व्यङ्ग्य छोक : नेपाल खुल्ला

~लक्ष्मण नेवटिया~

लामो बन्द पछि जब
बन्द नेपाल खुल्यो,
विदेशीयात्रुले सोध्यो मलाई,
नेपाल कति दिनका लागि खुल्ला छ?
मलाई जानु हुम्ला र जुम्ला छ।
पहिले त प्रश्न सुनेर म
मनैमन उस माथि निकै रिसाएं।
पछि प्रश्न भित्रक तथ्य बुझेर
टाउको निहुराएं।
सामुने सडकमा झुण्ड्याएको
पर्दा पढ्न आँखा उघारौं,
जहाँ लेखिएको थियो
“नेपाल पर्यटन वर्ष” सफल पारौं।

-लक्ष्मण नेवटिया, बिराटनगर-१२

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.