~सङ्गम घर्ती~
१
घडीको सुई हिन्छ हिन्दैन
समयले साथ दिन्छ दिँदैन
सोध्नु मन छ मनुह तिमीलाई
यमराजले मृत्यु किन्छ किन्दैन ?
२
तिम्रै हातले जहर पिलाई दिए हुन्छ
यमपुरिको टिकट पनि दिलाई दिए हुन्छ
शिरा, धमनी, अनि मुटु चिराफार गरी
दिल दायाँबायाँ ,यत्रतत्र मिलाई दिए हुन्छ ।
३
जित भन्दा धेरै हार्नु पर्छ जिन्दगीमा
हर्ष बिस्मातका आँसु झार्नु पर्छ जिन्दगीमा
कहिले चाहेर त कहिले न चाहेर
किस्मतको लेखा सार्नु पर्छ जिन्दगीमा
४
कसम खाऊ भने झुटो ठान्छौ कि
बन्धन खोज भने जुठो ठान्छौ कि
नजर अन्दाज तिमीलाई दिँदा पनि
कुनै एउटा अध्भुद ठुटो ठान्छौकी ?
५
थाहा छैन जिन्दगी चल्छ कहिले सम्म
समयले जिन्दगी छ्ल्छ कहिले सम्म
जल्ने र जलाउने धेरै नै भेटिन्छ्न यहाँ
दन्किएर जिन्दगी जल्छ कहिले सम्म ।
६
आफैलाई त जिन्दगी झल्लो लाग्छ
बोल्दिनौ तिमी कति खल्लो लाग्छ
यादहरू पुरै सुन्नेतामा खोज्दै गर्दा
न भेटिने गोलार्ध को डल्लो लग्छ ।
– तनहुँ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )
