गजल : परिवर्तन सँगै

~निशा चौधरी~

परिवर्तन सँसार सँगै रमाउन र हाँस्न सिक
मस्तिष्कमा ज्ञानको माला लाउन र गाँस्न सिक ।

शत्रु र दुश्मनहरुले बेरीएको समाजमा
सुरक्षित साथ हिँड्न र बाँच्न सिक ।

कलाले भरिएको कोइली जस्तो गला तिम्रो
सुरिलो भाकामा गीत गाउन र नाच्न सिक ।

मरिमेटी कति घोट्छौ कोमल हातका नङग्राहरु
अलिकति लक्ष्यहरु बचाउन र साँच्न सिक ।

सत्यकुरा गाउँघरका नपचाउने मूर्खलाई
दोबाटोमै आधा जीउ बङ्ग्याउन र भाँच्न सिक ।

निशा चौधरी
नयाँगाउँ ४ बर्दिया
हाल :– कीर्तिपुर , काठमण्डौ

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.