~वामदेव पण्डित~
रोनाष्टोले भनेको हो, केही अगाडि कालमा ।।
राँके भूत बताएका, नौलो थियो यथार्थमा ।।
भन्यो है उसले हाल, विचित्र फूलको कुरो ।।
राम्रो हो तर निक्लेन, लुक्यो गम्भीरको चुरो ।।
रङ्ग सुगन्ध धेरै छ, फूलको महिमा जुन ।।
वैज्ञानिक रस्साका, निष्कर्षउनको सुन ।।
रातो, सेतो, पहेँलो र गुलामी नील वर्ण्र्ाा ।।
फूलको गुण धेरै छ भित्री गम्भीर मर्मका ।।
रोगीले त्यो सधैं हेरे, रोग काटिन्छ रे अहो ।।
उनीको घोषणा यस्तो छ, वैज्ञानिक सत्य हो ।।
सेतो, रातो, गुलाबी र पहेँलो नील रङ्गका ।।
फूल हेरे सदा नष्ट, किटाणु हुन्छ रोगका ।।
शरीर स्वस्थ बन्नेछ, उनीको छ कुरा यही ।।
हाम्रा महषिर् पर्ुखाले, ठान्दथे मर्म यो सही ।।
चलाकीने जिजू भन्थे, राम्रा फूल बनाउँदै ।।
ढोग्नर्ुपर्दछ श्रद्धाले देवतामा चढाउँदै ।।
फूल रोपी फुलाएर टिपेर लगी मन्दिरमा ।
फूल हर्ेर्दै गरे पूजा बन्दछ चित्त यो स्थिर ।।
फूलको सूक्ष्म व्याख्याले, मरेन मनको धीत ।।
व्याख्या सबै गरे संस्था, सुन बन्थ्यो सुगन्धित ।।
(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)