुलहरु
वस्ती वसाउँछन्
शहर निर्माण गर्छन्
कानून वनाउँछन्
शासन व्यवस्था स्थापित गर्छन्
आफैले आफैलाई शासन गर्न चाहन्छन्
आप्mनै सुन्दरता र जीवनको गतिशिलताको लागि फुल्छन्
अनि फक्रन्छन् ।

फुलहरु वन्दुक हुन चाहंदैनन्
फुललाई फुल भएरै फक्रिन देउ
सांच्चिकै फुल भई फुल्न देउ ।

(११ फरवरी २०११, चिजविक पार्क)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.