~प्रमोद अमात्य~
जीवनको हर यात्रामा
साथ तिमी हिँड्नु
उकाली र ओरालीमा
हात तिमी दिनु
कहीँ कतै हराएँ भने
खोज्न तिमी आउनु
लड्न खोजेँ कतै भने
थाम्न तिमी आउनु
हिँड्दा हिँड्दै थाकेँ भने
सुस्ताउँदा तिमी आउनु
शब्द : प्रमोद अमात्य
सङ्गीत : उमेश सुब्बा