समीक्षा : प्रकाश काेविदकाे ढिकी कथा विवेचना

~अज्ञात~

कथाकार प्रकाश कौविदद्वारा लिखित ढिकी सामाजिक कथा हो । यस कथामा एउटा ग्रामीण उद्यमी परिवारमा रमाइलो चित्रण गर्दै व्यक्तिको मानसिक्ता प्रति पनि इङ्गित गरेका छन् । यो कथामा बिशेष तीनजना पात्र-पात्रा छन् । उनीहरुमा सुमति उनको विमारी पति वा लोग्ने र काम गर्ने बलियो भिमे छन् । सुमति सामाजिक अनुवन्धनहरुले वाधिएको स्त्री-पुरुष उनको घरबाट उनलाई आफ्नो उमेर भन्दा दोबर भएका विरामी पुरुषसंग विवाह वन्दनमा बाधिएको तर पतिको स्वास्थ पनि नराम्रो भएको कारण उनि वास्तवमा विवाह वन्दनमा वाधिएर पनि एकलो छन् । उनि एकप्रकारले मानसिक उठाराधातले आघात भएको देखिन्छन् अनि उनिहरुले चलाउने “ढिकी” जुन आफ्नो दैनिक जीवनको रोज गरिरहेको निम्ति अति आवश्यक बस्तु हो ।

ढिकी चलाउनेको निम्ति जुन प्रकारको वल-वर्गत चाहिन्छ त्यो कुरो उसको स्वामीमा सम्भव छैन । सुर्तीको ढाक्ला कुटेर गर्ने व्यवस्था नेपालीहरुको एउटा पुरानो व्यवस्था हो त्यो व्यवस्थालाई सुमतीले वचाउने खुबै प्रयास गरेको देखछिन् । यसर्थ उनको चहाना अनुरुप एकजना भिमे नामक गरीब जवान केटो उसको घरमा आइपुग्छ ।  ढुंगा खोज्दा देवता मिले जस्तो भिमेको काम गर्न तागतले गर्दा व्यवस्थामा नयाँ स्रोत आर्जन हुन्छ ।

भिमे दिन-रात खटिरहेको हुन्छ तर उसकी स्वामी भने विरामीको कारणले दिनै – दिन कमजोरी हुँदै जान्छ ! जब सुमती आफ्नो बिछौनामा आरम गर्दछन् त्यस समय भिमेले वलियो आवाजमा ढिकी कुटिरहन्छ त्यो ढिकी कुटाईको आवाज सुन्दा सुमतिको अप्रत्यक्ष रुपमा जैविक यौनको अथवा उनिभित्र भएको गुप्त असन्तुष्टि यौवन पिड़ा अन्यासै वलझन्छ र उनि जोड़ले चिचाउँछिन् ” भयो भयो भयो ” भनेर यसरी अन्यासै वोलि पठाउँदा उनको निधारमा चटचटी पसिना आएको हुन्छ ! कथा यसरी अन्त हुन्छ ।

प्रकाश कोविदद्वारा लिखित ढिकी कथाको भाषाशैली सरल र सहज छ ! यस कथालाई एकै पल्टमा पढ़दा बुझ्न सक्ने शब्द र वाक्यहरुको प्रयोग छ ।  यस कथामा कथ्य भाषाको प्रयोग जस्तै ढिकी,लाठे,दिङमिङ,कुटुनी-बुटुनी,चुरचुर,धान आदि यस कथामा तत्सम शब्दहरुको प्रयोग गरिएको छ जस्तै मशीन,डाक्टर अनि नेपाली वाक्य वा ठेट नेपाली शब्द खित_ _खित_ _,ढक….ढक….ढक…. ।

प्रकाश कोविदको कथाकारीता :-
प्रकाश कोविद नेपाली साहित्यमा उदाएका एक कथाकार हुन् । उनले कथा साथै कविता,उपन्यास,अन्य साहित्य विद्यामा कलम चलाएका छन् । कथाकार कोविदका कथाहरु पढ़ेर हामी यिनको कथाकारीता निकाल्न सक्छौ । प्रकाश कोविद सामाजिक यथार्थवादी कथाकार हुन् ।समाजमा उच्च वर्ग र निम्न वर्गको मेलमिलाप नमिलेको वा निम्न वर्गलाई उच्च वर्गले शोषण गरेको ।

समाजमा आडम्बर,अन्धबिश्वास,बिडम्बना,शासक,शोसक र बिसंगतीहरु देखा पाउँछन् । समाजको नियमहरुले गर्दा सुमतिको विवाह आफ्नो उमेर भन्दा दोवर पुगेका लोग्ने संग भएको साथै त्यो लोग्ने बिरामी भएको कारण जुन कार्य पुरुषले गर्नु पर्ने तर सुमति गरेका छन् ।  एक त सामाजिक वा आमा बाबुको कुरालाई नकारनु नस्कदा यस्तो भएको हो । यस कथाले प्रकाश कोविदलाई सामाजिक यथार्थवादी कथाकार तुल्याउँछ ।

यौवन तृष्णाले सुमति तिर्खाएको यस कथामा देखाएको छ ।  यौवन भनेको एक पुरुष र स्त्रीको लिंग संजुग वा जोड़िनु हो अनि त्यसबाट जुन आनन्द आउँदछ वा प्राप्त हुदछ त्यो सुख सुमतिले पाउन सकेकी थिएनन् ।  सुमतिको यौवन भर्खरै जड़दै गएको तर लोग्नेको यौवन डल्केको र साथै बिरामी भएको कारण सुमतिले पतिबाट सुख प्राप्त गर्न सकेको थिएन । यसैले सुमतिले न त पतिलाई न त भिमेलाई यो कुरा भन्न सके यसैले गर्दा यस कथा यौवनमनोबिश्लेष्णात्मक कथा पनि हो । कथाकार प्रकाश कोविद यौन मनाेवैज्ञानिक कथाकार  हुन् ।

यस रचनाका रचनाकारको बारेमा तपाईंलाई थाहाभए कृपया Kritisangraha@gmail.com मा सूचित गरेर हामीलाई मद्दत गर्नुहोला । धन्यवाद !
– साहित्य सङ्ग्रहालय

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.