~हरी गौतम~
साँचो प्रेम गरी तिम्लाई, गल्ती गरे मैले..!!
सोझों मनलाई विश्वास दिलाई, गल्ती गरे मैले..!!
निष्ठुरीको घातले मूटु, जलेकै थ्यो पहिले ….,
त्यसै माथि घ्यू-तेल मिलाई, गल्ती गरे मैले..!!
रूखा-रूखा शब्द वाणले, दिलमा डस्दाखेरी..,
विष मार्नलाई अमृत पिलाई, गल्ती गरे मैले..!!
यता-उता छट्पटीदा, मन भित्रका पिड़ा…,
छोप्नु पर्ने अझैं हिलाई, गल्ती गरे मैले..!!
पछुतो छ, समय छँदा, आखा चिम्लीएर…,
जिन्दगी लाई ठक्कर खिलाई, गल्ती गरे मैले..!!
[[2″साचों प्रेम गरी तिम्लाई, गल्ती गरे मैले..!!
सोझों मनलाई विश्वास दिलाई, गल्ती गरे मैले..”2]]
हरी गौतम
खनदह-3,अर्घाखाची
हाल-भारत
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )