~चन्द्र किशोर~
“मधुर मिलन” एउटा यस्तो कथा सङ्ग्रह हो, जसले गाउँको कथाको माध्यमबाट मध्य तराईको जीवनलाई अनावृत गर्ने चेष्टा गरेको छ । यो एउटा यस्तो कथा सँगालो हो, जसले गाउँको परिवेशलाई सहज तरिकाले पस्किदिएको छ । यसका कथाहरूमा डुबुल्की लगाउँदा सहजरूपमा एउटा यात्रा वृतान्त पढेको, एउटा रोमाञ्चक संस्मरण सुनेको र चार/पाँच दशक पहिलाका गाउँहरू भेटिएको लाग्दछ । गाउँलाई आफ्नै मौलिकताका साथ प्रस्तुत गर्न सक्नु लेखकको सफलता हो ।
नेपाली साहित्यमा आञ्चलिक पृष्ठभूमिमा लेखिएका कथाहरू प्राय: परम्परावादी किसिमका हुने गर्दछन् । कथाकार विश्वराज अधिकारीले त्यस्तो परम्परालाई तोडेका छन् । उनले आञ्चलिक कथा लेखनको पारम्परिकताभित्र प्रयोगात्मकताको सीप छिराएका छन्, जुन कुराहरू कथाको भाषा र शैलीमा अभिव्यक्त भएका छन् । मध्य तराईको बकयादेखि बागमती नदीबीचका गाउँहरूको कथालाई उनिएको छ । यी कथाहरू पढिसक्दा पाठकको मनमा निकै बेरसम्म गाउँको सम्झना तीव्रताका साथ आउँछ । गाउँहरू पाठकको मनभरि लालीगुराँस भएर आउँछन्, आँखाभरि सुनगाभा–सुनाखरी भएर पलाउँछन् । यो लेखकको लेखकीय सामथ्र्य हो।
एउटा कुशल कलाकारबाट र·ले मात्र उर्तान सक्ने परिवेशहरूलाई कथाकारले शब्दचित्रमा कोरेका छन् । विश्वराज अधिकारीले कथालाई कलात्मक बान्की दिंदै आफूले चाहे अनुसार त्यसलाई गति दिन उनी माहिर छन् । शब्दको कलात्मक प्रवाहले लेखकलाई यसरी आकर्षित गर्छ कि त्यसको ध्वनिसँग खेल्ने मनमोहक आनन्दबाट उनी वञ्चित हुन चाहँदैनन् । यद्यपि कुनै वस्तु र घटनालाई जस्तो छ, त्यस्तै हेर्ने इच्छा उनमा प्रबल छ । तर उनले परिवेश र पात्रलाई जस्ताको त्यस्तै स्वाभाविकताका साथ यथास्थानमा राखेका छन् । यसरी यसमा सड्ढलित कथाहरू उनले गाउँघरबाट टिपेर यहाँ प्रस्तुत गरिदिएको जस्तो लाग्छ । सम्झनाका थु·ाहरू बटुलबाटुल पारी उनिदिएको साहित्यिक कृति कथाको रूपमा आइदिएको छ, यसभित्र ताजापन छ ।
कतिपय कथाहरू संस्मरणात्मक शैलीका छन्, कथाहरू यथार्थ छन् । कतिपय अवस्थामा पाठकलाई आपैंmले कुनै पात्रसँग जम्काभेट भएको, कुनै घटना आपैंmले भोगेको जस्तो अनुभूति हुन्छ । यसरी कथा पढिराख्दा एउटा पाठक आफूलाई त्यो कथाभित्रको एउटा साक्षीको रूपमा आफूलाई पाउँछन् । उसलाई लाग्छ, उसले आपैंmले बयान गर्नुपर्ने गफका कुराहरू बडो शिल्पका साथ बटुलेर–सँगालेर यहाँ समाविष्ट भएको छ ।
सड्ढलित कथाहरूको सुन्दर पक्ष भनेको यसमा राजनीतिक चेतनालाई छिराउने प्रयत्न गरिएको छैन । जे भइराखेको छ, जे हुन खोज्दैछ, जे जुन रीतमा छन्, त्यसलाई त्यसैगरी लेखकले सुनाइदिएको छ । तसर्थ कथाभित्र मानवीय अनुभूति सुन्दरतापूर्वक समेटिएको छ । कथाहरूभित्र यथार्थहरूको सटीक चित्रण छ । यथार्थलाई टिपेर उन्ने कला उनमा बेजोड छ । मलाई विश्वास छ यी कथाहरूमार्फत् नेपाली साहित्यमा विश्वराज अधिकारीले गरिराखेको हस्तक्षेपमाथि नेपालका समालोचकहरूको दृष्टि पुग्नेछन् । गाउँमुखी लेखनलाई उनले राम्रोसँग पर्गेल्न भ्याएका छन् । यी कथाहरूमार्फत् मूलत: उनले दुइटा चेष्टा गरेका भेटिन्छन् । एउटा, कथामा गाउँको प्रभावशाली उपस्थिति र दोस्रो, शब्दहरूको प्रयोगमा आञ्चलिकताको कौमार्यता । लेखकले कथालाई अभिव्यक्त गर्न त्यहींको भाषा र शैलीको खोज गरेका छन् । जहाँको कथा उतारिएको छ, शब्दहरू पनि त्यहींका छन् । उनका रचनाहरूको प्राणतत्त्व भनेको यही ग्रामीणता हो । नेपाली साहित्यमा उनको यो प्रयोगले एउटा बहस पनि खडा गरिदिएको छ । यो कुन अर्थमा भने उनले संवादहरूमा मात्र होइन, अभिव्यक्त गर्दा पनि प्रवाहशीलता र मौलिकतालाई जिउँदो राख्न त्यहींका शब्दसम्पदालाई उनेका छन्, जहाँनिर नेपालीका बहुप्रचलित शब्दहरू पनि प्रयोग गर्न सकिन्थ्यो, त्यहाँ उनले बज्जिका भाषाका शब्दहरूलाई स्वाभाविकताका साथ प्रयोग गरिदिएका छन् । यसले नेपाली भाषाको शब्दसम्पदालाई विस्तार गर्ने काममात्र गर्दैन, त्यहाँको परिवेशलाई पनि स्वामित्वग्रहण गर्ने काम गर्छ ।
अहिले नेपाली साहित्यको बहस यही चौबाटोमा उभिएको छ । नेपाली कथा साहित्यले अहिले पनि नेपालको एउटा वृहत्तर हिस्सालाई आफूभित्र प्रकट गर्न सकिरहेको छैन । आज पनि एउटा ठूलो हिस्साको जनजीवन अलिखित छ । त्यहाँका स्वर र रूपलाई नेपाली शब्दसामथ्र्यले मात्र सम्प्रेषण गर्ने स्थितिमा छैन, त्यसैले शब्दविस्तारको चुकुललाई खोल्नुपर्ने समयको हाँक हो । विश्वराज अधिकारीले कथा विधालाई एउटा क्रान्तिकारी मोड दिएका छन् ।
विश्वराज अधिकारीले यी कथाहरू भाषा, कथ्यशिल्प र मानवीय मनोभावले मात्र रचेका छैनन् । कथामा सूक्ष्मरूपले सनातनी रूढिवादविरुद्ध प्रहार गरिएको छ साथै असमानता, अभाव र आक्रोशको चित्रण गरिएको छ । आज पनि गाउँघरका अनेकौं यथार्थ यहाँ जोडिएको लाग्छ । उनले प्रस्तुत गरेका परिवेश र पात्रहरूका बारेमा नेपाली साहित्य अनुरागीहरूले मात्र नभएर राजनीतिक गतिविधि र सामाजिक थिति बुझ्न चाहने पाठकले पनि यी कथाहरू पढ्नुपर्छ । तराईमा रूपान्तरण र मूल प्रवाहीकरणको आकाङ्क्षा राख्ने प्रत्येकले यी कथाहरू पढ्दा आफूले एउटा सन्देश भेटाएको पाउँछन् । मध्य तराईको जीवन सङ्घर्षलाई नियाल्न पनि यी कथाहरू उपयोगी हुन्छन् । त्यहाँका समाजलाई हेर्ने दृष्टिकोणमा आफूलाई फरकपन भेटाउँछन् । सामान्य नेपाली पाठकलाई तराईका बारेमा जे घोकाइएको छ, त्योभन्दा फरक एउटा खुला परिवेश अनावृत भएको पाइन्छ । यी कथाहरूका पात्रहरू आम मानिस छन्, प्राय: हरितन्नमहरू नै छन् । गाउँ भनिएको नै हुनेखानेहरूभन्दा पनि बिहान–बेलुकाको मेहनतले बाँच्नेहरूको हो । यहाँ महिला र पुरुष र विभिन्न जातीय समूहहरूबीचको सम्बन्धलाई पनि दर्शाएको छ ।
विश्वराज अधिकारी पछिल्ला लामो समयदेखि अमेरिकामा बस्नुहुन्छ । उनको लेखकीय पृष्ठभूमि लामो छ । उनी पत्रकारितामा पनि एउटा उँचाइ प्राप्त गरेका छन् । उनको मौलिक विशेषता भनेकै उनको शब्दगुञ्जनले नेपाली भूमिबाट टाढापनको पर्खाललाई छिचोल्दै ग्रामीण स्वरको परम्परालाई नयाँ उँचाइ दिनु हो । उनी नेपालबाहिर बसेर पनि आफ्नो बाल्यकालको पृष्ठभूमिलाई सम्झिराख्नु, त्यहाँ शब्दहरूलाई खेलाउन सक्नुमा उनको सशक्त, प्रत्यक्ष र बेजोडको प्रभाव हासिल गरेका लेखक तराईमुखी लेखनमा विरलै छन् । यस अर्थमा उनको लेखनले एउटा नयाँ यात्रातर्फ पनि प्रेरित गरेको छ । गाउँको ढुकढुकीलाई छाम्ने, तराईको जनजीवनलाई बाहिर ल्याउने र स्थानीय भाषाहरूको शब्दसम्पदाहरूलाई नेपाली मूलधारसँग जोड्ने एउटा परम्पराको साक्षी बनेको छ । निमुखाहरूको मनोदशा र भोगाइलाई बाहिर ल्याउने अटुट कर्ममा उनका कथाहरू प्रतिबद्ध छन् । उनका कथाहरू स्वैर कल्पनाबाट जन्मिएका होइनन् । त्यसमा पात्र र परिवेशको सूक्ष्म एवं सटीक चित्रण हुन पुगेको छ । आफ्नो जीवनभोगाइ अनुसारको सन्देशलाई कथ्यको आकार दिने हुटहुटीले गर्दा उनले परदेशमा पनि यी कथाहरू रचना गर्न पुगे । लेखकको बाल्यकाल रौतहटमा बितेको हो, ती क्षणलाई शब्दचित्रमा उतार्ने र उनीहरूलाई चहक्याउने प्रयास यी कथाहरूमा गरिएको छ । पात्रहरू मूर्त छन्, जीवन्त छन् । आज पनि उनीसँग प्रत्येक पात्र र परिवेशका असली नाम र अनुहारको झझल्को उनीभित्र छ । यस सङ्गालोका धेरै कथाले त्यही भन्छ ।
यो सड्ढलनलाई पाठकहरूले मन पराउनेछन् । समालोचकहरूले यसबारेमा लेख्नेछन् र यो कथा तराई बुझ्न खोज्नेहरूका लागि एउटा “गाइड” पुस्तिकाका रूपमा प्रचार पाउनेछन् भन्ने म·लकामना छ ।
(स्रोत : प्रतीक दैनिक पत्रिका)