~विक्रम पवन परियार~
म लक्ष्मी वादी
प्रत्येकदिन बेच्छु याैनी फूल
र प्यास मेटाएर फर्कन्छन् याैनका भक्तजनहरू
तैपनि अझै लामबद्द छन् ढाेका अगाडि ।
•
अायाे, छाेयाे, मुसार्याे
अाेल्ट्यायाे, पल्टायाे, घाेप्टायाे
अाफ्नाे भाेक मेटायाे
जिन्स पाइटकाे खल्तीबाट रु सय निकाल्याे / दियाे
र ढाेकाकाे संघार नकट्दै हेर्याे/ पिच्च थुक्याे
त्यतिबेला जिन्दगी मारुँ झै लाग्छ
याे बाध्यताकाे पेशा जसले मेराे कलिलाे याैवनलाई छुन्छ
र म कुमारी अामा जसकाे श्रीमानकाे अनुहार तिम्राे जस्तै छ ।
•
म वादी कसैले वादी बनाइ दियाे
मैले मेराे याैवन बेचेर परिवार पाल्नु पर्छ भने
सरकार तिमीले तिम्राे श्रीमती या छाेरी बुहारीकाे याैवन कसैलाई बेचेका छाै ?
•
कति बेलुनहरू फुटेका छन् ठाेकिएर भित्तामा
कति टुक्राहरू हाेलान् खाेपाभित्र
बिर्य पिएर मात्रै नअघाइदाे रहेछ
मर्छु भन्दाभन्दै मर्नै नसकेकाे जिन्दगी हाे याे
सरकार !
मेराे पहिलाे ग्राहक तिमी नै त हाै !
जब तिमीले छाेयाै मेराे शरीर
त्यसैदिनबाट उड्दै गएकाे हाे मेराे याैवनकाे रंग
र उजाडिँदै गएकाे हाे अनुहारकाे चमक ।
•
फूलजस्तै मान्छेकाे जीवन पनि फरकफरक हुँदाे रहेछ
कसैलाई खुसी बनाउन मैले अाफ्नाे याैवन पैसासँग साँट्नु पर्छ
समाजकाे अगाडि निरीह बन्नुपर्छ
जसरी घर उज्यालो बनाउन दियाेमा सलेदाे अाफै सल्केर सकिन्छ ।
बत्तीकाे मुनि सधैँ अध्यारो हुन्छ
म लक्ष्मी वादी जसकाे जिन्दगी पनि अध्याराे नै छ ।
•
म त्यहि लक्ष्मी वादी हुँ
मैले प्रत्येक दिन खुसी बनाउनु पर्छ ग्राहकलाई
याे कस्ताे जिन्दगी हाे जसकाे घाँटीमा झुन्डिएको छ मृत्युकाे चिठी
हाे म लक्ष्मी वादी नै हुँ
मन्त्री ज्यू !
जसले तपाईँसँग पनि एक रात विताएकी छे
अब त चिन्नु भाे ?
नागरिकता दिनुहाेस न याे पेटमा भएकाे बच्चा तपाईंकै हुनसक्छ ।