~राजेन्द्रप्रसाद अर्याल~
विछ्यौनामा पल्टिइरहेको बेला चमेलीको आगमन हुन्छ। मैले विरामीको अभिनय गर्नु परेको थियो। उनले मेरी श्रीमती भएर मलाई माया गरेको देखाउनु थियो। विछ्यौनाको एक छेउमा वसिन् र मेरो निधारमा छाम्दै “कस्तो छ हजुरलाई ?” भनिन्। मैले केही नभनिकन उनको मुखमण्डलमा दृष्टि लगाइरहेँ। उनले अझ आत्तिँदै, हतारिँदै उही संवाद दोहर्याइन् “कस्तो छ हजुरलाई –”। ठीक छ, ठीक छ। मैले यति त भनेँ तर मनको गहिरो भावनामा वग्न पुगेछु म त। झण्डै “एक्सन” भनेको धेरै बेरसम्म पनि संवाद बोल्न बिर्सिरहेको। उनको मायालु स्पर्सले त मलाई अतीतको अर्कै संसारमा पुर्याइदिइसकेको पत्तै भएन छ।
म विवाह गर्दिन भनेर कस्सिइ बसेको मान्छे। मैले योभन्दा अघि पनि चलचित्रमा प्रसस्त अभिनय गरेको हुँ। अघि-अघिका चलचित्रमा यस्ता दृष्य तथा संवादहरूले कुनै असर पार्दैनथ्यो मलाई। मुटु छुँदैनथ्यो। किञ्चित डग्दैनथे। तर अभिनयहरू चाहिँ जीवन्त हुन्थे। ती चलचित्रहरू सर्वाधिक हिट हुन्थे। प्रोडुसरलाई लगत्तै अर्को फिल्म निर्माण गर्न प्रोत्साहन मिल्थ्यो। उनीहरू एकपछि अर्को फिल्म निर्माण गर्दै जान्थे। मैले अभिनय गर्दै गएँ। थुप्रै दर्जन फिल्ममा अभिनय गरिसकेँ।
बुबाको आदेशहरूको मैले वास्तै गरिनँ। आमाको आँसुमा कुनै मूल्य देखिन। दिदी बहिनीहरूलाई सायद मेरै व्यक्तित्वले किच्दथ्यो। मदेखि डराउँथे। उनीहरूले केही बोल्यो कि उडाइदिन्थेँ -हाइड्रोजन भरेको बेलुन हावामा उडेजस्तै। दाजुको नजिकै पर्दैनथे। यसरी मैले विवाह नगर्ने निर्णयसँगै चालिस वसन्त पार गरेँ।
मानिस जन्मेपछि एक दिन अवश्य यो संसार छाडेर जानु पर्दछ अर्थात् मर्नु अनिवार्य नियतिभित्र पर्दछ। मेरा छोरा-छोरीको विविध कार्य सकिएको छैन भनेर कालले कसैलाई छोडदैन। आखिर कालगतिले नै बुबा, आमा स्वर्गे हुनुभयो।
बुबाभन्दा आमा स्वर्गे हुँदा मलाई बढि बिझायो किनकी उहाँले मेरा लागि धेरै आँसु बगाउनु भएको थियो। मेरो भविष्य सम्झेर उहाँको आँखाबाट आँसुका भल नवगेको कुनै दिन थिएनन्। मेरै कारणले उहाँका अनुहारमा सँधै चिन्ता र विषादका रेखाहरू देखिन्थे। उमेरभन्दा छिटो शरीर शिथिल हुँदै गएको थियो। अनुहार चाउरी पर्दै गयो तैपनि मलाई सम्झाउन छाड्नु भएन। “बाह्र वर्षमा खोलो त फर्किन्छ” भन्छन्। मैले जन्माएको छोरा, मैले भनेको कसरी नटेर्ला त भन्नुहुन्थ्यो उहाँ।
मेरा घरमा सहकर्मी साथीहरूको बारम्बार आगमन भैरहन्थ्यो। महिला साथीहरू आउँदा मेरी आमा खुवै प्रफुल्ल देखिनु हुन्थ्यो। हुनेवाला बुहारी यिनै पो हुन्की भनेजस्तो गरी व्यवहार गर्नु हुन्थ्यो। विचरीहरू कामले आएका हुन्थे। छक्क पर्दै फर्कन्थे।
यस संसारमा आमा अव हुनुहुन्न तापनि उहा“का सवै सामानहरू जस्ताको त्यस्तै छन्। कोठा पनि उस्तै छ। आमाको झल्को मेटाउ“न आलमारीहरू खोलेर हर्ेछु। उहाँका प्यारा हातहरूले टन्न मिलाएर राखेका सामानहरू अझ उस्तै छन्। मैले किञ्चित् विगारेको छैन। मिठो सुगन्ध प्रवाहित भैरहेको छ। उहाँको कोठामा पसेर सवै कुरा नियाल्दा लाग्छ- उहाँ यतै कतै हुनुहुन्छ। केही समय पश्चात् छोरा † भन्दै मेरो निधार, गाला, कपाल सुम्सुम्याउन आइपुग्नु हुन्छ र आङ्खनो छातीमा टाँसेर मेरो गालामा म्वाईं खानु हुन्छ।
मेरी आमाले मिठो भाकामा लोरी गाउँदै मलाई सुताएको सम्झना अझसम्म छ मलाई। कति मिठो स्वर थियो उहाँको। संयुक्त परिवारमा हुँदाखेरी त घरका सवै साना केटाकेटीलाई सुत्ने बेलामा मेरै आमाले लोरी गाएर सुताउनु पथ्र्यो रे।
एकपटक आमाको आल्मारी पुनः खोलेर हर्ेन मन लाग्यो। संसार छोड्नु केही वर्षपहिले बुहारीलाई भनी बनाएर ल्याउनु भएको गहना चम्किरहेका थिए। अमुक भाषामा आमाका वाणिहरू गुन्जिईरहेको भान भयो मलाई – “बाबु चाँडै बुहारी भित्र्याउ”। कति विशाल छाती मेरी आमाको। यो पनि बुहारीलाई भन्नुहुन्थ्यो उ पनि बुहारीलाई भन्नुहुन्थ्यो। दिदी,बहिनीलाई दिएर वचेका उहाँका आङ्खना गहनाहरुमा भर्खर बनाइएका नयाँ डिजाइनका अन्य गहनाहरू थपी बुहारीलाई भनेर छुट्याउनु भएको थियो।
आङ्खनो पेसामा दक्ष व्यक्ति हुँ म। मलाई ‘स्टार’ पनि भन्छन्। मैले हात हालेका प्रत्येक कार्यक्रम अत्यन्त सफल भएका छन्। म पढाइमा पनि अब्बल हुँ। कलेजमा राम्रै छाप छोड्न सफल भएको थिएँ तर घर व्यवहार र निजी जिन्दगीमा म त्यति सफल हुन सकिन। बेलामा वुद्धि नपुग्दा आज म नितान्त एक्लो छु, केवल एक्लो।
दिनभरी काममा व्यस्त हुन्छु। कुनै तनाव हुँदैन। सवै सहकर्मिका माझ रमाइलोसँग बित्छ दिन तर जव घर र्फकन्छु उराठ लाग्छ। दिक्क लाग्छ। कोठाभित्र पस्छु, घरका भित्ताहरू बोल्दैनन्। तिनै भित्तामा टाँगिएका तस्वीरहरूले क्वारक्वार्ती मलाई नै हेरिरहे पनि एक शब्द उकाल्दैनन्। सामानहरू मैले विहान जसरी जहाँ छोडेको थिएँ सवै थोक जस्ताको त्यस्तै छन्। हावाले पनि यताउती सारेनछ। खोरमा पहिले देखिकै कुकुर यथावत् छँदैछ। विचरा भोकले होला मलाई देख्ने वित्तिकै पुच्छर हल्लाउँदै खुसी व्यक्त गर्दछ। हाइ विचरा थुनिएको छ खोरमा। मन त पुग्दो हो नि उस्को पनि संसार घुम्न मेरोजस्तै। घरमा केवल हामी दर्ुइ प्राणी छौँ। कहिले काँही खोरमा थुन्नै विर्सर्ेेनि ग्यारेज नजिकै गार्डर्ेेो कुनामा सुतिरहन्छ। साह्रै वफादार छ विचरो।
कल्पनाको संसारबाट म झल्यास्स भएँ। विरामीको अभिनयभित्रको चमेलीको सुम्सुम्याइले मलाई अदम्य आनन्दको अनुभूति दिइरहेको हुन्छ। त्यतिबेला भन्नु पर्ने डायलग भन्नै मन लाग्दैन। डायलगको समाप्तिपछि चमेलीको र्स्पर्स निश्चयनै खण्डित भइहाल्छ भन्ने बिषादले घर गरेको छ ममा तर म विवश छु। लाचार छु। डायलग मैले बोल्नै पर्छ।
नाटकले कहिल्यै पनि जीवन र जगत्लाई निरन्तरता दिंदैनरहेछ। यो त केवल मानिसको मनलाई केही क्षण बहलाउने भुलभुलैया मात्र न हो। यथार्थ जिन्दगी त अबस्य वेग्लै हुन्छ जस्मा केही अपवाद बाहेक बाँच्ने मार्ग सुगम हुन्छ। त्यसैले मैले अब विवाह गर्ने अठोट गरेँ।
अस्तु ।
—राजेन्द्रप्रसाद अर्याल
हाल – म्याडिसन, विस्कन्सिन,अमेरिका ।
aryalrajendra3@gmail.com
July 5th, 2008
(स्रोत : माइ संसार डट कम)