~विश्वराज अधिकारी~
रमेश दाइ मेरो कोठामा पस्नुभएको मात्र के थियो, मतिर हेर्दै भन्नुभयो–“के यस्तो अचम्म देख्नुपरेको होला ? एक दिन दुई दिन हो, आज छैठौं दिन भइसक्यो माओवादीले अनिश्चितकालीन नेपाल बन्द गरेको र जुलुस प्रदर्शनका लागि हजारौ मानिसलाई ल्याएको, देशभरिका जनतालाई काठमाडौंमा थुपारेको । देशभरिका जनताले कति दुःख पाइरहेको छ, त्यसको कुनै लेखाजोखा छैन । यात्रीहरू गन्तव्यमा पुग्न सकिरहेका छैनन् । बिरामीहरूलाई अस्पताल पुग्न गा¥हो छ । कृषकहरूले तरकारी बिक्री गर्न नपाएर तरकारी सडकमा फाल्दै छन् । विद्यार्थीहरू स्कूल जान नपाएर घरमैं थन्किएर बसेका छन् । दैनिक मजदूरीको भरमा पेट पाल्नेहरू खान नपाएर यताउता भौतारिंदैछन् । यो आम हडतालले गर्दा यहाँसम्म कि कतिले त आप्mना बाबुआमाको इलाज गराउन पाएनन्, मरेपछि घरमा पुगेर काजक्रिया पनि गर्न पाएनन् । करोडौं नेपालीको जीवन अति नै कष्टकर भएको छ । केवल दुईचार नेताको महत्वाकाङ्क्षा पूरा गर्नका लागि नेपालीहरू स्वतन्त्र देशका नागरिक भएर पनि अनेक किसिमका दुःख र पीडा बोकेर, घरभित्र कुँजिएर, डर र त्रासको वातावरणमा बन्दीझै जीवन बाँच्न बाध्य भएका छन् । बाध्य पनि यस्ता नेताहरूले पारेका छन् जसले भन्छन् हामी जनतालाई समुन्नत, मुक्त र सशक्त पार्न सक्रिय र समर्पित छौ ।
हाम्रो लडाइँ नै जनताको स्वाधीनता, स्वाभिमानको रक्षा हो । तर यस भनाइको ठीक विपरीत भइरहेको छ । जनता उनीहरूद्वारा नै झन् बढी डराइएका, धम्क्याइएका, पिल्सिएका र शोषित हुन पुगेका छन् । देशमा विद्यमान लामो द्वन्द्वले गर्दा गरीबहरू झन् गरीब हुन पुगेका छन् । देशमा द्वन्द्व पनि अनेक बहानामा भइरहेका छन् । निरन्तरको द्वन्द्व, घरीघरीको बन्द, हडताल, जुलुस आदिले गरीबहरू नै बढी प्रभावित हुन पुगेका छन् । नेपालमा भएका यस्ता घटनाहरू संसारमा बिरलै देख्न पाइन्छ । विकसित देशमा त झन् सुन्न पनि पाइँदैन । म अमेरिका आएको दश वर्ष भयो, यो दश वर्षमा न कहिले बन्द, न कहिले चक्काजाम, न कहिले आम हडताल भएको देखेको छु, न सुनेकै छु । हाम्रो देशमा त हडताल, चक्काजाम, बन्द आदि दैनिक जीवनको एउटा हिस्सा जस्तो भएको छ । देशवासीहरूले नचाहेर पनि नेताहरूको कपटी बोलीको पछि लागेर बन्द, हडताल गर्नुपरेको छ । गोली ठोक्लान् भन्ने डरले पनि बन्द, हडताल गर्नुपरेको छ । वैशाख १९ गतेदेखि शुरु भएको आन्दोलन अहिलेसम्म सकिएको छैन । होइन यो २०६८ साल हाम्रो देशमा लडाइँ र झगडा लिएर पसेको हो कि क्या हो ? वर्षको शुरु नै यस्तो छ, वर्षभरि झन् कस्तो हुने हो ?”
यति भनेर रमेश दाइले आप्mनो भनाइ सक्नुभएको मात्र के थियो नीरजले हाँस्दै भने–“रमेशदाइ, तपाईंको न्युजलाई अपडेट गर्नुहोस् । माओवादीले आम हडताल स्थगित ग¥यो । समाचारमा भने फिर्ता लियो भनी उल्लेख गरिएको छ । खासमा माओवादीले यो आन्दोलन स्थगित गरेको मात्र हो, त्यो पनि परिस्थितिको गम्भीरतालाई ध्यानमा राखेर । माओवादी हरुवाहरूको पार्टी होइन । जनताको दुःख टुलुटुलु हेरेर बस्न सक्दैन । कुर्सीको लागि जे पनि गर्ने होइन । जनताको कष्ट पीडा देखेर…। कुनै दबाबमा आएर वा हारेर आम हडताल स्थगित गरिएको भने होइन ।”
नीरजको भनाइ पूरा हुन नै नदिई क्षितिजले मुख अलि अँध्यारो पार्दै भने–“केको जनताको पीरमर्का बुझेर आम हडताल फिर्ता लिनु । आन्दोलनका लागि उतारिएका मान्छेहरू काठमाडौंबाट आप्mनोआप्mनो घरतिर पलायन हुन थाले पछि र खासमा जनताले प्रतिकार गर्न थालेपछि डरले फिर्ता लिएका हुन् । काठमाडौंमा माओवादी हडतालको विरुद्ध मानव सागर नउर्लेको भए यिनीहरूले के फिर्ता लिन्थे ? जनताको पीरमर्का … ? यिनीहरूले जनताको पीरमर्का के बुझ्छन् ? यिनीहरूलाई सत्ता चाहिएको छ । कुर्सी चाहिएको छ । लाखौ जनतालाई काठमाडौं बोलाएर, भोकैप्यासै सडकमा दौडाउनुबाहेक यिनीहरूले के गरे ? पुष्पकमल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको पद पाएको त हो नि । आफैंले छाडेर हिंडे पछि…? जनताको पीरमर्का हटाउन सकिने ठाउँमा पुगेर प्रचण्डले किन भाग्नुपरेको थियो ? प्रधानमन्त्री पद किन छाडेको ? प्रधानमन्त्रीको पद आफैले त छाडेको हो नि, कि होइन ? विद्रोह गर्नका लागि मानिसहरूलाई सङ्गठित गर्न सजिलो छ । ती सङ्गठित मानिसको प्रयोग गरेर राज्य व्यवस्था परिवर्तन गर्न त्यति गा¥हो पनि हुँदैन । यी हाम्रा शत्रु हुन् यिनीहरूलाई समाप्त पार्नुपर्छ भनी लाखौ जनतालाई कुनै समूहको विरुद्ध युद्ध गर्न तयार पार्न सकिन्छ । आतङ्क र घातक हतियारको बलमा युद्ध जित्न पनि सकिन्छ तर व्यवस्थित किसिमबाट सरकार सञ्चालन गरेर देशको नेतृत्व गर्न गा¥हो पर्छ । र यो केवल युद्ध गरेजस्तो सजिलो पनि होइन ।”
क्षितिजको कुरा सुनेपछि नीरज अलि उत्तेजित देखिए । तर आपूmलाई व्यवस्थित पार्दै भने–“संविधान हारेकाहरूले अनेक किसिमका पवित्र–अपवित्र गठबन्धन गरेर सरकार चलाउन पाउनु । यो सबै, ठूला दल भनाउँदाहरूको माओवादीलाई अनेक बहाना बनाई पाखा लगाएर आपूmहरूले कुर्सी ओगट्ने दाउ मात्र हो । आपूmलाई प्रजातान्त्रवादी भनेर परिचय गराउने यी ठूला दलहरूले यसैगरी आप्mनो असली रूप देखाउने हो ? उनीहरूको व्याख्या अनुरूपको प्रजातन्त्र यही हो ? यस्तो दाउपेचलाई प्रजातन्त्र भन्न सकिन्छ ? यो केवल ठूला दलहरूको शक्ति हात पार्ने चाल हो । नबुझिंदो किसिमको तानाशाही कार्य हो । यस्तो हो भने चुनावको के अर्थ रह्यो त ? व्यर्थको नौटङ्की मात्र…? त्यस बाहेक अरू केही पनि होइन । माओवादीले चाहे अनुसार जनताको पक्षमा संविधान लेख्न नदिन प्रतिक्रियावादीहरूद्वारा खेलिएको छल, कपट र दाउपेचले भरिएको फोहरी खेल हो । प्रतिक्रियावादीहरूले यस्तै खेल खेलिरहे आम जनता, गरीब–निमुखा जनता, दलित, शोषित, पीडित जनताको पक्षमा संविधान लेख्न सकिन्छ ? प्रतिक्रियावादीहरूको दबाबमा परेर उनीहरूले चाहे बमोजिमको संविधान लेख्ने हो भने संविधान फेरि तिनै केही सुकिला मुकिला व्यक्तिहरूको लागि हुनेछ । केही शहरिया, सुकिलामुकिलाहरूका लागि मात्र…। जेठ १४ आउन अब केही दिन मात्र बाँकी छ, यो हालतमा आम जनताको पक्षमा संविधान लेख्न सकिन्छ ? संविधान समयमा लेख्न बाध्य पार्नका लागि पनि माओवादीले यो आन्दोलन गर्नुपरेको हो । सरल तरिकाबाट कुरा नसुने पछि करोडौं मुक्तिकामी नेपालीहरूको आवाज सुन्न सरकारलाई बाध्य पार्न माओवादीले यस्तो आन्दोलन गर्नु परेन त ? अनि तताउनु परेन त सडकहरू ?”
क्षितिजले हाँस्दै भने–“आम जनताको पक्षमा संविधान लेख्नका लागि दबाब सृजना गर्ने हो भने संविधान लेख्नका लागि हामीले दबाब सृजना गरेको हो, दबाब सृजना गर्ने क्रममा यस्तो आन्दोलन गरेको भन्नुपर्दछ अनि त्यसै अनुरूपको कार्यहरू गर्नुपर्दछ । तर माओवादीले त प्रधानमन्त्रीको राजीनामा माग गरिरहेको छ । यो त भनाइ एउटा र गराइ अर्काे भएन ? यो कार्यबाट माओवादीको यो आन्दोलन केवल प्रधानमन्त्री पदका लागि हो भन्ने भान पर्न आउँदैन र ?”
“जनताको प्रतिनिधित्व नगर्ने व्यक्तिले सरकारको नेतृत्व गर्ने, जनताको प्रतिनिधित्व गर्नेहरूलाई सडकमा पु¥याइने भएपछि…? हो, त्यसैले माधव नेपालले राजीनामा दिनुपर्छ । माओवादीले सरकार बनाउने बाटो खुला गरिदिनुपर्छ,” नीरजले हाँस्दै भने ।
यति भनेपछि नीरज चुप लागे । रमेश दाइ पनि केही बोल्ने मूडमा देखिनुभएन । क्षितिज चुप नै थिए । अन्य बाँकी सबै पनि चुप थिए । सबैजना चुपचाप भएको देखेरे मैले भने– “होइन, अचानक किन वातावरण शान्त हुन पुग्यो ?” मैले यतिमात्र भनेको के थिएँ मतिर हेर्दै क्षितिजले भने– “नीरजको कुराले त के लाग्छ भने नेपालमा को प्रधानमन्त्री हुने भन्ने कुरा संसद्बाट होइन, सडकबाट निर्धारण होस् । दश, बीस हजार मान्छेले सडकमा प्रदर्शन, तोडफोड, बन्द, हडताल गरेर यो मान्छेलाई प्रधानमन्त्री नियुक्त गर भने पछि संसद्ले त्यो व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने ? प्रधानमन्त्रीको नियुक्ति विधिको आधारमा होइन, बलको आधारमा हुनुपर्ने ? कस्तो अचम्म ? यस्तो अचम्म अन्त कतै देखिएला ?”
क्षितिजको भनाइमा थप्दै रमेश दाइले भन्नुभयो– “होइन, माओवादीहरूलाई सरकार बनाउन कसले रोकेको छ र ? प्रधानमन्त्रीको नाममा अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य पारे भइहाल्छ नि १ प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता गराउने अनि संविधानसभामा आप्mनो पार्टीको बहुमत देखाएर प्रचण्ड, बाबुराम, वैद्य जसलाई मन लाग्छ प्रधानमन्त्री बनाए पनि भयो नि १ यस्तो गर्न कसले रोकेको छ र ? तर सडकबाट प्रधानमन्त्री हटाउने र नियुक्त गर्ने कार्य मलाई त पटक्कै मन परेन । मन परेन है, जसले जेसुकै भनोस्, जेसुकै तर्क देओस् ।”
रमेश दाइको भनाइ नीरजलाई चित्तबुझ्दो नलागेकोजस्तो देखियो । उनले मुख अँध्यारो पारे । एक छिन घोरिएर रमेश दाइको मुहारतिर हेरे । केही क्षणको मौनता तोड्दै रमेश दाइतिर हेरेर उनले भने– “माओवादी नै हो त पहिलो, २०४७ पछि, प्रधानमन्त्री हटाऊ, यो प्रधानमन्त्रीले, त्यो प्रधानमन्त्रीले राजीनामा दे भनेर सडकमा नाराबाजी, जुलुस, हडताल गर्ने ? के योभन्दा पहिले यस्ता कार्यहरू भएका छैनन् ? अनि के पहिले न्युरोडका रेलिङहरू भत्केका छैनन् ? मान्छेका टाउका फुटेका छैनन् ? इतिहास हेरे हुन्छ ।”
बेटन रूजस्थित मेरो अपार्टमेन्टमा साथीहरूलाई आउनु है भनी मैले भने अनुसार सबै मेरो अपार्टमेन्टमा जम्मा भएका थिए । केही बेटन रूजकै साथीहरू थिए भने केही अन्य शहरबाट आएका थिए । रमेश दाइ लाफियतबाट आउनुभएको थियो । नीरज न्यु ओरलिन्सबाट । विवेक हेमन्डबाट आएका थिए ।
भोलिपल्ट हामी बसेको शहरमा अवस्थित लुजियाना राज्यको नयाँ र पुरानो संसद् भवन, लुजियाना मेमोरियल प्लाजा र मिसिसिपी रिभरको वरपर घुम्न जाने योजना हामी सबैको थियो । दिनेश भाइ त टेक्सास राज्यको एउटा सानो शहर बोमनबाट लुजियाना राज्यको राजधानी बेटन रूज शहर र लुजियाना स्टेट क्यापिटल हेर्ने उद्देश्यले मात्र आएका थिए । चौतीस तल्ले नयाँ संसद् भवनको माथिल्लो तल्लाबाट संसारको चौथो लामो र दशौं अति शक्तिशाली तथा उत्तरी अमेरिका र संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो नदी प्रणाली, करिब २३२० माइल लामो मिसिसिपी नदीको किनारमा अवस्थित बेटन रूज शहर प्रस्ट देखिने सुनेर त्यो दृश्य हेर्न दिनेश भाइ निकै उत्साहित थिए । अभैm कसैले उनलाई संसद् चलिरहेको बेला पनि संसद् हेर्न पाइन्छ भनेको हुनाले त्यो हेर्न पनि उनी ज्यादै उत्सुक थिए । बेटन रूजमा अवस्थित ४५० फिट अग्लो लुजियाना स्टेट क्यापिटल बिल्डिङ संयुक्त राज्य अमेरिकाका स्टेट क्यापिटल बिल्डिङहरूमा सबैभन्दा अग्लो क्यापिटल बिल्डिङ रहेको कुरा दिनेशलाई पहिलेदेखि नै थाहा रहेछ । लुजियाना मेमोरियल प्लाजामा रहेका शिलालेखहरू, जसमा अमेरिकाले विभिन्न समयमा लडेका अनेकौं युद्धबारे उल्लेख गरिएको छ, हेर्ने पनि उनको योजना थियो । खासमा उनको आकर्षणको केन्द्र थियो– संसद् भवनभित्र पस्नका लागि बनाइएका उनन्चासवटा सिंढीहरू, जसमा तल शुरूदेखि माथि अन्तिमसम्म प्रत्येक सिंढीमा संयुक्त राज्य अमेरिकाका राज्यहरूको नाम तथा त्यो राज्य कुन वर्ष युनियनमा समाविष्ट भयो भनी लेखिएको छ । तलको पहिलो सिंढीमा कनेक्टिकट राज्यको नाम लेखिएको छ भने माथिको अन्तिम सिंढीमा दुई राज्यहरू– अलास्का र हवाईको नाम लेखिएको छ । यी कुराहरू हेर्न उनी निकै उत्सुक थिए ।
साँझ खाना खानेहरू अरू दिनभन्दा निकै बढी हुन्छन् भन्ने अनुमान गरेर नै मैले पिजा ल्याएको थिएँ । फ्रीजमा राखेको पिजा झिक्दै साथीहरूलाई भनें– “मैले खाने कुरा दालभात, त्यस्तो केही पनि बनाएको छैन । यो पिजा नै खाउँ, हुँदैन ? मेरो भनाइमा सबैले सहमति जनाए । हामी पिजा खान थाल्यौं । पिजा खाइरहेको क्रममा नै सार्थकले भने– “हाम्रो देशमा कहिले शान्ति हुने भएन है ? जहिले पनि लडाइँ, झगडा, द्वन्द्व, बन्द, हडताल, कहिले हुने हो शान्ति ? मलाई राजनीतिमा रुचि त छैन तर देश बर्बाद हुन थालेको देखेर दुःख लाग्छ, राजनीतिमा रुचि राख्न मन लाग्छ । सारा नेपाली स्वदेश छाडेर विदेशतिर पलायन हुँदैछन् । स्वेच्छाले ज्यादै कम, बाध्यताले विदेश पलायन हुनेहरूको सङ्ख्या लाखौंमा छ । म त पढाइ सक्याएर नेपाल नै फर्कन्छु । महावीर पुन, डा. सन्दुकजस्तै समाज सेवा गर्छु । देशको सेवामा समर्पित हुन्छु । जलविद्युत्को क्षेत्रमा, खासगरी ग्रामीण जलविद्युत्को क्षेत्रमा केही गर्ने मेरो ठूलो धोको छ । तर नेपाल गएर फोहरी र बेइमानी दाउपेंचले भरिएको राजनीति गर्दिनँ ।”
“अहिलेका यिनै राजनीतिक दलहरू नेपालमा रहेसम्म नेपालमा शान्ति आउँदैन । नेपालको विकास गर्न एउटा अर्काे जङ्गबहादुर आउनुपर्छ,” रमेश दाइले सार्थकको कुरा सकिने बित्तिकै भन्नुभयो ।
रमेश दाइको कुरा सकिएको मात्र के थियो विवेकले भने– “होइन, नेताहरू किन यहाँ थुप्रिएका यस्तरी, यो बेटन रूजमा । नेताहरूको खाँचो नेपालमा छ । राजनीति नै गर्नु थियो भने नेपालमैं बसे हुन्थ्यो । ६०१ सदस्य भएको संविधानसभालाई पुगेको छैन, दुई/चार जना अरू चाहिएको छ, अहिले पनि गए हुन्छ, सदस्य सङ्ख्या थप गर्न । धेरैले अहिले पनि भन्दैछन् रे संविधानसभाको आकार सानो भयो भनेर । सबै वर्ग, सबै विचार, सबै के के हो के केलाई समावेश गर्न संविधानसभालाई अभैm ठूलो र अभैm बढी समावेशी बनाउनुपर्छ ।”
अघिदेखि केवल अरूको कुरा सुनेर बसेका किरण केही बोल्न खोजेभैंm देखिए । उनले प्रयास र विवेकलाई पालैपालो हेरे । फ्रीजतिर आँखा पार्दै उनले भने– “उत्सव, तिम्रो फ्रीजमा बियर छैन ? झिक न हौ…। यसो अलि रमाइलो गर्नुप¥यो । यो राजनीतिक गफ सुन्दासुन्दा कान पाकिसक्यो । नेपालीहरूको यस्तो पारा देखेर अचम्म लाग्छ । जहाँ चारजना जम्मा भयो कि नेपालीहरू राजनीति शुरू गर्छन् । र, एकापसमैं वादविवाद, काटमार, खुट्टा तानातान पनि गर्न थाल्छन् । गर्ने भने केही पनि होइनन् । त्यस्तै थियो भने नेपालमैं बसेर गर्नुपथ्र्याे नि यस्ताहरूले देशको विकास । किन भाग्दै आएका विदेश ? सुविधा भोग्न किन भएका विदेश पलायन ? सुविधा भोग्न विदेश आउने अनि नेपालमा यस्तो भयो, नेपालमा त्यस्तो भयो भनी केवल ठूला–ठूला कुरा मात्र के गर्नु ? मलाई त्यस्ता कुरा गर्न आउँदैन । मेरो लागि त जहाँ शान्तिसँग आरामको जिन्दगी बिताउन पाइन्छ, त्यही आप्mनो देश हो ।” यति भनेर किरण फ्रीजतिर लम्के । बियरको एउटा बोतल झिकेर त्यसको बिर्काे खोल्ने तरखरमा लागे । किरणलाई पछ्याउँदै विवेक पनि बियरको बोतल झिक्न फ्रीजतिर लम्के । बियरको बोतल झिक्दै विवेकले किरणतिर हेरेर भने– “कोरोना इक्स्ट्रा रहेछ, मलाई त यो निकै स्वादिलो लाग्छ ।”
वातावरण शान्त थियो । सबैजना खाँदैथिए । खाना खाइरहेकै क्रममा क्षितिज इन्टरनेटमा नेपालका समाचारहरू हेर्दै थिए । कुनै बेला माईसंसार, कुनै बेला ईकान्तिपुर त कुनै बेला नेपालन्युज डट कममा समाचारहरू खोज्दै पढिरहेका थिए । एक छिनसम्म समाचार पढेपछि क्षितिजले रमेश दाइतिर हेर्दै भने– “रमेश दाइ, माओवादीको त्यो आम हडतालको विरोधमा भनौं वा शान्तिको पक्षमा, काठमाडौंमा निकै ठूलो जुलुस पो निस्केको रहेछ । जता हे¥यो मान्छे नै मान्छे । बन्द हडतालबाट थाकेर, दिक्दार भएर, बन्दको विरोध गर्न हजारौं–हजारको सङ्ख्यामा मानिसहरू सडकमा निस्केका रहेछन् ।”
क्षितिजको भनाइमा नीरजले तत्काल प्रतिक्रिया जाहेर गर्दै भने– “यो सत्तामा रहेका दलहरूको चाल हो के १ तथाकथित त्यो शान्ति ¥यालीमा बढी सङ्ख्यामा उनीहरूकै मान्छे थिए । सत्तामा रहेका दलहरूको षड्यन्त्रद्वारा रचिएको थियो त्यो, विरोधसभा भनौं या के सभा…।”
क्षितिजको भनाइले नीरजलाई उत्तेजित पा¥यो । क्षितिजतिर हेर्दै उनले भने– “क्षितिज, हरियो चश्मा लगाएर हेरेपछि सबै थोक हरियो देखिन्छ । सधैं अरूले दिएको दृष्टिले मात्र होइन, कहिलेकाहीं आप्mनो दृष्टिले पनि हेर्ने गर । घटनाक्रमलाई आप्mनो मौलिक विचारको धरातलमा राखेर विश्लेषण गर्ने गर । सधैं अरूको आँखाले मात्र कति हेर्छौ ? त्यो दिनको शान्ति ¥यालीमा उपस्थित व्यक्तिहरूले शान्तिको माग गरेका थिए । त्यो भीड बन्द, हडताल, हिंसा, हत्याबाट दिक्क भएकाहरूको थियो । त्यो भीडले नेपालभरिका शान्तिप्रेमी जनताको प्रतिनिधित्व गरेको थियो । भीडमा उपस्थित प्रत्येकको मुहारले भन्थ्यो– सधैंको द्वन्द्व बन्द गर, लडाइँ–झगडा होइन मेलमिलाप गर । हामीलाई युद्धद्वारा ल्याइएको शान्ति र विकास होइन, शान्तिद्वारा ल्याइएको शान्ति र विकास चाहिएको छ ।”
म चुप लागेर नीरज र क्षितिजको बीचमा भइरहेको कुराकानी सुनिरहेको थिएँ । रमेश दाइ पनि चुपचाप हुनुहुन्थ्यो । किरण र विवेक मिलेर सात/आठ बोतल बियर रित्याइसकेका थिए । उनीहरूलाई नीरज र क्षितिजबीच भइरहेको कुराकानीमा पटक्कै रुचि नभएको देखिन्थ्यो । सार्थक र प्रयास कहिले नीरज र क्षितिजबीच भइरहेको कुराकानी सुनिरहेका थिए भने कहिले किरण र विवेकबीचको कुराकानी ।
केही क्षण वातावरण शान्त भयो । कसैले कुराकानी गरिरहेको थिएन । त्यो मौनताको क्रममा केही सोचेभैंm गरेर रमेश दाइले भन्नुभयो– “कहिलेकाहीं त मलाई लाग्छ हाम्रो संस्कृतिमैं द्वन्द्वको अवशेष छ । आप्mनो मुलुकबाट सात समुद्र पार छौं तर एउटा/एउटा राजनीतिक दलको पक्ष लिएर हामी यहाँ पनि विभाजित छौं । आधुनिक नेपालको स्थापना भएदेखि नै हामी जहिले पनि विभाजित छौं र द्वन्द्वबाट बाहिर आउन सकेका छैनौं । शाहकालको पूर्वाद्र्ध, राणाकाल, पञ्चायतकाल, प्रजातन्त्रकाल, गणतन्त्रकाल, भद्रगोलकाल, हरेक कालमा हामी विभाजित छौं । एउटा नेपाली अर्काे नेपालीको शत्रु भएका छौं । गणतन्त्रकालमा आएर त हामी झन् यति बढी हिंसक भयौं कि एउटा नेपालीले अर्काे नेपालीको टाउको काट्दा शत्रुको नाश ग¥यौं भन्दै उफ्र्यौं, रमायौं र नाच्यौं पनि । नेपालको इतिहासमा नै नेपालीहरू गणतन्त्रकालमा जति बढी हिंसक भएको पहिले कहिले कतै देखिएको छैन । यो कालमा नेपालीहरू बौलाएका थिए ।”
सबैजना शान्त भएर रमेश दाइको कुरा सुन्दै थिए । सार्थक, प्रयास, विवेक, र किरणलाई पनि रमेश दाइको कुराले आकर्षित गरेको थियो । उनीहरू पनि रमेश दाइको कुरा ध्यान दिएर सुनिरहेका थिए । सबै आप्mनो कुरातिर आकर्षित भएको अनुमान गर्दै रमेश दाइले भन्नुभयो– “यो निरन्तरको लडाइँ झगडाले केही हुनेवाला छैन । देश झन्झन् गरिबीको कुचक्रमा पर्ने मात्र होइन, आधुनिक युगमा शक्तिशाली राष्ट्रहरूले बनाउने वैचारिक उपनिवेश बन्न पुग्नेछ, देश, यदि आपसी मतभेदले यसैगरी निरन्तरता पायो भने । तराई–पहाड– हिमालको मनस्थितिमा हामी विभाजित भइरह्यौंं भने । संसारका धेरै देशहरूले यो तथ्य बुझिसके तर नेपाल, त्यहाँका जनता र मुख्यरूपमा नेताहरूले कहिले बुझ्ने हुन्, कुन्नि १ स्वीट्जरल्यान्डले यो तथ्य बुझेको सयौं वर्ष भइसक्यो । स्वीट्जरल्यान्डले कुनै पनि किसिमको युद्ध नगरेको सयौं वर्ष भयो । त्यतिकै भयो कुनै पनि युद्धमा प्रत्यक्ष वा अप्रत्यक्ष लागेको । युरोपेलीहरूले पनि यो तथ्य प्रस्ट गरी बुझिसके । लडाइँ–झगडाले केही हुनेवाला छैन भन्ने कुरामा उनीहरूलाई कुनै शङ्का छैन । खासगरी कुनै समयमा शक्तिशाली कहलिएका बेलायत, फ्रान्स र जर्मनीलाई यो कुराको बोध अभैm राम्ररी छ । शक्तिशाली हुन र विकास गर्नका लागि शान्ति र मेलमिलाप आवश्यक हुन्छ भन्ने तथ्यको उदाहरण दिन जर्मनीले त अभैm एकीकरण गरेर नै देखाइदियो । प्रथम र दोस्रो विश्वयुद्धमा करोडौंको ज्यान गुमाएपछि युरोपले चेत खायो र युद्ध गरेर केही हुनेवाला छैन भन्ने निष्कर्षमा पुग्यो । युद्धले केवल धन र जनको विनाश मात्र हुन्छ । युद्ध यति डरलाग्दो हुन्छ कि युद्ध समाप्त भइसकेपछि पनि त्यसको मूल्य आउने कैयौं पुस्ताले चुकाउनुपर्दछ । युद्धले केवल अविश्वास, कटुता र शत्रुता मात्र बढाउँछ । त्यसैले युद्ध रोकेर आपसी सद्भाव बढाउनुपर्छ । यही उद्देश्यलाई मूर्तरूप दिन युरोपेली राष्ट्रहरूले युरोपियन युनियनको स्थापना गरे । युरोपियन युनियनका धेरै राष्ट्र सदस्य छन् । युरोपियन युनियनको साझा मुद्रा, साझा संसद् छ । युरोपियन युनियनका सदस्य राष्ट्रका नागरिकहरूले एउटा मुलुकबाट अर्को मुलुकमा गएर जागीर खान सक्छन् । उनीहरूलाई एउटा देशबाट अर्काे देशमा जान पासपोर्ट र भिसा देखाउनुपर्दैन रे १ शान्ति र विकासको पथमा लम्किन युरोपेली सङ्घका राष्ट्रहरू यसरी मिलेर बसेका छन् । लडाइँ–झगडाले केही हुनेवाला छैन भन्ने यथार्थ हाम्रो देशमा भने आम जनताले कहिले बुझ्ने हो ?”
यति भनेर रमेश दाइ चुप लाग्नुभयो । नीरजले केही बोल्न खोजेका थिए तर उनीभन्दा पहिले नै सार्थकले भने– “जनता होइन, यो यथार्थलाई नेताहरूले बुझ्नुपरेको छ ।”
सार्थकको कुरा काट्दै नीरजले भने– “अब यो यथार्थ जनताले बुझ्नुपर्छ । ठग नेताहरूलाई जनताले चिन्नुपर्दछ । उनीहरूको विभाजनकारी नीतिलाई बुझ्नुपर्दछ । अनि बन्द गर्नुपर्छ त्यस्ता ठगहरूलाई निर्वाचित गर्ने कार्य । एक/एक जना नेताको झन्डा बोकर एकापसमा विभाजित भएर बस्न छोडी नेपाल नामको एउटै छातामुनि सबै नेपाली अटाउन सक्नुपर्दछ । जब अनेक देश एउटा युनियनमा आबद्ध भएर बस्न सक्छन् भने हामी तराई–पहाड–हिमाल एक भएर किन बस्न सक्तैनौं ? क्षेत्र, जात, समुदाय, भाषा, भेष आदिलाई विभाजन रेखा मानेर कहिलेसम्म विभाजित भइरहने ?”
सबैजना नीरजको कुरा ध्यानपूर्वक सुन्दैथिए । किरण र विवेक बियर पिउनमा मस्त देखिए पनि उनीहरूको ध्यान नीरजको कुरातर्पm आकृष्ट भएको देखिन्थ्यो । क्षितिज पनि चुपचाप थिए । रमेश दाइ अलि घोरिएर गम्भीरतापूर्वक केही सोंच्न मग्न भए जस्तो लाग्यो । तर त्यो मौनताको स्थिति लामो समयसम्म रहेन । सार्थकले सबैतिर पालैपालो हेर्दै भने– “अब नेपालको नेतृत्व अराजनीतिक, निष्पक्ष र इमानदार व्यक्तिहरूले गर्नुपर्दछ । देशको नेतृत्व गर्न जनताले पनि त्यस्ता व्यक्तिलाई मात्र निर्वाचित गरेर पठाउनुपर्दछ । हाम्रो देशमा एकचोटि यस्तो किसिको थ्योरीको पनि प्रयोग गरेर हेर्नुपर्ने भएको छ । २०४६ देखि २०६७ सालसम्मको यो बीस–एकाइस वर्षमा घटेका घटनाक्रमहरूलाई हेर्दा प्रस्ट हुन्छ, नेपालका राजनीतिक नेताहरू राजनीतिक नेतृत्व दिन, देशको विकास गर्न, देशमा अमनचयनको स्थिति कायम गर्न पूर्णरूपमा अक्षम छन् । सक्षम छन् भन्ने अनेक बहानामा नेपालीहरूलाई विभाजित पार्न, उनीहरूबीच टकराव पैदा गर्न, अविश्वासको खाडल फराकिलो पार्न र त्यसो गरेर आपूm, केवल आपूm राजनीतिको केन्द्रबिन्दुमा रहन र आपूmलाई शक्तिशाली तुल्याउन ।”
हाम्रो कुराकानी चलि नै रहेको थियो । कुराकानीको क्रममा सोफामा बसेका विवेक उठे अनि नीरजतिर हेर्दै भने–“बस्नु छ विदेशमा गर्नुछ नेपालको चिन्ता, चाहिंदो कुरा पो गर्नुपर्छ ।”
विवेकको भनाइमा समर्थन जनाउँदै किरणले थपे– “नेपालको चिन्ता गर्नेहरूले नेपालमैं बस्नुपथ्र्याे, विदेश आउन पर्थेन, पलायनवादीहरू । आप्mनो स्वार्थ मात्र साँचेर बिनामतलब नेपालको लागि चिन्तित भएको देखाउनु …।”
किरणको भनाइले विवेकबाहेक सबैलाई एकसाथ उत्तेजित पा¥यो । क्षितिजले आक्रोशमिश्रित स्वरमा भने– “किरण, विदेश आउने जति सबै मौजमज्जाका लागि मात्र आएका हुन्छन् भन्ने भ्रम यदि तिम्रो मनमा छ भने त्यस्तो भ्रम केवल आपूmमा सीमित राख, यसो दुई/तीनजनाले कुरा गर्दा व्यक्त नगर । मानिसहरू विदेश विभिन्न किसिमका बाध्यताद्वारा सताइएर पनि आएका हुन सक्छन् । र, विदेश आयो भन्दैमा उनीहरूले आप्mनो देश चटक्कै बिर्सन्छन् भन्ने पनि होइन । तिमीजस्तो स्वदेशलाई बिर्सने मान्छे दुई/चारजना ननिस्किने भन्ने पनि होइन, अवश्य निस्कन्छन् । बियरको बोतलमा राष्ट्रिय स्वाभिमानलाई घोलेर पिउँछन् पनि । तर विदेशमा बसेर पनि नेपाललाई माया गर्ने नेपालीहरू लाखौं छन् । उनीहरू प्रत्येक दिन नेपाल र नेपालीका लागि चिन्तित हुन्छन् । हरक्षण नेपाल र नेपालीको उन्नतिको सपना देख्छन् ।”
शान्त किसिमले चलिरहेको वादविवादले झगडाको रूप लिने हो कि भन्ने भय मलाई लागेर आयो । नेपालीहरूको विभाजित मनस्थितिले कुनै उग्ररूप नलेओस् भन्ने वर्तमानको यथार्थलाई विचार गर्दै मैले भने– “साथी हो, प्रसङ्ग परिवर्तन गरौं । भोलि लुजियाना स्टेट क्यापिटल र मिसिसिपी रिभर हेर्न जान बिहान छिट्टै तयार हुनुपर्छ । त्यसैले अब सुत्ने तरखरतिर लागौं । रातिको साढे एघार पनि बजिसक्यो ।” मेरो भनाइमा सबैले सहमति जनाए । हामी सबै सुत्ने तरखर गर्न थाल्यौं ।
समाप्त
(स्रोत : प्रतीक दैनिक पत्रिका)