~सोम खनाल~
तिम्रो काखको सिरानी निदाउन देउ मलाई
चोखो प्रित को काहानी सुनाउन देउ मलाई
दिनै भरि कालो बादल लाग्ने हो की थाहा छैन
एउटा सुनको बिहानी रमाउन देउ मलाई ।
कहीले आयो बालपन कैले गयेछ जवानी
नदेखेरै सपनाहरु बितेछ पो रात पनि
यो हिउको बगैचामा एक्लै डुल्ने रहर् छैन
तिम्रो हातको कान्छी औंला समाउन देउ मलाई
ढुक्धुकीलाई सुनेको छु फुल टिपी उनेको छु
साउनको भेललाई बाध बाधि थुनेको छु
यही बिहानी आउला अनी प्यास मेट्न पाउला भनि
आधा जीवन बाची सके पुरा हुन देउ मलाई
तिम्रो काखको सिरानी निदाउन देउ मलाई
चोखो प्रित को काहानी सुनाउन देउ मलाई
दिनै भरि कालो बादल लाग्ने हो की थाहा छैन
एउटा सुनको बिहानी रमाउन देउ मलाई ।
– December 24, 2010
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)