~विष्णुबहादुर सिंह~
१.
भूगोलपार्क
हातहरु चलाई
कम्मरमा छामेर
एउटा कुनो
ओठहरु कामेर
नोटहरु साटिए ।
२.
लाजको घुम्टो
तिम्रो मुहारभित्र
बनेको छ पवित्र
मुस्कानसँग
लुकेको तिम्रो चित्र
भविष्यकै त्यो मित्र ।
३.नदीको नाउँ
फोहोरको भेलमा
पवित्रता जेलमा
वाग्मती नदी
कथा-व्यथा सम्झेर
आँसु बल्झिँदै रुँदै ।
– पोष्टबक्स नं. १९८६, काठमाडौ
(नोट : सेदोका जापानी शैलीमा लेखिने कविता हो । यसमा ५, ७, ७, ५, ७, ७ गरी ६ हरफ हुन्छ । शीर्षक राख्नु अनिवार्य नभए पनि राखेमा फरक पर्दैन ।)
(स्रोत : शब्दाङ्कुर असौज २०६४)