~अज्ञात~
लेखकज्यू हजुरले देख्नु नै नभएको हो कि जानीजानी टाहोलीदै हुनुहुन्छ -’ परिचित आवाज सुनेर थोरै झस्किदै आवाज आएतिर म फर्किए । रवाफीलो त्यो अनुहार मुस्कुराउदै मलाई नै एककोहोरो हेरीरहेको थियो ।
‘अस्तिनै मैले लेखक भनेर कुरा गरेकी थिए नि, उहां नै हुनुहुन्छ ।’ मैले एकै शव्द बोल्न नपाई नै उ आफूसंगै उभीएको लोग्ने मान्छेतिर फर्किएर उसले भनी । उ थोरै हतासीएझै देखिन्थी । उसको कर्म हर्ेर्दै म हासीरहे मात्र । आफूलाई आदर गरीयोस भन्ने भाव मैले उसको पहिलो बोलीमै संकेत पाए । किनकी उ यसरी बोलीरहेकी थिई, ताकी आफूलाई कलेजका दिनहरुमा जस्तो ‘तिमी अथवा यार’ शव्दले संवोधन गरीएको नहोस ।
‘नमस्ते हजुरलाई कसले चिन्दैन र मेरो श्रीमती तपाईकै बोरेमा बारम्वार कुरा गरीरहन्छे । हजुरलाई आज भेटेर एकदम खुशी लाग्यो ।’ मैले बोल्न नपाई नै त्यस लोग्ने मान्छेले दश औली जोडदै भन्यो । त्यो लोग्ने मान्छे उसको श्रीमान भएको कुरा मैले त्यहीवेला थाहा पाए । कुरा कहांनेरबाट अगाडी बढाउने म थोरै अलमल्लमा थिए ।
अहिले हामी मूल सडकदेखी थोरै पाखा लागेर वरीपरी उभीएका थियौ । मैले उसलाई नदेखेको तिन बर्षौ भइसकेको थियो । उसलाई नियालेर हेरे, उसभरी छरीएका उसका सुन्दरता जस्ताको तस्तै थियो ।
एक समय नजानीदो मेरो माया बसेको थियो उसंग । त्यसैले मेरो हरेक दुःख-शुखलाई उसले नजीकबाट बुझेकीछ । अचानक आज उसलाई देखेर ति बिगतको संझना भयो । ‘तपाई’, ‘हजुर’ जस्ता शव्द प्रयोग गर्ने भइसकेकी रहेछ । उसले प्रयोग गरेका ति शव्दभित्र मैले उसको नयां घरको सभ्याताको एक अंश देखेको थिए । र, चाहादै चाहदै पनि अहिले म बोल्न सकिरहेको थिइन“ । त्यसैले म एकपाराले मुस्कुराइरहे मात्र ।
उ बोल्दै गई, म भने उसको कुरा सुनेको अभीनय गर्दै उसैको छेउमा उभीरहेको मान्छेलाई मनमनै तौलीन थाले । उसले आंखालाई पावरवाला चश्माले छोपेको थियो । यसबाट उसको नेत्रशक्ति कमजोर भएको मैले अनुमान गरे । उमेर पांच छ बर्षै फरक जस्तो देखिन्थ्यो । तर उ गम्भिर र हसीलो थियो । गम्भिर मान्छे उ मन पराउदैनथी । संकटमा परेरै उसले बिबाह गरेकी हुनर्ुपर्छ भन्ने मैले अनुमान गरे ।
उवेला खुव ‘चुजी’ थिई । आफूलाई स्पष्ट केटो मनपर्छ भन्थी । आफूभन्दा कम पढेको श्रीमान भयो भने जीवनमा सामाजिक बोझ आर्इपर्छ भन्थी, तिमी त संवेदनसील छौ- त्यस्तो पक्कै नहोला भनेर सुनाउथी, पैसै सबै थोक हो भन्नेसंग पनि नारीले शुःख पाउदैन दिन्थी । तिमी थोरै मात्र मोटो भइदिएको भए क्या ‘हयाण्डसम’ देखिन्थ्यो होला भन्थी । ‘जिम’ गर न भनेर कुनैवेला उक्साउथी । यसरी हुने नहुने बहाना लिएर उ मलाई भेट गर्न आइरहन्थी र आज पनि उसको बोलीमा मैले कताकता त्यही आभास पाइरहेको थिए । उसको अनुहारमा मैले आफ्नो तिनै अतित झल्झल्ती देखेको थिए ।
‘हजुर त बिसन्चो हुनुहुन्छ कि क्या हो ।’ म नबोलीरहेको देखेर उसले आफ्नो जिज्ञासा पोखी । ‘मलाई त्यस्तो केही भएको छैन । हजुरको रसीलोपन अझै ज्यूकात्यूं देखेर बरु मलाई एक प्रकारको आनन्द आइरहेको छ । के पो भन्नु खोज्नुहुदै थियो – भन्नुहोस न ।’ उ बोलीरहेको मैले सुन्न चाहे ।
‘हजुरको फर्ुकाउने बानी पनि त हटेको रहेनछ नि । आखीर लेखक न पर्नु भो, कसले भ्यावस ‘ मैले उसलाई हजुर शव्द प्रयोग गरेर संवोधन गरेका सुनेर प्रफुल्लीत मुद्रँमा मेरो तारीफ गर्दै उसले भनी ।
आफूलाई खुवै सुन्दरी ठान्थी, रुपको घमाण्ड थियो उसग । गोरखामेजरकी छोरी हूं भन्थी, क्याम्पस सकीसकेको कुरा गर्थी, घरको एक्ली छोरीको रवाफ थियो, देश खाई शेष भएकी छोरी हू भन्थी, हरेक कुरा बिदेशसंग दांजेर गर्थी । म पनि आफूलाई कम ठान्दीनथे । आखीर म एम.ए. गरीसकेको जवान थिए । बिदेशी एन.जी.ओ. मा काम गर्दै गरेको शान थियो, आफ्नो कृतीमार्फ आफूलाई चारैतिर चिनाउन सफल थिए । को भन्दा को कम हुदा समय समय हामी तर्क बितर्कमा उत्रन्थ्यो । मेरो तर्कदेखी उ हार मान्थी, तर पनि उ मलाई खुवै माया गर्थी, जसरी मैले गर्थे ।
कलेजको बिदा मनाउने क्रममा चारबर्षपहिले घर नगएर हामी पोखरा गएका थियौ । एकहप्ताको बिदा त्यो वेला मलाई दर्ुइ दिनझै लागेको थियो । साधरण लजमा बस्ने मेरो प्रस्ताव सुनेर आफ्नो सभ्रँन्तपन देखाउदै उसले भनेकी थिई- ‘छिः कस्तो हौ तिमी त नबस्नु बसेपछि रिसोर्टमा बस्ने नि यार । फेरी फेरी यसरी आउन पाइने हो कि होइन ‘
उसको कुरा सुनेर त्यसवेल मैले केही बोल्न सकिरहेको थिइन“ । त्यसपछि हामी टयाक्सी लिएर कुनै टाढाको सुन्दर रिसोर्टमा पुगेका थियौ । पोखरा भ्रमणको पहिलो दर्ुइ दिन हामी घुम्नमा भन्दा रम्नमा व्यस्त रहेका थियौ । राती म निदाउन लाग्दा ‘आव्वर्ुइ यो के हो त्रि्रो छातीमा -’ भन्दै मेरो छातीनेरको सानो गिर्खा छाम्दै मलाई सोधेकी थिई । आफ्नो कुरुप्तामा त्यो वेला मलाई थोरै हिनवोध महसुस भएको थियो । त्यही बुझेर हुन सक्छ- ‘डक्टरलाई देखाएको छैनौ – त्रि्रै जस्तो मेरो पनि सानो गर्ीखा पलाएको छ, यहांनेर छाम त †’ भन्दै अन्धकारभित्र आफ्नो स्तन माथीबाट उसको गिर्खासम्म मेरा हातलाई डोहोराएकी थिई । यसरी हाम्रो ‘पोखरा भिजीट’ अबिस्मरणीय हुन पुगेको थियो ।
अहिले उ बोली नै रहेकी थिई । उसलाई सुन्दासुन्दै मेरो आंखा अचानक उसको औठीमा ठोकीन पुग्यो । त्यो औठी मैले त्यही पोखरा घुम्न गएको बेलामा चिन्हो स्वरुप दिएको थिए । त्यो औठी धेरै बाचाहरु बोकेको औठी थियो । औठी जस्ताको तस्तै थियो । औठीको माथील्लो भागमा हामी दुवैको नामको पहिलो अंग्रेजी बर्ण्र्ााुदेर राखेका थियौ, जुन अहिले जस्ताको तस्तै देखिन्थ्यो । त्यो औठी देखेर मलाई नरमाइलो लाग्यो ।
‘बुढापाकाहरु सुनको चिनो नलीनु भन्छन, तर तिमीले मन गरीहाल्यौ, यसैले हाम्रो माया अमर बनावस’ भन्दै त्यो दिन मलाई म्वाइ खाएर आफ्नो देब्रे कान्छी औलामा त्यो औठी वेरेकी थिई । ‘प्यारी छोडदेउ उहीलेका ति कुराहरु जसले जे भनेपनि तिमी आखीर मेरै हौ क्यार, आउ..’ भन्दै मैले उसको लागी आफ्नो अंगालो फिजाइदिएको थिए । र त्यही वेला हामीले हुने नहुने बाचाहरु गरेका थियौ, कसम खाएको थियौ, हर्षबभोर भएका थियौ । तर दर्ुभाग्यवस हिडदा हिडदै हामी बिच बाटोमै हराउन पुग्यौ, हामी दुवैलाई आजसम्म थाह छैन । अहिले घामको किरणले उसको औलाको औठीको छाया मतिरै फर्काइरहेको थियो र म उवेलाका तिनै बाचाहरु संझना गरीरहेको थिए ।
हामी भुलीएको आधाघण्टा बढी भइसकेको थियो । दिनको मध्यान्ह, पानी पर्ला जस्तै गरी आकाश धुमीनु थालेको थियो । सडकमा मान्छेहरु कम देखिन थालीएका थिए । तर हामी भने एकाग्र उभीरहेका थियौ । मप्रतिको उसको श्रीमानको दृष्टीकोण अर्कै पर्न सक्छ भनेर मैले भने- ‘के गर्ने मैले पनि बिबाह गरे । बिदेशीहरुको भर गर्नु वेकार रहेछ । एन.जी.ओ. त्यही साल उठेर गयो तर लेख्ने काम भने छुटाएको र्छर्ुइन“ । बिदेशमाझै हामी नेपाली लेखकको अवस्थ राम्रो छैन, दुःख छ । त्यो दुःखमा म आफू पनि छु । हिजो मात्र कथा संग्ा्रहको बिमोचन भयो । दोश्रो निबन्ध संग्रह प्रेशमा छ । गुजाराकै लागी म कलेजमा धाउदैछु । श्रीमती वैंकको कर्मचारी छे । उ अहिले सुत्केरी छे । हामी एक छोराको अबिभावक पनि भइसक्यो, बिबाह गरेको हिजो जस्तो मात्र लाग्छ । तर उवेलाका मेरा दुःख भने ज्यूका त्यू नै छन, ढांटेको हैन…’ पछिल्लो संवाद मैले उप्रति देखाउने गरेको माया जीवीतै छन भन्ने मेरो आसय थियो ।
मेरो कुरा सुनेर उ थोरै उदाश देखर्ीइ । उसलाई देखेर आफ्नो पछिल्ला संवाद व्यार्थै सुनाएछु जस्तो लाग्यो । केहीवेर अगाडी उसले आफ्नो श्रीमान मलाई परिचय गराउदा मेरो पनि मन त्यसरी नै कुडीएको थियो । सायद उ म पिता बनेको सुन्न चाहन्नथी । उसको अनुहारमा देखा परेका भाव देखेर मलाई नरमाइलो लाग्यो । पानी छिटाउनै लागेको थियो । त्यसैले मैले बिदा हुने आफ्नो मनसाय प्रकट गरे ।
‘खै के गर्ने लेखकज्यू – कुबाटोमा भेट भयौ, खाली नै छुट्टीनु पर्यो ।’ निर्दोष उसको श्रीमानले आफ्नो औपचारिक्ता निभायो । ‘भाग्यमानीहरु यस्तै ठाउमा त भेट हुन्छन । बरु आफूलाई भाग्यमानी ठानौ, नमरे बांची फेरी भेट भइसहालीन्छ नि । यसरी भेट हुन पाउदा म ज्यादै खुशी छु ।’ दश औली जोडदै मैले सम्मानपर्ूवक भने ।
अभिवादन साटदै हामी छुट्टयिौ । त्यसपछि उनीहरु पश्चिमतर्फलागे । मनभरी उव्जीएका कुरा खेलाउदै पर्ूवतिर म लागे । तर, छुट्टीएपछि पनि मेरो मन भने उनीहरुलाई नै संझीरहयो ।
आफ्नो श्रीमतीले मेरो बारेमा उसलाई धेरै कुरा भनेको हुनसक्छे । हर्ेदा मात्र सोझो जस्तो देखिएको हो, मौका मात्र पाउनु पर्छ, यो लेखकले बांकी केही राख्दैन भनेको हुन सक्छे । अथवा, यो लेखकको मन सँर्है चिसो छ, झुक्कीएर पनि उसंग संगत नगर्नु भनेको हुन सक्छे । अथवा, लेखक जस्तो देखीएको थिए, बिचराको वानीवेहोरा पनि त्यस्तै छ भनेको हुन सक्छे । सार्है सरल मान्छे छन, दैबले आज कहांबाट भेट जुराइदियो भनेर खुशी व्यक्त गरेको हुन सक्छे । श्रीमतीको कुरा सुनेर मप्रतिको उसको धारणा नयां बनेको हुन सक्छ । तर, मसंगको उसको श्रीमतीको बिगत त्यस लठूवालाई कस्ले भनी दिने † संझदा संझदै मेरो मुखबाट अनायासै एक खित्क हासो फुत्कीयो । त्यस हासो भित्र मेरो आफ्नोे बिगत पुरुषार्थको एउटा अंश थियो ।
केही कदम चालेपछि मैले उनीहरु भएतिर फेरी हेरे । आफ्नो अंगमालमा बांधीएर उनीहरु अगाडी बढीरहेका थिए । उनीहरुलाई संझदा संझदै मेरो मनमा अचानक बिभुषण नामको मान्छेको याद आयो । दर्ुइ महिना अगाडी मात्र बजारबाट हामी र्फकदै गर्दा ‘अरे यार † कता हौ, चिनेनौ -’ भन्दै मेरो श्रीमतीसंग उ बोल्न खोजेको थियो । उसको त्यो रवाफ देखेर त्यो बेला मलाई अनौठो लागेको थियो । आज मैले आपनो भूतपर्ूवको औठी अवलोकन गरेझै नै उसले पनि मेरो श्रीमतीको औठी नियाल्दै कलेजका दिनहरुको कुरा गरेको थियो । त्यस घटनालाई संझेर मेरो मन अनायसै ससंकीत हुन थाल्यो । मनको पर्दाभरी बिभुषण मात्र देखा पर्न थाले । तर, बिभुषणसहितका ति दृष्यहरु भने मलाई कुनैपनि मन परीरहेको थिएन ।
केहीबेर अगाडी आफ्नै भूतपर्ूवसंगको भेटमा देखिएका परिदृष्यहरु संझन मैले पुनः प्रयास गरे । आकाशलाई कुइरोले छोपेझै मेरो मनस्पटललाई बिभुषणको चित्रले पुरै छोपीसकेको थियो । त्यस कुइरोभित्र मैले आफूले चाहेको आफ्नोे भूतपर्ूवको तस्विरहरु खोज्न थाले । तर, मेरो मनसपटलभरी बिभुषणै बिभूषणहरु मात्र ओहोर दाहोर गरीरहेका थिए ।