~विक्रम पवन~
म गाेली हुँ – मात्र गाेली हुँ
म शिरफुल हैन तिम्राे शिरमा सजाउन मिल्ने
म फूल हैन तिम्राे काेठामा सजाउन सकिने
म लकेट पनि हैन – गलामा नझुन्याउ
म त गाेली हुँ – मात्र गाेली हुँ
म चाहेर पनि तिम्राे याैवनमा सजिन सक्दिनँ ।।
–
मात्र यति सम्झनू
गाेली पहाड हैन – जाे उभिरहन्छ
गाेली तारा हैन – जाे अाकाशमा झुन्डी रहन्छ
गाेली नदी हैन – जाे बगिरहने
गाेली गाेली नै हाे
जाे पाेड्किन्छ ट्रेगर दबाए पछि ।।
–
चेम्बरमा भएकाे गाेली
जब बृजले हर्कत देखाउछ
तब मात्र निस्कन्छ कुतरबाट बुलेट
ठाेकिन्छ कसैकाे जिन्दगीमा गएर
बनाउछ सदासदाकाे लागि याैटा निर्जीव वस्तु
त्यसपछि सबसब मांसपेशी माटाे हुन्छ ।।
–
नचलाउ गाेलीलाई – जाे चलाएपछि पड्कन्छ
सम्झनू उस्तै हुन् गाेली र जनता
गाेलीले दुश्मन देख्न सक्दैन
जनताले देश द्राेही देख्न सक्दैनन् ।।
–
तिमीले मलाई बेलुन सम्झ्याै
र चलायाै / पड्कायाै
म पड्किएँ र ठाेकिएँ निर्दाेष छातीहरूमा
म गाेली हूँ तिम्राे ईसारामा नाँचि रहने
तिमीले नचायाै – म बेपर्वाह नाँचिरहेँ
तिमीले खेलायाै – म खेलाैना भएँ
तिमीले उचाल्याै – म उचालिएँ
तर सम्झनू कि गाेली
कुनैदिन तिम्रै छातीमा ठाेकीन सक्छ
त्यतिबेला तिम्राे मृत्युमा कागहरू
तिम्रै घरकाे धुरीमा बाँसुरी बजाइ रहने छन् ।।
–
गाेली गाेली नै हाे
जनता जनता नै हुन्
जाे चलाए पछि मात्र चल्छन्
गाेली देश जाेगाउनकाे लागि पड्कन्छ
जनता देश बचाउनकाे लागि लड्छन्
मलाई लाग्छ गाेलीकाे अर्काे रुप जनता हुन् ।।
–
म गाेली हुँ / निर्जीव पनि छु
तिमीले मेराे माैनताकाे फाइदा लियाै
मेराे सहारा लियाै / घर रित्ताे बनायाै
तिम्राे चुटाइले तराईका फाँटहरू दुखेका छन्
पहाडका चुचुराहरू दुखेका छन्
हिमालका हिउँहरूकाे गरिमा गुमेकाे छ
अामाहरूकाे मुस्कान खाेसिएकाे छ
अामा ! म निर्दाेष छु / निर्जीव पनि छु
म चलाए पछि मात्रै पड्किन्छु ।।
–
म बम पनि हुँ
लिबर निकालिए पछि ब्लास्ट हुन्छु
धाेस्त बनाउछु सपनाहरू
तर सम्झनू
मेराे चाहनाले कसैलाई सहिद बनाइनँ
यदि म आफू खुसी पड्किन्थेँ भने
सबै भन्दा पहिला दार्जिलिङ, गढवाल,
कुमाउ, काँगाडा, कालापानी बेच्ने
ठेकेदारहरुलाई याैटै चितामा बनाउथेँ ।।
–
अामा ! मलाई माफ गर्नु हाेस्
म गाेली हुँ मात्र गाेली
रिटानीङ् रडले बफर प्लेटमा
ठक्कर खाएपछि मात्र पड्किन्छु
र नचाहेरै पनि ठाेकिन बाध्य छु
देश बनाउने छातीहरूमा
कारण ! म कसैकाे दबाबमा पड्कन्छु ।।
–
मेराे माैन संवाद बुझ्नेहरूले पनि बुझेनन्
मेराे स्थिरता देख्नेहरूले पनि देखेनन्
मलाई बनाएका हुन् विद्वानहरूले
सायद मलाई बनाउनुकाे केही उदेश्य हाेला
र त बनाएका हुन् दिमाख खर्चेर
मलाई जन्माउने बा अामाले साेचेका हुँदा हुन्
मेराे सन्तान देश द्राेहीकाे बिरुद्धमा लडाेस् ।।
–
यस्ताे लाग्छ मलाई किन निर्जीव बनाइयो ?
सधैँ सधैँ अरूकै इसारामा नाच्नु पर्ने
कस्ताे जिन्दगी हाे मेराे
अाफुले चाहेकाे मान्छेलाई मार्न सक्दिनँ
काेही त पक्कै छ हाेला
मलाई सहि ठाउँमा प्रयाेग गर्ने ।।
–
यदि फेरि त्याे दिन अायाे भने
ए जनताहरू सबै भन्दा पहिला
त्याे व्यक्तिहरूलाई तार्गेट बनाउनु
जस्ले तिमीलाई बन्दुक बाेक्न सिकायाे
जस्ले तिमीलाई अयोग्य लडाकु बनायाे ।।
–
त्यतिबेला पक्कै महसुस गर्नेछ
अागाेकाे रुप सधैँ याैटै नहुँदाे रहेछ
पानी सधैँ एकनाशले नपर्दाे रहेछ
खाेलाले सधैँ याैटै गति नलिँदाे रहेछ
जरुर भन्ने छ उस्ले पनि त्याे गाेली हाे
जाे चलाएपछि मात्र चल्छ
पड्काएपछि मात्र पड्कन्छ ।।
–=-=–
विक्रम पवन
रामेछाप