गजल : उद्यानमा फूल फूलाऊ

~अनुपम थामी~

जितोन्माद मात्र होइन , उद्यानमा फूल फूलाऊ
दिनै हजार माहुरी उडे, आफ्नै वागमा डुलाऊ

उखान पूराण नसुनाउ , काम गरी देखाउनुछ
जताततै समृद्धि र , विकासको द्वार खुलाऊ

खेतबारी बाँजै भाछन, दृष्टि त्यता लगाउनुछ
वैज्ञानिक कृषि कामले, फाँटभरी धान झुलाऊ

नाता,कृपा,फरिया भन्दा अलिकति माथि उठि
पारदर्शी बनी तिमी, कालो मन सबै धुलाऊ

बिदेशीको सँधै भर, पर्ने चलन हटाउनुछ
स्वावलम्बी दीप बनी, अब देशलाई झल्मलाऊ

-कालिन्चोक गाउँ पालिका
लापिलाङ दोलखा ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.