कविता : ताराहरूको सहर

~सुवास खनाल~subash-khanal

बर्खास्त
बादशाहको भग्नावशेष दरबार
त्यो नजिक आकाश छोेऊँझैँ
उभिरहेको क्रान्तिकारी नेताको आवासगृह
आवासगृहअघि आँसुको मोलमलाई
र पसिनाको किनबेच झेलिरहेका
सर्वसाधारण
सहरको एक कुनोमा
साम्यवादको वकालत गर्ने
कम्युनिष्ट पार्टीको
भर्खरै खरिद भएको कार्यालय–रातो ब¨ला
नारा जुलुस गरिरहेका
एकझुण्ड नागरिक अगुवाहरू
सहरमा तानाशाह
चाहिरहेका
डेमोक्रेट्हरू
मैले कसको पक्ष लिऊँ?
म कसको कविता लेखूँ?
मसँग तिमीसँग
अभ्यस्त
बाह्रमासे सपनाहरू
बाहेक अरु केही छैनन्
रिगँटा लाग्दा
अखबारका हेडलाइनहरू
पढेपछि
म कतिपटक
तिम्रो नाम नलिएसम्म
अचेत बर्बराउने गरेको छु
टेलिभिजन स्क्रिनमा
मिस वल्र्डहरूको
छ्याकटे अनुहार
र नग्न रूप देखेपछि

तिम्रो
सौम्य अनुहार र
सभ्य आचरण
माथि
बादल ढाकिएको ठान्छु
एस्ट्रेमा निभाउन बाँकी
चुरोटको ठुटोसँग
जीवन अनुवाद भएपछि
धैरैपटक
निराश पनि भएँ हुँला
र पनि जोसैजोसमा
रहरहरूको पहाड चढेको छु
आकाशबाट खस्दै गरेको
एउटा तारा टिपेर
तिम्रै चुल्ठोमा सिउरिदिन पाए
यस धर्तीमै ताराहरूको सहर पस्थेँ म

यही सहरलाई
ताराहरुको आकाश बनाउँथे
आज मसँग
एउटा कुरूप सहर
ज्यानमारा समयको
काँध चढेर हिँडिरहेछ

त्यहीसहरमा
अभिशप्त
बाँचिरहेछुु म ।


छतिवन 0८,पावस
मकवानपुर

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.