समीक्षा : नेपाली साहित्यमा रमेश विकलको योगदान

~डा. खगेन्द्रप्रसाद लुइटेल~

१. परिचय

चन्द्रशेखर शर्मा चालिसे र उनका तीनमध्ये माहिली श्रीमती छायादेवी चालिसेका जेठा सन्तानका रूपमा १९८५ साल कार्तिक भाइटीकाका दिन काठमाडौं जिल्लाको गोकर्ण आरुबारीमा जन्मिएका रामेश्वर शर्मा चालिसे नेपाली साहित्यमा रमेश विकलका नामले सुप्रसिद्ध छन् । डेढदुई वर्षको उमेरमा आमाको निधन भई मातृविहीन हुनपुगेका रमेश विकल पाँच वर्षको उमेरमा हजुरआमाको समेत निधन भएपछि बाबुको संरक्षणमा हुर्किएका हुन् । यिनका बाबु सरकारी जागिरे भएकाले आमा र हजुरआमाको निधन भएपछि यिनले आफ्नो बाल्यकाल जागिरे बाबुका साथमा पूर्वको विराटनगरदेखि पश्चिमको दार्चुलासम्मका विभिन्न ठाउँमा घुमेर बिताए । १२ वर्षकै उमेरमा विकलको विवाहसमेत भइसकेको र १७–१८ वर्षको उमेरमा उनकी जेठी आमा र बाबुको समेत मृत्यु भएकाले सानै उमेरमा पारिवारिक दायित्वसमेत यिनका काँधमा आइलाग्यो । कलिलै उमेरमा टुहुरा बन्नपुगेका विकलको बाल्यकालदेखि किशोरकालसम्म सुखद रहेन र शिक्षादीक्षा पनि व्यवस्थित रूपमा अगि बढ्न सकेन ।

रमेश विकलले आफ्नै हजुरबा पण्डित घननाथबाट अक्षराम्भ गरी उनीबाटै रुद्री, चण्डी, दुर्गाकवच आदिको अध्ययन घरमै गरेका हुन् । बाबुको जागिर सरुवा हुँदै जाँदा विभिन्न ठाउँका विद्यालयमा भर्ना हुँदै विकलले २००५ सालमा निजामति परीक्षा (एघार पास), २०११ सालमा एस्. एल्. सी. गरे । बाल्यकालदेखि नै दृढ स्वभावका भएकाले पारिवारिक आर्थिक समस्या र अनेक कष्टहरूको सामना गर्दै यिनले आफ्नो अध्ययनको व्रmमलाई अगि बढाए र बी. ए., बी. एड्. सम्मको शिक्षा हासिल गरे ।

निजामति परीक्षा उत्तीर्ण भएपछि २००६ सालमा काठमाडौं भन्सारमा नौसिन्दा भई आफ्नो जागिरे जीवन सुरु गरेका रमेश विकलले विनायक मिडिल स्कुल चावहिलमा शिक्षण कार्यसमेत गरेका थिए । यिनी २०१८ सालमा प्रचार विभागको नासु (सहायक सम्पादक) तथा २०१९ सालमा नेपाली नेपाली लेखक सङ्घका सदस्य र २०२० सालमा नेपाली लेखक सङ्घका कार्यालय सचिव भए । २०२१ सालमा शिक्षा सामग्री लेखक केन्द्र (हालको जनक शिक्षा सामग्री केन्द्र) मा शाखा अधिवृmत भई यिनले २०३३ सालसम्म त्यहीँ काम गरे । त्यसपछि २०३५ सालसम्म शिक्षा मन्त्रालयको परीक्षा शाखामा शाखा अधिकृत बनेका रमेश विकलले २०४५ सालसम्म प्राथमिक शिक्षा परियोजनाको प्राथमिक सामग्री एकाइमा सम्पादक भएर कार्य गरे । यिनले २०४६ देखि २०५१ सालसम्म त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागमा करार सेवामा उपप्राध्यापक पदमा रही विदेशी विद्यार्थीहरूलाई पढाए । यिनी २०५१ देखि २०५६ सालसम्म नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्य भए । यिनले जागिर र अन्य सिलसिलामा नवीन शिक्षा, विकासोन्मुख नेपाल, रचना, बालकोपिला, शैक्षिक गतिविधि, उत्साह, समकालीन साहित्य, प्रज्ञा, कविता, सयपत्री आदि विभिन्न पत्रिकाको सम्पादक मण्डलमा रहेर कार्य गरेको देखिन्छ । २०३६ सालमा साझा प्रकाशनको सञ्चालक सदस्य बन्नपुगेका विकल २०४२ सालमा प्रगतिशील लेखक सङ्घको अध्यक्ष तथा २०५० सालमा बालसाहित्य समाजको अध्यक्षसमेत भएको देखिन्छ । आफ्नो जीवन कालमा विभिन्न विद्यालय र सङ्घसंस्थासँग प्रत्यक्ष संलग्न भई कार्य गरेका विकलको जागिरे जीवनमा स्थिरता देखिन्न । यसरी यिनको जीवन अनेक आरोहावरोहका बीच गुज्रिएको भए पनि यिनको साहित्यिक सिर्जनामा भने प्रायः निरन्तरता देखिन्छ ।

२००६ सालमा प्रकाशित गरीब (शारदा, १५÷१२, २००६) शीर्षकको कथाका माध्यमबाट नेपाली साहित्यमा प्रवेश गरेका रमेश विकलले कथा, उपन्यास नाटक, एकाड्ढी, निबन्ध, बालसाहित्य आदि विभिन्न विधामा कलम चलाएका छन् । यी विभिन्न विधामा यिनका निम्नलिखित पुस्तकाकार वृmतिहरू प्रकाशित छन् ःकथा सङ्ग्रह ः बिरानो देशमा (२०१६), नयाँ सडकको गीत (२०१९), आज फेरि अर्को तन्ना फेरिन्छ (२०२४), एउटा बूढो भ्वाइलेन आशावरीको धुनमा (२०२५) उर्मिला भाउजू (२०३५), शव, सालिक र सहस्र बुद्ध (२०४२), हराएका कथाहरू (२०५५) ।उपन्यास ः सुनौली (२०३१), अविरल बग्दछ इन्द्रावती (२०४०) र सागर उर्लन्छ सगरमाथा छुन (२०५२) ।निबन्ध ः सात सूर्य एक फन्को (२०३५), नीलगिरिको छायामा (२०५०) र अब अगाडि बढ्नु छ अझ अगाडि … (२०५०), मेरो अविरल जीवनगीत (२०६०) ।नाटक÷एकाङ्की ः सरदार भक्ति थापा (२०४०) र मिल्किएको मणि (२०४८) जस्ता नाटक तथा सप्तरंग (२०३९), मानिस वैभव र मृत्यु (२०५६) ।बालसाहित्य ः बालकथा ः तेह्र« रमाइला कथा (२०२२), अँगेनाको डिलमा (२०२३), एक्काईस रमाइला कथाहरू ( २०२३), पञ्चतन्त्रका कथाहरू (२०२३), केही मूर्खहरूको कथा (२०४५), हिउँदे छुट्टीमा (२०४९) ।बालउपन्यास ः विक्रम र नौलो ग्रह (२०३९), इन्द्रजाली रूख (२०५५, अनु.) । बालएकाड्ढी ः सातथुँगा (२०३७) बालकविता ः बाह्र« महिनाका गीत (२०४३) उपर्युक्त पुस्तकाकार कृतिका अतिरिक्त रमेश विकलका प्रशस्त फुटकर रचनाहरू पनि विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । जागिरका व्रmममा स्थिरता नदेखिए पनि साहित्य सिर्जनामा स्थिरतापूर्वक अगि बढी विशिष्ट ख्याति कमाएका रमेश विकल नेपालीका कथाकार, उपन्यासकार, निबन्धकार, नाटक÷एकाड्ढीकार तथा बालसाहित्यकारका रूपमा परिचित छन् । जीवन गुजाराका लागि विभिन्न पेसाको अनुसरण गरे पनि मूलतः साहित्य सिर्जनमै केन्द्रित रही नेपाली साहित्यका विविध विधामा विशिष्ट पहिचान बनाई २०६५ पुस २ गते यस धर्तीबाट बिदा भएका रमेश विकल आफ्नो जीवनकालमा मदन पुरस्कार (२०१८), महेन्द्र प्रज्ञा पुरस्कार (२०३८), बालसाहित्य पुरस्कार (२०५१), नुरगङ्गा स्मृति पुरस्कार (२०५७), कृष्णमणि पुरस्कार (२०५८) आदि पुरस्कारबाट पुरस्कृत भएका छन् । यिनका अतिरिक्त विकल विभिन्न सङ्घसंस्थाहरूबाट सम्मानित र अभिनन्दित भएकोसमेत देखिन्छ ।

रमेश विकलका बारेमा स्नातकोत्तरदेखि विद्यावारिधिसम्मका विभिन्न शोधपत्रहरू तयार भएका छन् र अन्य थुप्रै शोधपत्रहरू तयार गर्नसक्ने स्थितिसमेत देखिन्छ । प्रस्तुत लेखको अभीष्ट रमेश विकलको साहित्यिक व्यक्तित्वका विविध पाटाहरू केलाउँदै तिनका प्रमुख प्रवृत्तिहरूलाई संक्षेपमा चर्चा गर्नु रहेको छ ।

१. कथाकार रमेश विकल

रमेश विकलको साहित्ययात्राको सुरुआत कथा विधाका माध्यमबाट भएको हो र यसैमा यिनको विशेष प्रसिद्धि पनि रहेको छ । २००६ सालको शारदामा प्रकाशित गरीब शीर्षक कथाका माध्यमबाट यस क्षेत्रमा देखापरेका रमेश विकलका बिरानो देशमा (२०१६), नयाँ सडकको गीत (२०१९), आज फेरि अर्को तन्ना फेरिन्छ (२०२४), एउटा बूढो भ्वाइलेन आशावरीको धुनमा (२०२५) उर्मिला भाउजू (२०३५), शव, सालिक र सहस्र बुद्ध (२०४२), हराएका कथाहरू (२०५५) जस्ता कथासङ्ग्रहहरू प्रकाशित भएका छन् । यी सङ्ग्रहहरूका अतिरिक्त विकलका थुप्रै कथाहरू विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन्, तिनलाई सङ्ग्रहका रूपमा प्रकाशित गर्दा दुईतीनवटा सङ्ग्रह बन्नसक्ने स्थिति रहेको छ ।

रमेश विकलका २०२० सालपूर्व र २०३६ सालउत्तर लेखिएका कथाहरू सामाजिक यथार्थवादी धारामा केन्द्रित छन् र बीचका केही कथाहरूचाहिँ मनोवैज्ञानिक यथार्थवादी धाराभित्र पर्दछन् । यिनले मानवीय यौनजन्य कामवासना, रतिराग तथा बालमनलाई विषयवस्तु बनाएर कथा सिर्जना गरेका छन् । यसर्थ यिनका मनोवैज्ञानिक कथाहरू बालमनोविज्ञान र यौनमनोविज्ञानमा आधारित छन् । यिनका बालमनोवैज्ञानिक कथाहरूमा प्रेरक ढङ्गबाट बालसुलभ वृत्तिको चित्रण गरिएको छ भने कतिपय यौनमनोवैज्ञानिक कथाहरू तीव्र रतिरागात्मकताको चित्रणमा केन्द्रित छन् । यसरी यिनले सामाजिक र मनोवैज्ञानिक दुवै खालका कथाहरू लेखेको पाइए पनि परिमाणात्मक र गुणात्मक दुवै दृष्टिले सामाजिक कथाहरू विशिष्ट छन् ।

विशेषतः सामाजिक यथार्थवादी धाराका कथाकार रमेश विकलका कथामा समाजमा विद्यमान आर्थिक असमानता, सामाजिक भेदभाव, वर्गीय वैषम्य र भेदभाव, अन्धविश्वास र रुढि आदिको चित्रण पाइन्छ । समाजमा व्याप्त सम्पूर्ण समस्याको मूल जड आर्थिक विषमता हो र यसैबाट अनेक समस्याहरू जन्मन्छन् भन्ठान्ने विकलका कथामा समाज र राष्ट्रबाट आर्थिक विषमताको अन्त्य गरी समतामूलक सामाजिक संरचनाको निर्माण गरिनु पर्ने धारणा व्यक्त भएकोे पाइन्छ । यिनले आफ्ना कथाका माध्यमबाट उच्चवर्गीय शोषक सामन्तीप्रति घृणा र आक्रोश तथा निम्नवर्गीय निमुखा, शोषित पीडित र असहायप्रति सद्भाव र सहानुभूति प्रकट गरेका छन् । सामाजिक अन्धविश्वास र वmुरीतिप्रति व्यङ्ग्य, सामन्तवादी प्रवृत्तिको विरोध, समतामूलक समाजको स्थापना तथा प्रगतिवादी चिन्तनको समर्थन यिनका अधिकांश कथामा पाइने प्रमुख विशेषता हुन् । यस प्रवृत्तिको अझ सशक्त र तीव्र अभिव्यक्ति बिरानो देशमा तथा नयाँ सडकको गीत सङ्ग्रहका कथाहरूमा पाइन्छ ।

समाजका उच्चवर्ग र तिनीहरूका लाउकेहरूबाट हुने गरेका शोषण, दमन, छल, कपट, प्रपञ्च, अमानवीय व्यवहार तथा यस्ता क्रियाकलाप र व्यवहारलाई सहन बाध्य र विवश निम्नवर्गीय जनजीवनको यथार्थमूलक प्रस्तुति विकलका कथामा पाइन्छ । माक्र्सवादी चिन्तनबाट प्रभावित विकलका कथामा नाराका रूपमा नभई कलात्मक रूपमा प्रगतिवादी स्वर प्रकट भएको देखिन्छ । कथाकार विकल मान्छेका स्वार्थी र नीच प्रवृत्तिलाई उदांगो पारेर प्रस्तुत गर्न निकै सिपालु छन् । ‘लाहुरी भैंसीँ, ‘सिंगारी बाख्रो आदि यसखालका उत्वृmष्ट कथाहरू हुन् । यिनले आर्थिक अभावका कारण अत्यन्त सड्ढटमय जीवन गुजार्न बाध्य भएका मानिसहरूको मार्मिक चित्रण गरेका छन् । नयाँ सडकको गीत, ‘दुई रुपियाँको नोट,‘वीरेकी आमा आदि कथा यसका ज्वलन्त उदाहरण हुन् ।

रमेश विकलका कथाहरूमा आर्थिक समस्याका अतिरिक्त सामाजिक, राजनैतिक, सांस्वृmतिक र मानसिक समस्याहरूको पनि चित्रण पाइन्छ । मानवतावादी चिन्तनका पक्षधर विकलले अस्तित्वहीन र मूल्यहीन हुन पुगेको मानवीय जनजीवनका विविध पक्षलाई प्रस्तुत गर्दै त्यस्ता विसँगति र विवृmतिहरूप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् । आपूmलाई समाज र राजनीतिका ठेकेदार ठान्ने व्यक्तिहरूबाट चुसिएर खोक्रो र निरर्थक वस्तुतुल्य बन्न पुगी प्रायः नग्न अवस्थामा बाटामा बसी मागेर खान बाध्य भएका नारीहरूको चित्रण ‘फुटपाथकी दिदी जस्ता कतिपय कथामा जीवन्त ढंगले गरिएको पाइन्छ ।

रमेश विकलका ‘मेरो प्रथम सम्भोग, ‘नगर्न गरिएको पाप जस्ता केही कथाहरू यौनमनोविज्ञानमा आधारित छन् भने ‘मेरी सानी भतिजी प्रतिमा, ‘फुटपाथ मिनिस्टर्स, ‘मधुमालतीको कथा जस्ता केही कथाहरू बालमनोविज्ञानमा आधारित छन् । मनोवैज्ञानिक कथाकारका रूपमा विकलका यौनमनोवैज्ञानिकभन्दा बालमनोवैज्ञानिक कथाहरू बढी सशक्त र सफल छन् । यी दुवै खाले मनौवैज्ञानिक कथामा पनि समाजको यथार्थपरक प्रस्तुति पाइने हुँदा यिनी मूलतः सामाजिक यथार्थवादी कथाकार नै हुन् ।

रमेश विकलले घटनाप्रधान र चरित्रप्रधान दुवै खाले कथा लेखेको पाइए तापनि यिनी पात्रको चरित्रचित्रणमा विशेष रुचि राख्छन् । यिनका सामाजिक कथामा वर्गीय चरित्रको आधिक्य र मनोवैज्ञानिक कथाहरूमा व्यक्ति चरित्रको आधिक्य पाइन्छ । यिनी आफ्ना कथामा भरिया, भिखमंगा, गाउँले, नोकर, जागिरे, किसान, दाउरे, वेश्या आदि निम्नवर्गीय निर्धा र निमुखा पात्रहरूको प्रयोग गर्न बढी रुचाउँछन् । निम्नवर्गीय पात्रलाई विशेष महत्व दिएर तिनको चरित्रचित्रण गर्ने विकलका कथामा अनुवूmल चरित्रका रूपमा निम्नवर्गीय पात्र र प्रतिवूmल चरित्रका रूपमा उच्चवर्गीय पात्रहरू रहेका देखिन्छन् । यिनका ‘सिंगारी बाख्रो, ‘लाहुरी भैंसी जस्ता कतिपय कथामा मानवेतर पात्रको प्रयोग पनि पाइन्छ ।

विशेष गरी काठमाडौं सहर र त्यसका वरिपरिको ग्रामीण परिवेशमा केन्द्रित भई कथा लेख्ने रमेश विकल परिवेशअनुरूप कथानकको सिर्जना गरी त्यसलाई सुहाउने खालका जीवन्त पात्रको प्रयोग गर्न निकै सिपालु देखिन्छन् । यसैकारणले गर्दा यिनका कथामा प्रयुक्त परिवेश र पात्रहरू हाम्रै समाज वरिपरिका र हामीले आÇनो दैनिक जीवनमा देखे, सुने, भोगे, चिने, जानेका जस्ता लाग्दछन् ।

आफ्ना कथामा स्वाभाविक ढंगले सघन र तीव्र द्वन्द्वको आयोजन गर्न कथाकार विकल निपुण देखिन्छन् । यिनका कथामा कथ्यअनुरूप बाह्य र आन्तरिक दुवै खाले द्वन्द्वको सहज र स्वाभाविक विधान पाइन्छ । यिनका सामाजिक र मनोवैज्ञानिक दुवै खाले कथामा बाह्यभन्दा आन्तरिक द्वन्द्वको तीव्रता पाइन्छ । अनुवूmल–प्रतिवूmल, सत्–असत्जस्ता परस्पर विरोधी पात्र वा भावहरूको आपसी सम्बन्ध देखाउने व्रmममा विकलका सामाजिक यथार्थवादी कथामा पनि विरोधी पात्रहरूका बीचमा हुने बाह्य द्वन्द्वभन्दा एउटै पात्रको मनभित्रका विरोधी भावहरूका बीचमा हुने आन्तरिक द्वन्द्वको सशक्तता पाइनु यिनको छुट्टै विशेषता हो । प्रायः तृतीय पुरुष दृष्टिबिन्दुमा संरचित यिनका कथालेखनको मुख्य उद्देश्य समाजका शोषित–पीडित वर्गको पक्षधरता र शोषक–पीडक वर्गको विरोध रहेको छ ।

सहज र सरल भाषाशैलीय विन्यासमा संरचित रमेश विकलका कथामा पात्रको स्तरअनुरूप स्तरीय तथा कथ्य भाषाको समेत स्वाभाविक प्रयोग पाइन्छ । कथाको वस्तु, परिवेश र प्रसंगअनुवूmल सुहाउँदो भाषिक प्रयोग पाइने यिनका कतिपय कथामा विभिन्न बिम्ब र प्रतीकको सार्थक प्रयोग भेटिए पनि ती दुर्बाेध्य दुरुह भने छैनन् ।

नेपाली समाजका आर्थिक, सामाजिक, सांस्वृmतिक आदि समस्याहरूलाई मार्मिक ढंगले अभिव्यक्त गर्ने विकलले आफ्नो जीवन भोगाइका पीडालाई पनि साधारणीवृmत गरी कतिपय कथाको रचना गरेको देखिन्छ । यिनी मूलतः सामाजिक यथार्थवाद र आलोचनात्मक यथार्थवादमा केन्द्रित रहेर प्रगतिशील दृष्टिकोणका साथ कथा सिर्जना गर्ने उल्लेख्य कथाकार हुन् । सामाजिक, आर्थिक विषमता र विपन्नता, वर्गीय भेदभाव र असमानता, परम्परित अन्धविश्वास र रूढिजस्ता विषयवस्तुको चयन, वर्गीय पात्रको प्रयोग, द्वन्द्वविधानमा सघनता र तीव्रता, वैचारिक चिन्तनको प्रस्तुति, सरल, सरस र बोधगम्य भाषाशैलीको प्रयोग, सोद्देश्यमूलक कथा लेखन आदि कथाकार विकलका मूलभूत वैशिष्ट्य हुन् ।

२. उपन्यासकार रमेश विकल

रमेश विकललाई उपन्यासकारका रूपमा चिनाउने सुनौली (२०३१), अविरल बग्दछ इन्द्रावती (२०४०) र सागर उर्लन्छ सगरमाथा छुन (२०५२) गरी तीनवटा उपन्यासहरू प्रकाशित भएका छन् । लगभग एक÷एक दशकको अन्तरमा प्रकाशित यी तीनैवटा उपन्यासहरू मूलतः सामाजिक यथार्थवादमा आधारित छन् ।

सुनौली रमेश विकलको पहिलो उपन्यास हो । यस उपन्यासमा सहर पसेकी इन्द्रावती नदी छेउकी माझीकी छोरीका माध्यमबाट नारीलाई यौन सन्तुष्टिको साधनका रूपमा लिने गरिएको तत्कालीन वस्तुसत्यलाई अगि सारिएको छ । एउटी गाउँले युवतीको जीवनलाई सहरिया भनाउँदाहरूले क्षतविक्षत तुल्याइदिएका घटनाको प्रस्तुति पाइने यस उपन्यासमा उपन्यासकार विकलले तथाकथित सहरिया सभ्यता र जनजीवनलाई उदांगो पारेर प्रस्तुत गरेका छन् । उति सुगठित वस्तुविन्यास र शिल्पसंरचना नपाइने यस उपन्यासमा सामाजिक यथार्थभन्दा बढी यौनिक उन्मादले प्रश्रय पाएको छ ।

रमेश विकलको दोस्रो उपन्यास अविरल बग्दछ इन्द्रावतीमा इन्द्रावती नदीको किनारमा बसोबास गर्ने गरिब र निःसहाय माझीहरूलाई स्थानीय शोषक सामन्तीहरूले गरेको शोषण, अन्याय, अत्याचार र ती माझीहरूको निरीहपनलाई ज्यादै मार्मिक रूपमा प्रस्तुत गरिएको छ । नेपाली समाजमा व्याप्त अन्याय, अत्याचार, शोषण र वर्गीय भावना परिस्थितिअनुरूप नदीको प्रवाहझै तीव्र र मन्द हुनसक्छ । यो गति तीव्र वा मन्द जे भए पनि त्यसको अन्त्य गरी शोषणरहित समाजको सिर्जना हुनुपर्छ भन्ने विचार यस उपन्यासमा ध्वन्यात्मक रूपमा अभिव्यञ्जित छ । यस उपन्यासमा उच्चवर्गीय शोषण–उत्पीडनको अन्त्यका लागि निम्नवर्गीय शोषित–पीडितहरू सङ्गठित हुनु आवश्यक रहेको वस्तुतथ्यलाई घटना प्रस्तुतिकै क्रममा अगि सारिएको छ । शोषणरहित सभ्य समाजको निर्माण गर्ने उद्देश्य भएको यस उपन्यासको कथानक तीव्र गतिमा प्रवाहित भएको पाइए तापनि उद्देश्य प्राप्तिका दृष्टिले यसको अन्त्य त्यति सशक्त हुनसकेको देखिँदैन ।

रमेश विकलको तेस्रो उपन्यास सागर उर्लन्छ सगरमाथा छुन उपन्यासमा २०३० र २०४० का दशकमा अत्यधिक वृद्धि भएको पञ्चायती निरङ्वmुशताको चित्रण र त्यसका विरुद्धमा सुरु भएको जनआन्दोलनको वर्णन गरिएको छ । यसमा तत्कालीन पञ्चायती व्यवस्थाका आडमा हुने गरेका विसंगति र विवृmतिहरूलाई उदांगो पारेर देखाइएको छ । यस उपन्यासमा देशको राजनीति, अर्थतन्त्र एवं प्रावृmतिक साधन र स्रोत सबै केही अभिजात वर्गले आफ्नो मुठ्ठीमा लिई तिनको एकलौटी उपयोग गर्ने गरेका वस्तुसत्यको उद्घाटन गरिएको छ । यसमा लागु पदार्थ ओसारपसार, मूर्ति चोरी, सुन तस्करीजस्ता अवैध कारोवारका कारण देश चुर्लुम्म डुबेको र यस्तो कारोबारमा दरबारिया भारदारहरूको समेत संलग्नता हुने गरेको तथ्यलाई अगि सारिएको छ । स्वदेशी र विदेशी पात्रहरूको संयोजन गरिएको यस उपन्यासमा नेपालका होटेल र अन्य ठाउाहरूमा विदेशीप्रति गरिने दुव्र्यवहार, होटेलमा हुने गरेको वेश्यावृत्ति एवं यौन दुराचार, देशमा व्याप्त मण्डलेवृत्तिको जगजगीजस्ता प्रसंगहरू पनि चित्रित छन् ।

देशमा व्याप्त अन्याय, अत्याचार, दुराचार, भ्रष्टाचार, अवैध कारोवार आदिका विरुद्ध प्रजातन्त्रका पक्षधरहरू आन्दोलनमा उत्रिएका र आन्दोलनले देशव्यापी रूप लिएको तथा यसप्रति अन्तर्राष्ट्रिय–जगत्बाट पनि प्रत्यक्ष–परोक्ष सहयोग प्राप्त हुन थालेको प्रसंगलाई पनि यस उपन्यासमा प्रस्तुत गरिएको छ । यसमा निरङ्वmुश परिपाटीको अन्त्यका लागि जनचेतनाको विस्तार तथा राजनीतिक, आर्थिक, सांस्वृmतिक र सामाजिक क्षेत्रमा परिवर्तनको दिशाबोध भएको तथ्यलाई छर्लग पारी देखाइएको छ ।

मूलतः सामाजिक यथार्थवादमा आधारित रमेश विकलका उपन्यासहरूमध्ये सुनौली र अविरल बग्दछ इन्द्रावती मुख्य रूपमा ग्रामीण परिवेशमा केन्द्रित छन् र त्यो परिवेश इन्द्रावती नदीको माझीगाउँ रहेको छ भने सागर उर्लन्छ सगरमाथा छुनचाहिँ मुख्य रूपमा सहरिया परिवेशमा केन्द्रित छ र त्यो परिवेश काठमाडौं सहर रहेको छ । यिनका ग्रामीण परिवेशमा केन्द्रित उपन्यासमा पनि आंशिक रूपमा सहरिया परिवेश र सहरिया परिवेशमा केन्द्रित उपन्यासमा पनि आंशिक रूपमा ग्रामीण परिवेशको झझल्को पाइन्छ । यसरी ग्रामीण र सहरिया दुवै परिवेशलाई उपन्यासमा वmुनै न वmुनै रूपमा भिœयाउनु उपन्यासकार विकलको औपन्यासिक प्रवृत्ति हो ।

सरल, सहज र स्वाभाविक भाषाशैलीमा लेखिएका यी तीनवटै उपन्यासहरूमा शोषण, अन्याय, अत्याचार, दुराचार आदिको प्रस्तुति पाइए पनि तिनको प्रवृmतिमा गरक छ । यीमध्ये पहिलोमा वैयक्तिक वा शारीरिक शोषण, दोस्रोमा मानवीय शोषण तथा तेस्रोमा राष्ट्रिय शोषणको प्रस्तुति पाइन्छ । व्यक्ति, समाज र देश नै शोषित भएकाले त्यसका विरुद्धमा जनताहरू आन्दोलित हुन थालेका र व्रmमशः जनचेतना पनि जागृत हुँदै गएको वmुरालाई यिनका उपन्यासमा मार्मिक ढंगले प्रस्तुत गरिको छ । सामाजिक सुधार, मानवीय जीवनमूल्यको खोजी र वर्गीय विभेदको अन्त्यको चाहना राखिएका यिनका उपन्यासमा वर्गीय पात्रको प्रयोग पाइन्छ । सामाजिक यथार्थवादी धाराका उपन्यासकार विकलका उपन्यासमा द्वन्द्वात्मक भौतिकवादी चिन्तनभन्दा सुधारवादी धारणाको आलोचनात्मक दृष्टिका साथ अभिव्यक्ति भएको देखिन्छ ।

वर्गद्वन्द्वको चित्रणभन्दा वर्गीय वैषम्यको चित्रण गर्न बढी रुचाउने रमेश विकल मूलतः सामाजिक यथार्थवादी उपन्यासकार हुन् । प्रवृत्तिगत आधारमा उपन्यासकार विकल कथाकार विकलबाट प्रभावित देखिन्छन् । यिनका कथा र उपन्यासमा प्रवृत्तिगत समानता पाइए तापनि यिनको प्रस्तुतिमा उपन्यासकार विकलभन्दा कथाकार विकल नै अग्र पङ्क्तिमा रहेको देखिन्छ । अझ स्पष्ट रूपमा भन्ने हो भने यिनका कथाका तुलनामा उपन्यास केही शिथिल नै देखापर्छन् ।

३. निबन्धकार रमेश विकल

रमेश विकलका सात सूर्य एक फन्को (२०३५), नीलगिरिको छायामा (२०५०), अब अगाडि बढ्नु छ अझ अगाडि … (२०५०), मेरो अविरल जीवनगीत (२०६०) गरी चारवटा निबन्धात्मक पुस्तकहरू प्रकाशित भएका छन् । यी पुस्तकाकार वृmतिका अतिरिक्त यिनका फुटकर निबन्धहरू विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन् । यिनका पुस्तकाकार वृmतिहरूमध्ये प्रथम दुई यात्रावृत्तमा केन्द्रित संस्मरणात्मक निबन्धहरू हुन् । तेस्रो कृति हास्यव्यङ्ग्यात्मक निबन्धहरूको सँगालो हो भने चौथोचाहिा आत्मकथात्मक अभिव्यक्ति हो ।

सात सूर्य एक फन्को २०३२ साल साउन २९ गतेदेखि भदौ ४ गतेसम्म गरिएको गोसाइँवmुण्डको सातदिने यात्रा विवरणको प्रस्तुतिमा आधारित संस्मरणमूलक निबन्धात्मक वृmति हो । यो वृmति ‘तयारी ः एउटा सानो सांग्रिलाको शीर्षकबाट थालेर ‘टुगाो ः एउटा सानो सांग्रिलाको शीर्षकमा टुङ्ग्याइएको छ । आपूmले अमेरिकाको हन्सडेलमा दिएको एउटा अन्तर्वार्ताको प्रसँगबाट प्रारम्भ गरी लगभग त्यही प्रसंगमा अन्त्य गरिएको यस वृmतिमा पहिलो बासदेखि सातौं बाससम्मका पृथव्mपृथव्m शीर्षक दिइएको छ । यस पुस्तकका प्रत्येक शीर्षकमा त्यस दिनका प्रमुख घटनाहरू, त्यहाँको सामाजिक एवं सांस्वृmतिक परिवेश, जनजीवन आदि विभिन्न प्रसगहरूको चर्चा गरिएको छ । हिमाली क्षेत्रको संस्कृति, रहनसहन, दिनचर्या आदिको वर्णन र त्यहाँ देखापरेका विकृतिको कथात्मक प्रस्तुति पाइने यस कृतिमा भौगोलिक विकटतामा यात्रीले भोग्नुपरेका कष्टहरूको समेत जीवन्त चित्रण पाइन्छ । आत्मपरक ढाँचामा लेखिएको यो कृति रोचक र बोधगम्य रहेको छ ।

नीलगिरिको छायामा २०३७ साल चैत्र २३ गतेदेखि गरिएको काठमाडौं–मुक्तिनाथको पन्ध्र दिने यात्रावृत्तान्तलाई ‘मान्छे भौंतारिन्छ सपनामा … ‘जाउँन हरर पोखरा बसैमा , ‘माछापुच्छ«े हाँस्छ, आÇनो भव्यता लिएर, ‘यहाँ त छैन ऊ त्यहाँ पाइन्छ बास, ‘के भूपि शेरचनको घर त्यही हो ?, ‘नीलगिरिको काखैकाख, ‘जोमसोमको एकरात, ‘काम्लो लैजा–गलैंचा लैजा, ‘हरहर ग र ‘प्रतियात्रा गरी दसवटा शीर्षकमा प्रस्तुत गरिएको छ । यसमा काठमाडौं–मुक्तिनाथको पन्ध्र दिने यात्रा विवरण मात्र नभएर यात्राको तयारीको क्षण, यात्रा अवधिका विभिन्न घटना र आत्मानुभव, बाटामा आपूmप्रति र अरूप्रति गरिएका व्यवहार आदिलाई औपन्यासिक संरचनामा आबद्ध गरी सहज र स्वाभाविक रूपमा प्रस्तुत गरिएको छ ।

यसको पहिलो र अन्तिम शीर्षकबाहेक अन्य शीर्षकहरू प्रायः एक दिन र एक रातका घटना र अनुभवको वर्णनमा आधारित छन् । यसमा यात्रा पूर्वको मानसिकता, यात्रा अवधिका विभिन्न घटना र आÇना अनुभवहरूलाई कलात्मक रूपले प्रस्तुत गरिएको छ । यात्राका क्रममा आपूmप्रति गरिएका सकारात्मक र नकारात्मक व्यवहार तथा त्यसप्रतिका आÇना सन्तुष्टि–असन्तुष्टि, यात्रास्थलको भौगोलिक, आर्थिक, सामाजिक, सांस्वृmतिक परिवेश, स्थानीय चालचलन, रीतिथिति, रहनसहन, परम्परा, पौराणिक किंवदन्ती, ऐतिहासिक तथ्य आदिको साहित्यिक अभिव्यक्ति पाइने यो वृmति यात्राको विवरणात्मक प्रस्तुति मात्र नभएर खोजपूर्ण अभिव्यक्ति बन्न पुगेको छ । वर्णनात्मक, संवादात्मक र आत्मकथात्मक शैलीको सम्मिश्रण पाइने यो कृति यिनकै पहिलो कृतिको तुलनामा उत्कृष्ट पनि छ । यस कृतिलाई नेपाली यात्रानिबन्धको एउटा राम्रो बान्की मान्न सकिन्छ ।

रमेश विकलको सत्रवटा निबन्धको सँगालो अब अगाडि बढ्नु छ अझ अगाडि … हास्यव्यङ्ग्यात्मक कृति हो । यसमा सड्ढलित आपना हास्यव्यङ्ग्यात्मक निबन्धका माध्यमबाट निबन्धकार विकलले नेपाल र नेपाली जनजीवनका सामाजिक, राजनैतिक आदि क्षेत्रमा व्याप्त अन्याय, अत्याचार, विस·ति, विवृmति आदिप्रति व्यङ्ग्य प्रहार गरेका छन् । यिनका कतिपय हास्यव्यङ्ग्यात्मक निबन्धमा पनि सामाजिक यथार्थवादी स्वर मुखरित भएको पाइन्छ ।

रमेश विकलको चौथो निबन्धात्मक कृति मेरो अविरल जीवनगीत आत्मकथामा आधारित कृति हो । यसमा बाल्यकालीन विभिन्न घटनाहरूलाई विभिन्न शीर्षकहरूमा प्रस्तुत गरिएको छ । जीवनको आरोहावरोहभैmँ यस कृतिमा वर्णित प्रसङ्ग पनि कतै भावुक, कतै उत्तेजनात्मक र कतै शिथिल पाराले प्रस्तुत गरिएको छ । यसमा लेखकले आफ्नो जीवनका पारिवारिक एवं सामाजिक घटनाहरूलाई युगीन परिवेशसँग तादात्म्य गर्दै आलोचनात्मक रूपमा अभिव्यक्त गरेका छन् । विभिन्न भाषा र भाषिकाको समेत प्रयोग गरी आपूmले भोगेका अतीतलाई संस्मरणात्मक, वर्णनात्मक र आत्मकथात्मक रूपमा प्रस्तुत गरिएको यस कृतिलाई विकलका जीवन भोगाइको आत्मपरक अभिव्यक्तिका रूपमा लिन सकिन्छ ।

समग्रमा विकलका निबन्धलाई हेर्दा नियात्रामूलक, हास्यव्यङ्ग्यात्मक र आत्मकथात्मक अभिव्यञ्जना यिनका निबन्धमा पाइने खास वैशिष्ट्य हुन् । यसमा पनि हास्यव्यङ्ग्यात्मकता र आत्मकथात्मकताभन्दा बढी नियात्रामा यिनको लेखन उल्लेख्य रहेको छ । नेपालीमा धेरै अगि थालिएर निकै पछि मात्र स्तरीय साहित्यिक रूप प्राप्त गर्न सफल भएको यात्रा साहित्यसम्बन्धी लेखनलाई अगाडि बढाउने क्रममा रमेश विकलको भूमिका पनि महत्वपूर्ण छ । रमेश विकलले यात्रावृत्तलाई स्तरीय नेपाली भाषा र स्थानीय कथ्य भाषाको यथोचित प्रयोग गरी वर्णनात्मक, संवादात्मक र आत्मकथात्मक शैलीमा प्रस्तुत गरेका छन् । यात्रासाहित्यलाई कथात्मक एवं औपन्यासिक संरचनामा आबद्ध गरी प्रस्तुत गर्ने वmुशलता भएका यात्रानिबन्धकार विकलका वृmतिमा यात्रामार्गको भौगोलिक अवस्थिति, सामाजिक–सांस्वृmतिक परम्परा, आर्थिक अवस्था, ऐतिहासिक, पौराणिक आदि विभिन्न पक्षको रोचक अभिव्यक्ति पाइन्छ । नेपाली यात्रासाहित्यको विकासमा उल्लेखनीय योगदान पु¥याउने विकलले आÇना यात्रानिबन्धमा पनि सामाजिक विवृmति, विसंगति, असमानताजस्ता विविध पक्षहरूप्रति आलोचनात्मक दृष्टिकोण अभिव्यञ्जित गरेका छन् । यस दृष्टिबाट हेर्दा विकलका यात्रावृत्तमा पनि वmुनै न वmुनै रूपमा सामाजिक यथार्थवादी चिन्तनको अभिव्यञ्जना पाइन्छ ।

४. नाटक÷एकाड्ढीकार रमेश विकल

हरिशरणम् (२०१३) शीर्षकको रेडियो नाटकका माध्यमबाट नेपाली नाटकका क्षेत्रमा प्रवेश गरेका रमेश विकलका सरदार भक्ति थापा (२०४०) र मिल्किएको मणि (२०४८) जस्ता नाटक तथा सप्तरंग (२०३९) जस्ता एकाड्ढीहरू प्रकाशित भएका छन् । यिनका अतिरिक्त विकलका केही फुटकर एकाड्ढीहरू विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन् । यिनले बालनाटक÷एकाड्ढीको पनि रचना गरेका छन् ।

रमेश विकलका नाटक र एकाड्ढीहरूमा ऐतिहासिक, पौराणिक, सामाजिक, धार्मिक, आर्थिक आदि विषयवस्तुको प्रस्तुति पाइन्छ । यिनले यी विभिन्न क्षेत्रमा देखापरेका विसंगति, विवृmति एवं असमानतालाई व्यङ्ग्यात्मक ढंगले अगि सारेका छन् । ऐतिहासिक पात्रलाई लिएर लेखिएका नाट्यरचनामा पनि यिनले काल्पनिकता र सामाजिक यथार्थलाई प्रशस्त ठाउँ दिएका छन् । यिनी देशभक्त, राष्ट्रवादी र स्वाभिमानी पात्रको चरित्रचित्रणमा विशेष ध्यान दिने नाटक÷एकाङ्कीकारका रूपमा देखा पर्छन् । नाटक÷एकाड्ढीका प्रमुख पात्रको चरित्रचित्रणलाई विभिन्न कोणबाट व्याख्या– विश्लेषण गर्न र कथ्यलाई अगाडि बढाउन यिनले सहायक वा गौण पात्रको सिर्जना गरे पनि तिनको चरित्रचित्रणमा उति सजगता अपनाएका छैनन् ।

सरल, सरस र स्वाभाविक भाषामा नाटक÷एकाड्ढीहरूको रचना गर्नु नाटककार÷एकाड्ढीकार रमेश विकलको विशेषता हो । शिल्पसज्जागत सरलताका कारण यिनका नाटक÷एकाड्ढीहरू सहज मञ्चनीय छन् । विकल नाटक÷एकाड्ढीमा पनि कथ्यलाई सरल ढंगले अगाडि बढाई आफ्नो सामाजिक यथार्थवादी दृष्टिकोण प्रस्तुत गर्नेतर्फ प्रवृत्त भएको देखिए पनि अन्य विधाका तुलनामा यिनको नाटक÷एकाड्ढी सिर्जना अलि पछि नै रहेको छ ।

५. बालसाहित्यकार रमेश विकल

विशेष गरी बालबालिकाहरूको स्तरलाई ध्यानमा राखेर लेखिएका रचनाहरूलाई बालसाहित्य मानिन्छ । नेपालीमा रमेश विकल एक वmुशल बालसाहित्यकारका रूपमा परिचित छन् । यिनले बालसाहित्यसँग सम्बद्ध कथा, उपन्यास, एकाड्ढी, कविता आदि विधामा कलम चलाएका छन् ।

रमेश विकलका बालकथाहरूमा तेह्र« रमाइला कथा (२०२२), अँगेनाको डिलमा (२०२३), एक्काईस रमाइला कथाहरू (२०२३), पञ्चतन्त्रका कथाहरू (२०२३), हिउँदे छुट्टीमा (२०४९) आदि उल्लेखनीय छन् । यीमध्ये कतिपय तत्कालीन विभिन्न कक्षाका पाठ्यपुस्तकका रूपमा पनि रहेका देखिन्छन् । बालबालिकालाई नेपाली भाषाप्रति अभिरुचि जगाउने वा नेपाली पढ्न चाख बढाउने उद्देश्य राखी लेखिएका यी बालकथाहरू शिक्षामूलक, मनोरञ्जक हुनाका साथ सत् र नैतिक कार्यतर्फ उन्मुख गराउँदै व्यावहारिक ज्ञान दिलाउने खालका छन् । परोपकार, नीति, उपदेशसम्बन्धी वmुराहरूलाई यी कथाहरूमा सरल, सरस र रोचक पाराले प्रस्तुत गरिएको छ । यिनमा मानव र मानवेतर दुवै खाले पात्रको प्रयोग गरी तिनका बीचमा संवाद गराएर घटनालाई रोमाञ्चकारी तुल्याइएको छ ।

रमेश विकलले विक्रम र नौलो ग्रह (२०३९) शीर्षकको बाल–उपन्यासको रचना गरेका छन् । यसमा विज्ञानसँग सम्बद्ध विषयलाई बालपात्रका माध्यमबाट प्रस्तुत गरिएको छ । वर्णनात्मक शैलीमा लेखिएको यो उपन्यास वmुतूहलपूर्ण छ । सरल भाषा र स्वाभाविक संवादको प्रयोग पाइने यस वृmतिलाई बालउपन्यासका क्षेत्रमा विशिष्ट वृmति मानिन्छ । यिनले इन्द्रजाली रूख (२०५५) शीर्षकको बालउपन्यास अङ्ग्रेजीबाट नेपालीमा अनुवाद पनि गरेका छन् ।

विकललाई बालएकाड्ढीकारका रूपमा चिनाउने वृmति सातथुँगा (२०३७) हो । बालबालिकाको स्वभाव, बानीबेहोरा, बालमनोभावनाअनुरूप लेखिएको यस पुस्तकमा सड्ढलित एकाड्ढीहरू नीति शिक्षा र मनोरञ्जन प्रदान गर्ने खालका छन् । आपसी मैत्रीभाव, धनी र गरिबको विभेद आदिको पनि सरल र स्वाभाविक प्रस्तुति पाइने यिनका कतिपय बालएकाड्ढीमा पनि सामाजिक यथार्थवादी दृष्टिकोण व्यक्त भएको पाइन्छ । मानव र मानवेतर प्राणीका बीच संवाद गराएर यिनले एकाड्ढीलाई अझ रोचक तुल्याएका छन् ।

रमेश विकलले बाह्र« महिनाका गीत (२०४३) शीर्षकको बालकविताको पनि रचना गरेका छन् । बार महिनाका नाम र त्यस समयमा गरिने कामको चर्चा गरिएको यस वृmतिमा मौसममा भइरहने नियमित परिवर्तनको कवितात्मक प्रस्तुति पाइन्छ । आनुप्रासिक ढ·ले सरल भाषामा रचित यी कविताहरू गेयात्मक गुणले समेत ओतप्रोत छन् ।

This entry was posted in समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.