गीत : खरानी भो जीवन भुईँ टेक्न नपाउँदै

~लता शर्मा~

युएस विमान आयो, दुई फन्को लगाउँदै ।
खरानी भो जीवन भुईँ टेक्न नपाउँदै ।

ढाकाबाट उडेको थ्यो, युएस बङ्गाल विमान ।
दुईहजार चहत्तर साल, फागुन बाह्रका दिन ।
कोहीका थिए छोरा छोरी, कोहीका प्यारा प्यारी ।
आउँछन् भन्दै बसेका थिए, सबै बाटो कुरी ।

युएस विमान आयो दुई फन्को लगाउँदै ।
खरानी भो जीवन भुईँ टेक्न नपाउँदै ।।

एकत्तरमा एकाउन्नको, भयो स्वर्ग बास ।
एयपोर्टमा आफन्तको, चल्यो रुवाबास ।
कुनै बाँचे झ्याल फुटाई, कुनै उछिट्टिएर ।
एक्काइस घाइते अस्पतालमा, चल्यो उपचार ।

युएस विमान आयो, दुई फन्को लगाउँदै ।
खरानी भो जीवन भुईँ टेक्न नपाउँदै ।

शरीर डढ्यो लास भयो, हँश उडी गयो ।
आफन्तको चीत्कारले एयरपोर्ट, गुन्जी रह्यो ।
न मलामी नत दाउरा, नत सलाई काँटी ।
दैव तैँले चिता लाइस्, धरतीको माथि ।

युएस विमान आयो, दुई फन्को लगाउँदै ।
खरानी भो जीवन भुईँ टेक्न नपाउँदै ।

डाक्टर पाइलट रोजी लग्योे, यमराजले पनि ।
भगवानले भन्ने खै, नलगि जाऊ भनी ।
धरती रोयो आकाश रोयो, सारा देशै रोयो ।
आउँछन् भन्ने आशै आशमा, जीवन अन्त्य भयो ।

युएस विमान आयो, दुई फन्को लगाउँदै ।
खरानी भो जीवन भुईँ टेक्न नपाउँदै ।

(सन्दर्भ : युएस बङ्गला विमान दुर्घटना)

–लता शर्मा,
नेपालगञ्ज, बाँके

(लेखिका शर्मा सामाजिक कार्यकर्ता र सामाजिक अभियन्ताको रूपमा विगत २० वर्षदेखि नेपालगञ्जमा क्रियाशील हुनुहुन्छ ।)

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

2 Responses to गीत : खरानी भो जीवन भुईँ टेक्न नपाउँदै

  1. P. L Chuke says:

    मन छुने खालको एकदमै मार्मिक गीत ।

  2. Nilam says:

    एकदमै मार्मिक गीत रहेछ, मलाई मन पर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.