~विश्वराज अधिकारी~
मेरो अन्तरङ्ग मित्र दिवाकरकी पत्नी, राधाको बारेमा मेरी छोरी ग्रीष्मालाई मैले विस्तारमा यति धेरै कुरा बताएको थिए“, उनको भद्रताको, उनको बौद्धिकताको, उनको सुन्दरताको बारेमा यति प्रशंसा गरेको थिए“ कि ग्रीष्मा पनि तयार भएकी थिइन्, राधालाई भेट्न । ग्रीष्मा राधाको व्यक्तित्वबाट अति नै प्रभावित हुन पुगेकी थिइन् । हामी डिनरका लागि आमन्त्रित भने राधा र दिवाकर दुवैका तर्पmबाट भएका थियौं ।
प्रारम्भमा भने केवल म मात्र राधालाई भेट्न र डिनर खान जाने योजना बनेको थियो, नेपाल पुगेपछिको दोस्रो दिन । नेपाल आउनुपूर्व मैले न त राधाको बारेमा, न त दिवाकरको बारेमा ग्रीष्मालाई केही भनेको थिए“ । उनलाई पटक्कै थाहा थिएन ।
अमेरिकादेखि नेपालसम्मको बाटोमा मैले ग्रीष्मालाई राधाको बारेमा भने बताएको थिए“ । ग्रीष्मा र म अमेरिकाबाट नेपाल पुगेका थियौं, करिब दुई महिनाको छुट्टी बिताउन । मैले अध्यापन गर्ने र ग्रीष्माले पढ्ने, दुवै कलेज ‘समर भेकेसन’ भएको कारणले बन्द थिए, अनि घुम्न सजिलो भएको थियो पनि । ग्रीष्माले मास्टर्स गर्दै थिइन् ।
काठमाडौं, लाजिम्पाटस्थित राधाको घर पुग्ने क्रममा हामी बाटोमा थियौं । हाम्रो यात्रा इमाडोलबाट शुरू भएको थियो । रातिको खानाको लागि हामी आमन्त्रित थियौं । तर दिउ“सो नै राधाकहा“ पुग्ने मैले निधो गरेको थिए“ । यो घटना सन् २०१६ अगस्त महिनाको हो । हामी दुवैजना ट्याक्सीमा थियौं । काठमाडौंमा हुने डरलाग्दो सडकजामले केवल आधा घण्टाको यात्रालाई दुई घण्टा पार्ने तरखर गर्दै थियो ।
मैले ग्रीष्मालाई भनें– “राधाका पति दिवाकर मेरा घनिष्ट मित्र हुन् । हामी दुवै वीरगंजका, अनि स्कूल र कलेजदेखिका साथी पनि हौं । दिवाकर यहा“को एक अस्पताल, वीर अस्पतालमा गैस्ट्रो इनटेराइटिस सर्जन छन् । उनले ख्याति र पैसा, दुवै उत्तिकै कमाएका छन् । म काठमाडौं आएको बेलामा दिवाकरलाई भेट्न छुटाउ“दिन“ । साथै राधालाई पनि । राधालाई त झन् छुटाउ“दिन“ । जुनसुकै अवस्थामा पनि उनीलाई भेट्छु नै ।”
ग्रीष्माले प्रश्न गरिन्– “बुआ, दिवाकर अड्ढल तपाईंको एकदम घनिष्ट साथी हो ?”
“हो,” मैले उत्तर दिए“ ।
“तर तपाईंले न त कहिले पनि दिवाकर अड्ढलको, न त राधा अन्टीको बारेमा कुरा गर्नुभयो, किन ?”
“त्यस्तो समय आएमा भन्ने विचारमा थिए“,” मैले जवाफ दिए“ ।
हामी दिवाकरको निवासमा पुग्दा सा“झ पर्न थालेको थियो ।
भवन निर्माण दुर्घटनामा परी मलद्वारमा बा“स पस्न गएको एक मजदुरलाई अति नै आपत्कालीन स्थितमा वीर अस्पताल पु¥याइएको र उक्त बिरामीको तत्काल शल्यक्रिया गर्नुपर्ने र त्यो शल्यक्रिया घण्टौंसम्म चल्न सक्ने हुनाले दिवाकर घरमा आउन पाएका थिएनन् । उनले फोनद्वारा हाम्रो स्वागतका लागि उपस्थित हुन नपाएकोमा खेद व्यक्त गर्दै राधालाई एसएमएस छाडेका थिए ।
हामी पुग्नासाथ राधा, म र ग्रीष्माबीच कुराकानीको सिलसिला शुरू भएको थियो । कुराकानी निकै बेर चल्यो ।
रातिको नौ बज्दा खाना खाने कार्य शुरू भयो ।
खाना खाएपछि मेरो र राधाबीच कुराकानीको सिलसिला पुनः शुरू भयो । तर योपटक भने ग्रीष्मा हामी दुईबीचको कुराकानीमा सामेल नभएर राधाको छोरा सुयोगस“ग कुरा गर्नमा व्यस्त भइन् । लिभिङ रूममा नबसेर माथिल्लो तल्लामा रहेको सुयोगको कोठामा पुगिन् । सुयोगले केही महिना पूर्व मात्र एमबीबीएस सक्याएका थिए ।
राधा, म र दिवाकर तीनैजनाले स“गै आईएस्सी पढेको र हामी तीनैजना घनिष्ट साथी भएको हुनाले मैले राधा भन्ने गरेको थिए“, भाउजू भन्ने गरेको थिइन“ ।
लिभिङ रूममा लामो समयसम्म कुरा भएपछि राधाले केही तस्वीर हेर्न आग्रह गरिन् । ती तस्वीर हेर्न उनको बेडरूममा हिंड्न उनीले इशारा गरिन् । हामी दुवै बेडरूममा लाग्यौं र केही बेर तस्वीर हे¥यौं । हामीले बेडरूममा बसेर निकै बेरसम्म गफ पनि ग¥यौं ।
बेडरूमबाट बाहिर आउ“दा रातिको एघार बजिसकेको थियो । ग्रीष्मा र सुयोग अभैm माथि कुरा गरिरहेका थिए । शल्यक्रिया सफल भए तापनि बिरामीलाई रेखदेखमा राख्नुपर्ने भएकोले दिवाकर राति दुई बजेतिर मात्र घर आउन सक्ने जानकारी राधाले फोनबाट पाइसकेकी थिइन् ।
मैले हा“स्दै भनें– “राधा, दिवाकरको स्केज्युल निकै टाइट हु“दो रहेछ, कामबाट फुर्सत पाउन निकै गा¥हो हुने… है ?”
राधाले भनिन्– “दिवाकरको जीवनको तीन चौथाइ समय अस्पताल र क्लिनिकमा बित्छ र केवल एक चौथाइ मात्र घरमा बित्छ ।” यति भनेर राधा केही बेर हा“सिन् पनि ।
निकै ढिलो भएको अनुमान गर्दै आप्mनो आवाजलाई केही चर्काे पारेर मैले भनें– “ग्रीष्मा, घर जाने होइन ? झन्डै आधा रात हुन थाल्यो । आज यतै बस्ने विचार छ कि क्या हो ?” यस्तो भनेर हामी जाने हतारमा रहेको सूचना मैले राधालाई पनि दिन चाहेको थिए“ ।
हामी हाम्रो निवास इमाडोलतर्पm लाग्न राधाको दरबारभैंm प्रतीत हुने घर छोड्दा रातिको एघार बजेको थियो । हामीलाई घरसम्म पु¥याउन राधाले आप्mनो ड्राइभरलाई आग्रह गरेकी थिइन् ।
भोलिपल्ट म र ग्रीष्मा काठमाडौंमा रहेको बसन्तपुर दरबारको अवलोकन गर्दै थियौं । केही महिना पहिले गएको डरलाग्दो भुइ“चालोले दरबारलाई नराम्ररी क्षतिग्रस्त गरेको दृश्यले हामीलाई सा¥है दुःखी पारेको थियो । दरबार परिसर हेर्ने क्रममा मैले प्रस· परिवर्तन गर्दै भनें– “ग्रीष्मा, कुनै यस्तो सम्बन्ध हुन्छ, जसको कुनै नाम त हु“दैन तर त्यो वर्षाैंदेखि कायम रहन्छ ।”
प्रस· परिवर्तनसहित आएको नौलो विषयले ग्रीष्माको ध्यान तुरुन्त आकृष्ट ग¥यो । दरबार परिसरतिर पैmलिएको आ“खालाई मतिर केन्द्रित गर्दै उनले प्रश्न गरिन्– “के भन्न खोज्नुभएको, मैले त प्रस्ट गरी बुझिन“, बुआ ?”
“मैले अघि भनेको कुरालाई उदाहरणसहित भन्छु । यस्तो गरेमा बुभ्mन सजिलो होला ?” मैले भनें ।
मैले भनें– “हेर ग्रीष्मा, एक महिला र दुई पुरुष गरी तीनजना घनिष्ट मित्र छन् । तीनैजना कलेजमा एउटै कक्षामा, एउटै विषय पढ्छन् । ती युवतीको पहिलो युवकस“ग प्रेम हुन्छ । प्रगाढ प्रेम हुन्छ । तर युवतीको बिहे भने दोस्रो युवकस“ग हुन्छ । पहिलो युवक गरीब परिवारको भएको र दोस्रो युवक धनी परिवारको भएकोले युवतीको आमाबुबाले बलपूर्वक ती युवतीको बिहे दोस्रो युवकस“ग गरिदिन्छन् । दोस्रो युवकलाई भने केही थाहा छैन । पहिलो युवक र युवतीको प्रगाढ प्रेमको बारेमा उसलाई केही थाहा छैन, अनुमान पनि छैन । दोस्रो युवक केवल पढाइमा केन्द्रित रहने प्रकृतिको छ ।”
मैले भन्ने क्रम जारी नै राखें– “बिहेपछि पनि पहिलो युवक ती युवतीलाई भेट्न निरन्तर जान्छ तर दोस्रो युवकले एक असल मित्र उसलाई निरन्तर भेट्न आएको विश्वासमा बस्छ । यो क्रम आज तीस वर्षदेखि चलिरहेको छ । निरन्तररूपमा ।”
“पहिलो पुरुष र ती महिला, अबको स्थितिमा, बीचको सम्बन्धलाई के नाम दिने, ह“ ग्रीष्मा ?” मैले प्रश्न गरें।
“खोई, म भन्न सक्ने स्थितिमा छैन । मलाई थाहा भएन पनि ।”
ग्रीष्माले थपिन्– “त्यो पहिलो युवक नरेन्द्र उपाध्याय हो । तपाईं नै हो । यति चाहिं भन्न सक्छु ।”
“हैन त ?” ग्रीष्माले प्रश्न पनि गरिन् ।
“तिम्रो यो उमेरले तिमीलाई यो प्रश्नको उत्तर दिन सजिलो पारिदियो ।” यति भनेर म निकै बेर हा“सें ।
ग्रीष्मा पनि हा“सिन् ।
(स्रोत : प्रतीक दैनिक पत्रिका)