~अजित क्षेत्री~
आँसु पोखेर मोती उमार्ने रहर कहाँ छ
भन्देऊ त स्वार्थी नभेटिने शहर कहाँ छ ।
भाग्छन् मान्छेहरु जून टिपुँला जस्तै गरी
मान्छेले चाहे जस्तै हुने तर प्रहर कहाँ छ ।
हाम्ले दारु पिउनु हुन्न भन्ने सज्जन हिँजो
उसैले भन्यो आज पिउँछु जहर कहाँ छ ।
सिसाले सिसा र दिलले दिल तोड्छ भने
फूलले फूल काट्दैन भन्ने ठहर कहाँ छ ।
तिम्रो अबिश्वासमा झुन्डिएर बाँच्नु भन्दा
फाल हालेरै ज्यान फाल्छु नहर कहाँ छ ।
स्याङ्जा
हाल-आबुधावी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )