~नवराज पोखरेल ‘पाखेली’~
माटोको भर ढुङ्गो हजुर ढुङ्गोको भर माटो
कसम खादै यसै भन्थेउ मोडेउ तिमीले बाटो
फुल छरे बाटो भरि बिछ्याएर चोखो माया
सजाएर तिमीलाई नै दिलको दाया बाया
माया दिए घात दियौ परतीको साटो
माटोको भर ढुङ्गो हजुर ढुङ्गोको भर माटो
कसम खादै यसै भन्थेउ मोडेउ तिमीले बाटो
छोडदिन म भन्थेउ तिमि समाएर हात
बदलेर चोखो नाता गयौ तिमि रातारात
हुन्न रै’छ सुख दुख जिन्दगीको पाटो
माटोको भर ढुङ्गो हजुर ढुङ्गोको भर माटो
कसम खादै यसै भन्थेउ मोडेउ तिमीले बाटो
(स्रोत : रचनाकारको ब्लगबाट सभार)