~अनुपम थामी~
अक्षेतामा दही राखी, टीका सार्दै थियौ
नजाउन प्रीय भनी, आँसु झार्दै थियौ
बिरानो यो ठाउँतिर, उडान भर्न लाग्दा
बाबु नानी काखमा राखी, मन मार्दै थियौ
बाबु नानी चिच्याएर, बाबा बाबा भन्दा
भक्कानिंदै-भक्कानिंदै झनै हार्दै थियौ
बध्यताको गर्हौं भारी, बोकी हिंड्न लाग्दा
दीर्घायूको अजम्बरी, बूटी तार्दै थियौ
डांडाकांडा वनपाखा, छल्दै ओझेल पर्दा
आफूलाई व्यबहारमा, अति खार्दै थियौ
-कालिन्चोक गाउँ पालिका
लापिलाङ दोलखा ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )