~विनय रावल~
विसङ्गति हेरेर बस्नु
यहाँको नियति भइसक्यो
नराम्रो खबर सुनेर बस्नु
यहाँको परम्परा नै भइसक्यो
छातीभित्र आक्रोश थिचेर बस्नु
यहाँको बाध्यता भइसक्यो।
हे ईश्वर ।
किन मलाई आँखा चाहियो ?
किन मलाई कान चाहियो ?
किन मलाई मुख चाहियो ?
मलाई दया गर
मलाई तिमी आफूजस्तै बनाऊ ।