~बच्चु कैलाश~
म फूल होइन मानिस भएँ विरह बोल्दछु
शीतको थोपा पर्दैन ममाम आँशु खोल्दछु ।
दिल हो मेरो अल्झिन्छ कहिँ
कहिँ खान्छ ठक्कर
झन चोट खान्छ झन् हु्न्छ कोमल
बन्दैन पत्थर
आकाश जस्तो हृदय रित्तो मैले पाइनँ
हेरी जो देख्छु देख्दिनँ भन्ने भावना पाइनँ
शीतको थोपा पर्दैन ममाम आँशु खोल्दछु ।
म एकछिन को घटना होइन चटक्क बिर्सन
खोलाको कलकल चुलबुल होइन म एक तिर्सना
इन्द्रेणी रङ्ग मसँग छैन यौवन सिङ्गार्न
दुई शब्द मेरो के पुग्दैन र तिमीलाई पुकार्न ।।
शब्द / स्वर / सङ्गीत : बच्चु कैलाश