~सन्तोष चिमरिया~
दुइ दिनको यात्राले थकित म एउटा बिसाल रूखको फेदमा आइपुगेको रहेछु ।अनि बिश्रामको लागि केहि सुकेका पातहरू ओछ्याएर त्यहि घना जगंल बिचको बिसाल रूखको फेदमा लडेको थिए । अब मेरो शरिर उत्तानो परेको थियो र मेरा आंखाहरू गगनतर्फ थिए । अनि एउटा हात निधारमा राखेर जब म निदाउने उपक्रममा लाग्दै थिए ,ठिक त्यहि रूखमाथीको दृश्य अचानकसगं मेरो आंखामा परेको थियो । एउटि लगभग नग्न आदिबासि युबती त्यहि रूखको हागामा लेपसिएर मलाइ एकोहोरोसंग हेरीरहेकी थिइ । सायद म लुगा लगाएको अचम्मको मान्छेसंग अलि डराएकि पनि थिइ कि !तर त्यो दृश्यले म हत्पत अचानकसित उठेको थिए । तर त्यो जगंली कन्या बडो फुर्ती र साबधानिका साथ अर्को रूखमा हाम्फालेकी थिइ । अनि त्यसरी नै अरू ३-४ बटा रूख छिचोलेर मसंग एउटा सुरक्षित दुरी बनाएकि थिइ ।
अब मैले त्यसलाइ सिगैं र स्पस्टसगं देखेको थिए । गोलो र थेप्चो थेप्चो मंगोलियन अनुहारमा त्यसका दुइ ठुला ठुला काला र चंख आंखा,राता भएर पूष्टिएका गाला अनि कालो घना बादल जस्तो त्यसको लामो कपाल अनि हरिणको जस्तो त्यसको चाल र शरिर,कुनै पनि सुन्दरताको उच्चतम परिभाषामा अटाउन आनाकनी गरीरहेको थियो ।त्यसका माथिल्लो नग्नता केराको पातले बेरीएका थिए अनि त्यसको तल पट्टिको नग्नता शिकार खेल्ने सामाग्रीहरूले अलि अलि छोपिएका थिए। स्त्रिको भेोतिक देहको सुन्दरता र त्यसमा रहेको आर्कषण गर्ने मोहक चुम्बकिय शक्तिको प्रत्यक्ष अनुभब पहिलो पटक मलाइ भइरहेको थियो ।मेरा सम्पुर्ण थकाइहरू हराएका थिए । र शरिर अचानक चंगा भएको थियो । मेरो सम्पुर्ण आन्तरिक चेतनाहरू त्यहि नारीमा केन्द्रित भएका थिए । र म कूनै स्वचालित यन्त्र जस्तो त्यो नारी तर्फ खिचिदै जान थालेको थिए ।
तर त्यो असुरक्षाले अचानक मृग जस्तो भाग्न थालेकि थिइ । र म भित्र अचानक उब्जीएको उर्जा उसलाए बाघले जस्तो खेदाउन थालेको थियो । अब त्यहा बांकि सबैकुरा तपशिल भएका थिए । मेरा सबै पृश्ठभुमि र लक्षहरू त्यहा आइपुग्दा बिर्शजित भएका थिए । त्यहा केबल बर्तमान थियो र म उसलाइ खेदाइरहेको थिए र उ भागिरहेकि थिइ । उ भाग्दै गएर एउटा बिसाल पोखरिमा झ्वाम्म हाम्फालेकि थिइ ।र तिब्रसगं पेोडिदै पोखरी तरेर पारी डिलमा पुगेका थिइ । त्यसको माथि बेरीएको केराको पात बिचमा कतै छुटेको थियो जसले गर्दा त्यो माथि पट्टि नाङै थिइ । अब त्यसको र मेरो बिचमा एउटा सिंगै पोखरी तगारो बनेर उभिएको थियो । र पारीबाट उ मलाइ पोखरीको दुरी छिचोलेर आफुसम्म आउन चुनेोति दिइरहेकि थिइ ।अनि म पेोडन सुरू गरेको थिए । निरन्तर पेोडिदै पोखरिको मध्यभागलाइ धेरै पछाडी छोडेर जब म त्यो युवति नजिक पूग्न लागेको थिए त्यो फेरी जगंलतिर भागेर बेपत्ता भएकी थिइ । अनि म किनारमाथि उक्लिएर अर्धय भएर उसलाइ खोज्न थालेको थिए ।
पोखरीको डिलभन्दा माथि रहेको घना जगंलको एउटा ढिस्कोबाट अकस्मात त्यो पुन प्रकट भएकि थिइ ।र पुन मलाइ त्यसिरनै एकसाथ आमत्रण र चुनेोति दिइरहेकि थिइ । म त्यसलाइ भेट्टाउने अभिप्शाले झन तिब्र र अर्धय भएर उ भएतिर देोडिन सुरू गरेको थिए । अनि त्यो घनघोर जगंलमा उसको र मेरो धेरैबेर सम्म लुकामारी चलेको थियो । उ घरि रूखहरूका उचाइबाट मलाइ छिल्लिदै र हास्दै जीस्काउथी ,घरी पहाडका कन्दराहरूबाट सिठ्ठि बजाएर मलाइ बोलाउथि । तर उसको र मेरो बिचमा जुन दुरि थियो त्यसलाइ मेटाउने मेरो प्रत्यक प्रयासलाइ उसले बिफल बनाएकि थिइ ।
अन्तत म थकित र निराष भएर एउटा रूखको फेदमा बसेको थिए । त्यसको केहिबेर पछि स्वयम त्यो युवति ,मेरो पछाडि बाट हिड्दै बिल्कुल निशब्दसगं मेरो समिप आएर मलाइ अंगालेर चुमेकी थिइ । उसलाइ यसरी सामुन्नेमा पाउदा म हठातसगं आश्चर्यमा परेको थिए । मेरा सम्पुर्ण चेतनामा उत्साह र खुशिको संचार भएको थियो । तर मैले आफ्ना खुशीहरू अभिब्यक्त गर्न नपाउदै उ बोलेको थिइ ।
” तिमी किन मलाइ यसरि दुख दिन्छेो , किन मलाइ खेदाउछेो ?”
“म तिमीसगं बिहा गर्न चहान्छु……….तिमी को हेो ,के हो तिम्रो नाम ?”
मैले आफ्नो प्रेम ,अर्धयता र उप्रतिका भावना एकसाथ एकपलमा अभिब्यक्त गरेको थिए । उ कुनै मधुर आकासबाणी जस्तो आफ्नो बोलिमा फेरि बोलेकि थिइ
“आजराती तिमीले सुत्नुभन्दा अगाडी कुन पुस्तक पढेका थियेो ?”
” यो कस्तो प्रश्न गरेको तिमिले !”
“याद गर तिमिले बिशेश्बरप्रसाद कोइरालाको सुम्निमा पढेका थियेो होइन ?”
म बिषयन्तरले बडो रनभूल्लमा परेको थिए । तर मलाइ बिस्तारै याद आएको थियो हो त मैले सुम्निमा पढेको थिए सुत्नु अघि ।
” हो म त्यहि सुम्निमा हुं र यो सब सपना हो “
“अह यो हुन सक्दैन , तिमी त्यसो नभन, यदि यो सपना हो भने त बिउझिए पछि मैले तिमिलाइ गुमाउनु पर्ने हून्छ ।”
“तिमिले म जस्तो पूस्तककि चरित्रलाइ यति धेरै माया दियेो त्यसमा म कृतज्ञ छु तर यो सपना नै हो । तिमी एउटा पाठक नै हो र म एउटा चरित्र नै हुं । हामो मिलन सम्भब छैन । म जादैछु , तिम्रो मोबाइलमा आर्लम बज्नेबेला भयो यसै पनि । फेरी कुनै दिन सपनामै भेटाउला । “
त्यसपछि टिङटिङङङङङ………………………….. गरेर मोबाइलको आर्लम बजेको थिगो । बत्ति बालेर हेरे बिशेश्बरप्रसाद कोइरालाको महान कृती सुम्निमा शिरानीमै रहेछ । अनि म आचम्म मान्दै नित्य कर्म तिर लागे ।
सन्तोष चिमरिया
3 -11-2010 abudhabi
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)