~ढक बहादुर बस्नेत ‘आकाश’~
पर्खालभित्र टुहुरि चरि कल्पन्छु हेहरि,
पाकेर आयो पीरको पिलो निचरौ के गरि ?
ए नानि कान्छा ! कलेजा खान्छ सुन्दैनौ पुकार,
जवानी बेचि पाल्नु रे पेट छोडेर घरबार !!
मनको ईच्छा पुर्याउनु पर्ने बिलासि साढेको,
को छर चोखो यो गाई गोठमा सिल्लीले भाडेको !
नाग्गा र बुग्गा तस्बीर जम्मै कामना बढाउने,
बोतले पानी घट-घटी पिउदा हिमाल छढाउने !!
नाच र गान जोल्ठयाउनु पर्ने फुकालि कपडा,
खोपिमा पसी तुल्याउनु पर्ने शरीर तगडा !
करले पनि कोचीनु पर्ने यो पापि थलामा,
मुखमा ठेडि छदैछ टम्म डोरि छ गलामा !!
दिउसै पर्छ यो ठाउमा रात जान्यौ कि जानेनौ ?
सात साले क्रान्ती नरोक भन्दा तिमिले मानेनौ !
भर्यान्ग चढदा देखिनु पर्ने बेसारे ठिटिले,
यो मोजमज्जा चल्दछ जम्मै गरिबका झिटिले !!
ओठमा रातो गालामा सेतो करैले लाउनु छ,
साथमा साढे गाईको बथान बोक्नु न ब्याउनु छ !
फुलका गुच्छा तलाउ-धारा, बगैचा, छहरा,
बन्दुकभिरी बसेझै लाग्छ पाले र पहरा !!
घिनाई रन्डी भनेर होला गिज्याउछन लहरा,
के लाग्छ दैब ! यि आखा सबै बर्षाका पहरा !
पर्खाल सारो घुमेको किल्ला उफ्रने छैन आट,
कैदीको जुनि कति दिन रुने छोपेर सेता दात !!
कमल-मसी साथमा राखे पैह्रनु पर्ने नेल,
मनुष्य जुनि खेरैगो दाजु ! कतिन्जेल बस्ने जेल ?
डन्डी र ताल्चा फलामे साग्लो तेर्सिन्छ ढोकामा,
कुजिए जम्मै हात र गोडा परेर धोकामा !!
यो दिल रुन्छ लौन को सुन्छ यो डाको नारीको,
किन हो सियो भै दिन्छ हावा यो सल्ला घारिको !
हासेर खानु मकैको भात त्यो बरु मीठो छ,
पिलिदै निल्नु दर्बार भुजा कलबिष तितो छ !!
फोहोरी चाल यो हास ख्याल दुई दिने कहानि,
यो साढे गोठ कुनुनै पर्यो चितले नमानि !
हरियो एना हरिया झ्याल यिनैलाई हेरेर,
बाघको गोठमा बाख्री झै बस्छु हकारा फेरेर !!
थुनामा राख्ने पुरानु कानुन कुन्चाहीले काटयोत ?
कतिका मान्छे मन्तरी भए कल्ले के नाप्योत !
बन्धन तोडने नेपाली सघ मरेकि कसोहो,
ए नेपालिका पठठा पठठी उठन उठ हो !!
ए नारि तिमि, उठन भन्छौ के गरि उठने हो ?
नेल र जेल के गरि चुडौ मर्नु न मार्नु भो !
डरैले पनि टोपल्नुपर्ने स्वस्ति र सलाम,
दर्बारि छाया मासेर कैले जाने हो मलाम ?
समान हक नारिलाई दिने खै कता हराए?
उठन उठ ! बिन्ति छ मेरो कुखुरा कराए !!!!
August 3, 2007
(स्रोत : रचनाकारको ब्लगबाट सभार)