~प्रतीक ढकाल~
खोलापारकिो ओरालो बाटोबाट झरेर साथीहरू आइपुगे हामी बसेको रिसोर्टमा । पन्थीजी निकै चंगा देखिएका छन् र रामबहादुर दाइको फूर्तिफार्ती पनि हेर्न लायक नै छ । हामीलाई ब्रेकफास्ट खुवाउने यो रसिोर्टले उहाँहरूलाई पनि सम्मानस्वरूप चिया अर्पण गर्यो र ७ः४५ मा हामीले यस आँगनलाई छोड्यौँ ।
एउटा सानो खोल्सो भएको यस ठाउँमा पोहोर साल आउँदा धमाधम पाइप बिछ्याइँदै थियो, अहिले त जलविद्युत् गृहकै निर्माण भइसकेछ । यसो अलिकति उक्लिएपछि आइहाल्यो टोकटोक बजार । नाम मात्रैको ‘बजार’ हो यो, एउटा सानो र रमणीय गाउँ । चौँरीखर्क गाविसको वडा नं ५ मा पर्ने सानो बजार हो यो टोकटोक बजार । बाटैमा आयो रििमजुङ भ्रमण गर्नका लागि आग्रहसहित टाँगिएको जस्तापाताको एउटा सुन्दर बोर्ड, जसमा सुन्दर हिमाली बस्ती रििमजुङका विशेषताहरू उल्लेख गरएिको छ । ठीक छ, अहिले त हामीले त्यता जानु छैन । तैपनि, कुनै दिन तिम्रै आँगनमा बास बस्न आइपुगौँला है रििमजुङ ।
फेर िएउटा ठूलो पहरो पार गर्यौँ हामीले । यो हामीले पार गर्नुपर्ने बाटोको छेउमै उभिएको छ । पहराले हामीलाई हेर्यो । हामीले पनि पहरालाई हेर्यौँ र बिनाबोलचाल यात्रा अगाडि बढायौँ ।
बाटोको किनारामा सबै यात्रीहरू उभिएका छन् र सबैले आफ्नो मुख ढाक्ने उपक्रम गर्दैछन् । हेर्दा यस्तो लाग्छ, मानौँ यी सबै यात्रीहरू अख्तियारले गिरफ्तार गरेका बेलामा राजस्व समूहका ती २२ जना कर्मचारीहरूको नक्कल गर्दैछन् । सबैले मुख ढाकेका छन् क्यामराबाट जोगिन् । र, फटाफट भाग्दैछन् बाटोमा । कुरो बुझ्दै जाँदा नजिकै कतै भीरमौरीको घार रहेछ । कसैले चलाइदिएछ । र, हिजो मात्रै एउटा बटुवालाई यति धेरै मौरीले चिले रे कि उसको अझै उपचार हुन सकिरहेको छैन रे ! अझै पनि मौरी विचलित नै रहेछन् । त्यही भएर हामीले पनि मौरीको आक्रमणबाट बच्न अनुहार छोप्नुपरेको रहेछ । एउटा खोँचभर िमात्रै सीमित रहेछ यी मौरीहरूको आक्रमण । अर्को कुइनेटोमा पुग्नेबित्तिकै सुरक्षित भइने रहेछ । मलाई लाग्यो, यी मौरीहरूचाहिँ अख्तियारका सूर्यनाथ उपाध्यायजीको भूमिकामा रहेछन् । हामी बटुवाचाहिँ राजस्वका २२ जना महापुरुष र पारपिट्टकिो खोँचचाहिँ ‘विशेष अदालत’ रहेछ । बीचमा जस्तोसुकै भूमिका गर्नु परे पनि पारपिट्ट िपुग्न पाइनेबित्तिकै स्वतः सुरक्षित । स्वतः निर्दोष । स्वतः सफाइ र स्वतः महापुरुष ।
हामीले पनि यस्तै खेल खेल्यौँ । मैले पनि तौलिया झिकेर त्यसबेला टीभीको पर्दामा देखिएका तिनै महामना ‘सुब्बा साहेब’ले झैँ मुख छोपेँ । गौरव पनि लाग्यो । जागिरको झन्डै सिंगो जिन्दगी नै मुकुन्द शर्मा पौडेल र श्रीधर गौतमजस्ता निकम्मा मान्छेका मुनि रहेर ‘हुलाक’मा बिताएको मजस्तो अदना उपसचिवले पनि राजस्वका ‘सुब्बा साहेब’जस्तो महान् मान्छेको चरत्रि अभिनय गर्ने मौका पाएँ । दौडेर पारपिट्ट िपुगेँ । पल्लोपट्टकिो खोँचले ‘विशेष अदालत’ले झैैँ सुरक्षा प्रदान गर्यो हाम्रो टोलीलाई पनि र हामी पनि मौरीको आक्रमणबाट बँच्यौँ ।
केही क्षणको यात्रापछि फेर ि’बेनकर’ आइपुगिएछ । मनपरी छ लेखाइ, कतै बेनकर, कतै ब्यांकर, कतै बेँकर र कतै बेंकर । जेहोस्, यहाँ आइपुगियो र चिया पिइयो एउटा लज/होटल/रेस्टुराँ/घरमा पसेर । यतातिर त यस्तै गर्नुपर्छ । झोलिलो वस्तु खाइरहनु पर्छ उँचाइतिर हिँड्दा, मन लागे पनि नलागे पनि ।
सानो डाँडो छ बेनकरको । बायाँतिर छहरा छ अनि टुप्पामा दुइटा होटल । तल फेदीमा भने राम्रै बस्ती छ । यहीँ एउटा लौरो पनि किने पन्थीजीले । बस्तीको पुछारमा पुगेर फेर िझोलुंगे पुल तर्यौँ र नदीको पूर्वी किनारामा आयौँ । वारपिट्ट िरमाइलो वनक्षेत्र छ । यही वनक्षेत्रमा पिसाब गर्न पसेका पन्थीजी अर्कै बाटोबाट निस्केर गइदिनुभएछ । हामीले भने कुर्दाको हैरानी । महेश र मैले पूरै वनक्षेत्रको छान मार्यौँ । आधा घन्टाभन्दा बढी समय हामीले पन्थीजीलाई कुरेर मिल्कायौँ ।
अर्को बस्तीमा पुगियो हिँड्दै जाँदा । ‘चुमोआ’ रहेछ यसको चाहिँ नाम । लामै भन्नुपर्छ यसको तन्काइलाई हेर्दा । निकै तल पन्थीजी हराएको ठाउँबाट सुरु भएको यो चुमोआ एउटा फलामे पुल नतरुञ्जेल कायमै रह्यो । यहीँको एउटा पसलमा भेटिए पन्थीजी पनि । साफ गाली गर्यौँ भेटेपछि । पुल तरेर एउटा सानो उकालो नाघेपछि बल्ल ‘मोन्जु’ आइपुगियो । यहाँका सबै घरहरूका छानामा पारदर्शी पाता राखेर उज्यालो बनाइएका छन् । डाइनिङ् हल फराकिलो बनाउने, त्यसका वरपिर िबस्न र सुत्नसमेत मिल्ने गरी गलैँचा ओछ्याउने, अग्लो ठाउँ बनाउने र बीचमा आगो बाल्ने ठूलो चिम्नी राखी पूरै कोठालाई न्यानो तुल्याउने अनि त्यसको धूवाँचाहिँ छानामाथि निकालेको पाइपबाट फ्याँक्ने प्रचलन यतातिरका सबै घरहरूमा देख्न सकिन्छ । लुक्लादेखि छुकुम, गोरक्षेप र गोक्योसम्मकै सबै घरहरू यस्तै देखिन्छन् ।
अबचाहिँ हाम्रो बाटोको देब्रेतिर सगरमाथा राष्ट्रिय निकुञ्जको चेकपोस्ट उभिएको छ । भन्नुको मतलव अब हामी ‘मोन्जु’को अन्तिम विन्दु र ‘जोरसल्ले’को सुरुवाती विन्दुमा छौँ । २ हजार ८ सय ५ मिटरको उँचाइमा रहेको यो ठाउँ निकै रमणीय देखिन्छ ।
यहाँको सबैभन्दा ठूलो, राम्रो र चिटिक्क परेको घरमा रहेको छ सगरमाथा राष्ट्रिय निकुञ्जको चेक पोइन्ट । फराकिलो आँगन छ । सुन्दर दृश्यहरू छन् वरपिर ि। छेउमै छ ठूलो र कलात्मक गेट ।
यही गेटबाट पार भएर पारपिट्ट िडाँडाबाट अविराम खसिरहेको छहरालाई हेर्दै हामीले जोरसल्लेको बजारमा प्रवेश गर्दैछौँ । सबैतिर पर्यटकीय स्तरका होटल तथा लजहरू छन् । आँगनभर िप्लास् िटकका टेबल र कुर्सीहरू राखेर पाहुनालाई आकषिर्त गर्न लागिपरेका छन् यहाँका सबै होटलहरू । हामीले पनि यिनीहरूमध्येकै एक ‘जोरसल्ले लज एन्ड रेस्टुरा’को आँगनमा पसेर झोला बिसायौँ र जनही १ सय ७० रुपियाँ तिरेर ‘भेजिटेबल फ्राइड राइस’ एक-एक प्लेट खायौँ ।
हिँड्नै छ, त्यसैले हिँड्न थालियो । खाना खाएको ठाउँमा एक-एक तुम्लेट तातोपानी माग्न पनि भुलेनौँ हामीले । हिमाली भेगको यात्रामा तातोपानी मात्र खानु उचित हुन्छ । अरू ठाउँमा तातोपानी पनि किन्नुपर्छ । तर, खाना खाएको होटलले भने एक भाँडो पानी दिने चलन छ, यदि पाहुनाले माग गरेमा । हामीले पनि आ-आफ्नो तुम्लेट तातोपानीले भर्यौँ र बाटो लाग्यौँ । जोरसल्ले पूरै नाघियो र दूधकोसी नदीमाथि बनेको झोलुंगे पुल पनि तरयिो । त्यसपछि आयो नदीको सबैभन्दा फराकिलो फाँट । यो यस्तो खुला ठाउँ छ नदी किनारामा कि यहाँ जहिले पनि भरयिाहरूले नुहाएको, लुगा धोएको र लुगा सुकाएको दृश्य देख्न पाइन्छ । खुलेर आराम गर्छन् उनीहरू यो ठाउँमा आएपछि । पूरै फाँट धारामय छ यो ठाउँमा । नुहाउने राम्रो व्यवस्था मिलाइदिएको छ प्रकृति स्वयंले नै ।
पहिले तलबाट हेर्दा आकाशमा हालेको जस्तो देखिने झोलुंगे पुल अब त हाम्रै पैतालामुनि आइपुगेछ । अब बाटो उठ्दैछ । अब बाटो उकालिँदैछ । अब त यसले उठेको उठ्यै ३ हजार ४ सय ४० मिटरको उचाइ प्राप्त गर्नेछ, नाम्चे पुग्दा । सुरुवातको विन्दु हो यो झोलुंगे पुल । पोहोर आउँदा त साहै्र खतरनाक थियो, अहिले त अलि मर्मत भएछ । अलि राम्रो भएछ यो पुल यस वर्ष, पोहोर सालको तुलनामा ।
अब सुरु भयो साँच्चैको उकालो । यो उकालो सकिएपछि नाम्चेबजार अर्थात् आजको गन्तव्यमा पुगिन्छ । यही उकालो हो यो यात्राको सबैभन्दा कठिन खण्ड । हामी पनि विस्तारै विस्तारै घिसि्रन सुरु गर्दैछौँ । विदेशीहरूको विशाल भीड छ बाटोमा । मालबाहक चौँरीका बथानको भीडले बाटो पाइसक्नु छैन । बथानले पार नगरुञ्जेल बाटोको एउटा किनारामा सुरक्षित उभिनुपर्छ बटुवाले । यही उभिएको मौकामा उकालो हिँडेको थकाइ मेट्न पाइन्छ ।
पोहोर साल सुन्तला किनेको चौतारो उस्तै रहेछ । तर, यसपटक सुन्तला पाइएन । एउटा सुन्तलालाई २०/२५ रुपियाँ पर्छ यहाँ तैपनि पाउनुको आनन्द नै अर्कै हुन्छ । यहाँ पाइने सुन्तला भनेको खोटाङ वा ओखलढुंगातिरबाट बोकेर ल्याइने सुन्तला नै हुन् । त्यसैले सधैँ पाइने कुरै भएन ।
यो उकालोलाई चार घन्टा लगाएर पार गर्नु उचित हुन्छ, नवआगन्तुकहरूले । तैपनि, त्यति धेरै समय लाग्दैन । पोहोर मलाई पौने तीन घन्टा लागेको थियो । आज पनि सायद त्यति नै लाग्छ होला । तर, बढी लागे पनि पीर मान्नुपर्दैन किनभने हामीले नाम्चेभन्दा माथि जानु नै छैन आज । बास बस्न त पुगिहालिन्छ नि जति बढी लागे पनि । अनि केको पीर भो र ?
१५ मिनेट बढी लाग्यो यसपटक । ठ्याक्कै तीन घन्टामा आइएछ नाम्चेबजारको तल्लो छेउमा । नाम्चे हो कि ठमेल हो यो ? यथार्थमा हामी नाम्चेको छातीमा उभिएका छौँ तर विशेषता ठ्याम्मै ठमेलसँग मिल्छन् । बजारको एक चक्कर लगाउँदा थाहा हुन्छ यहाँ किन्न नपाइने कुरो केही छैन । यहाँ सबै थोक पाइन्छ र ग्राहक पनि सबै महादेशका छन् । सबै थोक पर्यटकमाथि आश्रति छ । होटल, लज, रेस्टुराँ मात्र होइन, साइवर क्याफे, बेकरी, अरू पसलहरू, पर्यटकीय सेवासँग प्रत्यक्ष सम्बन्धित उपकरणहरू, क्युरयिो र उपहार पसलहरूमा जता हेरे पनि उस्तै भीड छ गोराहरूको ।
बजारको बीचको ठूलो खाली ठाउँमा हाट लागेको हुन्छ सधैँ । यहाँ तिब्बतीहरूले ‘नाङपाला’बाट ल्याएका सामानहरूको व्यापार गर्छन् । कपडा, सिरक, डसना, जुत्ता, ज्याकेट, पेटी अन्य खिचि्रङ्मिचि्रङदेखि सोलार प्यानलसमेतको व्यापार हुन्छ यी भुइँमा फिँजारएिका पसलहरूमा । काठमाडौँमा दुई हजार पर्ने ज्याकेट यहाँ पाँच-छ सय रुपियाँमा पाइन्छ । अनि, हामी बाहिरबाट आएका मानिसहरूलाई यी सबै चीज सित्तैँमा पाएजस्तो लाग्छ र आवश्यक नै नपर्ने चीजबिजहरू पनि प्रशस्तै किनिँदो रहेछ । मेरो पनि विगतको अनुभव यस्तै छ । तर, किन्ने काम र्फकंदा गर्नु उचित हुन्छ । आउँदाआउँदै किनियो भने त भारी नै थपिन्छ नि ! अनि कता लैजाने त्यसलाई उल्टो बाटोतिर अझ भरयिा लगाइलगाई ?
तैपनि, मन थाम्न सकिएन र केही जरुरी भएका, केही देखेपछि चाहिएका र केही भारी नथपिने प्रकृतिका चीजहरू हामीले पनि किन्यौँ । आफ्ना राम्रा ज्याकेटहरूलाई बचाउन सस्ता तर काम दिने खालका ज्याकेटहरू किन्यौँ यही बजारबाट र विस्तारै यो घोडाको टाप आकारको बजारको मध्यभागमा अवस् िथत सगरमाथा प्रदूषण नियन्त्रण समितिको अफिसतर्फ आफ्ना कदमहरूलाई सोझ्यायौँ ।
सगरमाथा प्रदूषण नियन्त्रण समितिका कार्यक्रम अधिकृत कपीन्द्र राई र पर्वतीय निरीक्षण अधिकृत निशान श्रेष्ठजीले खुलेर स्वागत गर्नुभो । म आएको थाहा पाउनेबित्तिकै त्यसका अध्यक्ष आङ फूर्वा शेर्पाजीले पनि बेलुका भेट्न आउने खबर पठाउनुभएछ ।
धनबहादुर बानियाँजीले यसपटक पनि मरीच हालेको चिया खुवाए थपीथपी । यहाँको चिया असाध्यै राम्रो लाग्छ मलाई । खाजा खाँदा धेरै अबेर भइसकेको थियो, बेलुकाको खाना नै खानु नपर्ने भयो ।
कपीन्द्र र निशानजीकै सौजन्यमा ‘आमादब्लम लज एन्ड रेस्टुराँ’मा तीनवटा ओछ्यान भएको एउटा कोठा हामीलाई उपलब्ध गराइयो । हामी धेरैबेर गफगाफमै अलमलियौँ । बजारतिर पनि चक्कर मार्न गयौँ । र, एकैपटक सुत्ने बेलामा मात्र होटलमा गएको त होटलकी साहूनीले आगो हुँदै भनिन्, “राती सुत्नु मात्रै आउने तर आरु बेपार नगर्ने हो बाने त मलाई पटक्कै मन पर्दैन है …।”
काउन्टरमा बसेर तिनी भुत्भुताएको मैले सुनिरहेँ, “यो यास् िपसिसीले जाइले पिनी यस्तै गार्छ । पैसा खर्च नागर्ने मुन्छे मात्र पाठाउँछ हाम्रोमा । मलाई त नेपाली मुन्छे मनै पर्दैना । पैसै खर्च गर्दैना । सुत्ने मात्रै मुन्छेले लज ओगट्यो बाने कसरी बेपार हुन्छा ?”
कोठामा गइयो । चिसो निकै बढिसकेको छ । पातला रहेछन् सिरक । अलि डराइयो यी सिरकसँग । र, ओढ्ने थपिमाग्न महेशलाई पठाएको त ती साहुनीले उल्टै ‘बेपार नागार्ने मुन्छेलाई केको थपी थपी सिराक नि ?’ भनेर हप्काएर पठाइछन् । महेशले पनि किन हार मान्थे र ? यहाँका मान्छेको आनीबानी, विशेषता र स्तरबारे मैले बताएकै आधारमा त्यही होटलमा काम गर्ने एउटी बहिनीसँग कुरो मिलाएछन् । साहुनी सुतेपछि तिनले तीनवटा थप सिरक कोठामा ल्याइदिइन् । महेशले फुत्त ५० रुपियाँको नोट झिकेर दिए । कुरै सिद्धियो । त्यो कचकचे बूढीको गनगनसँग हामीलाई के मतलब ?
आकाश छ्यांग छ र हाम्रो पश्चिमतिर अहिले पनि कोङ्दे हिमाल मुस्कुराइरहेको छ ।
पि्रय कोङ्दे ! के तिमीले पनि हामीलाई देखिरहेका छौ ?
(स्रोत : नेपाल साप्ताहिक ३४२)