अनूदित कविता : आफैमाथि व्यङ्ग्य

~लु सुन~Lu Xun

दुर्दिनमा जन्मेको मैले
के गर्न सक्थेँ र ?
हावामा पल्टाबाजी खान डराएथेँ तापनि
आखिर थाप्नु पर्‍यो मुड्की टाउकैले ।

च्यातिएको टोपीभित्र मुख लुकाएर
व्यस्त बजारको बीचबाट म गुज्रन्छु ।
चुहिएको डुङ्गामा रक्सी राखेर
म नदीको धारसँगै बग्छु ।

आँखीभौँ तन्काउँछु, रत्ति पर्वाह नगरी
मतिर ठड्याएका हजार बैरीका औँलाको
शिर निहु¥याई, बनेर गोरु नै
सेवा गर्छु बरु केटाकेटीहरूको ।

एकान्त सानो मेरो कोठामा
एकान्त स्थितिको आनन्द लुट्नेछु ।
कसले पर्वाह राख्छ, हिउँद होस् वा गर्मी ?
कसले पर्वाह राख्छ, शरद होस् वा वसन्त ?

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ७ – Jan. 8, 2014 – २०७० पौष २४ गते, बुधबार)

This entry was posted in अनूदित कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.