कविता : म फेरी आउनेछु

~अशोक ‘खलानको मान्छे’~

सपना बोकेर आउनेछु
तिम्रो नयनको
तारा बनी आउनेछु ।

म फेरी आउनेछु
सितको थोपा बनि आउनेछु
सुन्दर् बिहानिमा चिरर्बिर गरी आउनेछु
तिमी पर्खी राख है
म तिम्रो बाटो बनी आउनेछु ।

म फेरी आउनेछु
दुर गगनमा सुनको बिहान छरे
तिम्रो आगनिमा झलमल बनाउन आउनेछु
टाढा क्षितिजमा हेरेर न टोलाउ
म सिम्रिकी रङ बोकेर आउनेछु
म तिम्रो गल्लिमा आ उनेछु
म बिस्तारै बिस्तारै नया प्रबाहा बोकेर आउनेछु
तिम्रो लागी मात्र होइन भोलिका सन्ततिका लागी पनी
म आउने छु
धेरै अमर आत्माको आशिष बोकेर आउनेछु
बिकास को सपना होईन
कर्मको दियो बोकेर आउनेछु
मेरो कर्तब्य निभाउन
म माया बोकेर आउने छु
समर्पण बोकेर आ उनेछु
खाली हात आउने छु
अनी केही दिने प्रयास गर्ने छु
किनकी जानुत खाली हातै छ
किन फेरी घ्रिणा बोक्ने
किन पिडा दिने
किन देश लाई रुहाउने
म धर्ती पुत्र को खोजिमा भौतारियको छु
प्रिय मेरो योगमा साथ देउ
म अमर नाशो धर्ती लाई छोड्ने छु
म तेसै का लागी
सान्तिको सन्देस फैलाउन
अनन्त प्राकृतिक सत्ते बुझाउन
आउनेछु
बश तिमी कुरी राख है
म फेरी आउनेछु ।

– अशोक ‘खलानको मान्छे’
ड्राम्स्टाड जर्मनी

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.